इलाम : नेपाल एकीकरणका क्रममा विक्रम संवत् १८७५ मा पृथ्वीनारायण शाहले इलाममा भित्र्याएको निशान फेरि इलामकै माइस्थान मन्दिरमा भित्र्याइएको छ।
माओवादी द्वन्द्वको समयमा निशानको सुरक्षाका लागि ठाउँ सारिएको थियो। ठाउँ सारिएको १५ वर्षपछि पुनः निशानलाई पुरानै ठाउँमा लगिएको हो। उक्त निशान पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको समयमा नेपाली सेनाको श्रीनाथ गुल्मको पल्टनले १८७५ मा इलाम भित्र्याएको थियो।

शुक्रबार नेपाली सेना कामु प्रधानसेनापति रथी बलदेवराज महतको उपस्थितिमा उक्त निशान फेरि पुरानै ठाउँमा राखिएको हो।
annapurnapost


