×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘एक विद्यालय एक पुस्तकालय’ अभियान कार्यान्वयनमा ल्याइने – उपप्रधानमन्त्री श्रेष्ठ

  •  
  • आइतबार, असार २५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, असार २५ गते । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले द्वन्द्वपीडित, दलित तथा सीमान्तकृत बालबालिकालाई शिक्षा पाउने अवसरबाट वञ्चित नपार्न सरकारले विभिन्न सुविधा दिने व्यवस्था मिलाएको बताउनुभएको छ ।

    व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत विभिन्न मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकारले एक विद्यालय एक पुस्तकालय अभियानलाई तत्काल कार्यान्वयनमा ल्याउने दृढता व्यक्त गर्नुभयो ।

    सामुदायिक विद्यालयले कुनै पनि बहानामा विद्यार्थीसँग शुल्क लिएको जानकारी भएमा त्यस्ता विद्यालयलाई कारबाही गरिने बताउँदै उहाँले भूकम्पका कारण भत्किएका नौ हजार ३३३ विद्यालयको निर्माण अगाडि बढेको जानकारी दिनुभयो ।

    सामुदायिक विद्यालयको गुणस्तर सुधार्र्दै लैजाने र प्राविधिक तथा व्यावहारिक शिक्षा प्रणालीलाई बजेटमार्फत अघि बढाउने योजना अघि सारिएको पनि उहाँले बताउनुभयो ।

    कानुन न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले जनताका अधिकारका लागि आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताउनुभयो । कानूनी हकका बारेमा जनतालाई जागरुक बनाउन कानुनी शिक्षाको व्यवस्था गरिएको र उक्त कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाइ थियो ।

    बैठकमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मुलुकको परराष्ट्र नीति राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र पञ्चशीलका सिद्धान्तका आधारमा सञ्चालन हुँदै आएको बताउँदै परराष्ट्र नीतिमा स्पष्टता र एकरुपता ल्याउन कार्यदल बनाई काम भइरहेको जानकारी गराउनुभयो ।

    उहाँले मुलुकको आर्थिक विकासका लागि आवश्यक पर्ने विकास कूटनीतिको अवधारणालाई अझ प्रभावकारी बनाउने नीति सरकारले लिएको बताउनुभयो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को उन्नाइसौँ १९ आँै शिखर सम्मेलन गर्न कूटनीतिक तहमा वार्ता भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

    भूपरिवेष्टित राष्ट्रका अधिकार स्थापना गर्न संयुक्त राष्ट्र सङ्घलगायतका उच्चस्तरीय मञ्चमा कुरा भइरहेको जानकारी दिँदै उपप्रधानमन्त्री महराले चीनसँग भएको पारवहन सम्झौता कार्यान्वयन अन्तिम चरणमा रहेको बताउनुभयो । उहाँले भारतसँगको सिमानामा रहेका सीमा स्तम्भको मर्मत र सुधारका काम भइरहेको र डुबानको समस्या समाधान गर्न द्विपक्षीय वार्ता जारी रहेको जानकारी दिनुभयो ।

    वैदेशिक रोजगार व्यवस्थापनका सम्बन्धमा समितिले दिएको निर्देशनअनुसार मन्त्रालयले सरोकार राख्ने निकायसँग छलफल गरी घरेलु कामदार पठाउनेबारे निर्देशिकासमेत लागू गरिसकेको जानकारी दिनुभयो ।

    यसैगरी, बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्धारित समयमै बजेट आएकाले साउन १ गतेदेखि बजेट पूर्ण रुपमा कार्यान्वयनमा जाने बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रको लगानीमा विस्तार, बजेट कार्यान्वयनमा रचनात्मक सहयोगको अपेक्षा गरेको छु । कामको गुणस्तर अगाडि बढाउन सरकार चिन्तित छ । स्थानीय सरकारलाई सिंहदरबारको अधिकार हस्तान्तरण गर्न चाहन्छ ।”

    पुँजीगत खर्च नहुनु चुनौतीको विषय भएको उल्लेख गर्दै उहाँले मुलुकको अर्थतन्त्रलाई गतिशील राख्न पुँजीगत खर्च जरुरी रहेको आँैल्याउनुभयो ।

    बैठकमा सांसद प्रेम सुवाल, मीना पुन, चूडामणि जङ्गली, डिल्लीप्रसाद काफ्ले, हितराज पाण्डे, रामहरि सुवेदीलगायतले चित्त नबुझेका विषयमा स्पष्टीकरण माग गर्नुभएको थियो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असार २५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.