×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पत्थरीको उपचार भन्दै मृगौला झिकेपछि

  •  
  • बुधबार, असार २१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मिर्गौैलामा पत्थरी भएर शल्यक्रिया गर्दा चिकित्सकले मिर्गौला नै झिकिदिएपछि विदुरनगरपालिका-१२ नुवाकोटका शिवप्रसाद रिमालले कारण दिन माग गर्दै न्यायका लागि अपिलगरेका छन् ।मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल स्वयम्भूमा बिरामीको उपचारका क्रममा शल्यक्रिया गरी पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकिएको फेला परेको छ ।

    बिरामीले आफ्नो  मिर्गौलाको अन्य प्रयोजनका लागि झिकिएको हुनसक्ने आरोप लगाउँदै त्यसका लागि   न्याय दिलाउन सबैसामु सहयोग गर्न अपिल गरेका छन् । एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्केका ३२ बर्षिय  रिमाल कोखामा अत्यधिक दुखाई भएपछि गत जेठ २२ गते उपचारका लागि सो अस्पतालमा गएका थिए ।

    चिकित्सकले सबै जाँच गरेपछि मिर्गौलामा पत्थरी छ झिक्नुपर्छ भनी भर्ना गरेर २५ गते शल्यक्रिया गरेको थियो रिमालले भने , ‘ पत्थरी झिक्दा मिर्गौला पनि झिकिएको रहेछ,मलाई थाहा भएन, म अचेत हुँदा मेरी श्रीमतीलाई कर गरेर छ बुँदे सम्झौता भएको रहेछ, मैलेडिस्चार्ज भएर घर गएपछि मात्र थाहा पाएँ  ।’

    बिरामी रिमालले सो सम्झौता आफूलाई मान्य नहुने भन्दै पत्थरी झिक्नु अगाबै मिर्गौला झिक्नेबारे केही जानकारी नदिनुका कारण माग गर्दै न्यायालय जाने बताए ।

    अस्पतालका पक्षबाट सम्झौतापत्रमा हस्ताक्षर गरेका अस्पतालका संयोजक डा रामकुमार अधिकारीले भने बिरामीलाई पहिले नै सबै जानकारी गराइएको बताउँदै अहिले आएर बार्गेनिङ गर्ने बहाना भएको बताए ।

    रासससँग कुरा गर्दै उनले भने , शल्याक्रिया  गर्ने व्यक्ति नेपालकै अनुभवी चिकित्सकप्राध्यापक गुणकुमार श्रेष्ठले गर्नुभएको हो, लापर्बाही भएको होइन, मिलिसकेको कुरा अहिले आएर किन उठ्यो, धेरै कारण हुनसक्छ, राजनीतिक विषय पनि जोडिएको हुनसक्छ ।

    अस्पतालले बिरामीसँग गरेको सम्झौतामा दुवै मिर्गौला पत्थरी रहेको र बायाँतर्फको मिर्गौलामा असामान्य रहेकाले शल्यक्रियाका क्रममा अचानक आन्तरिक रक्तश्राव भएपछि अनेक प्रयास गर्दा पनि रक्तश्राव बन्द नभएपछि ज्यान बचाउन मिर्गौला झिक्नुपरेकाले बिरामीको आफन्तको सहमति रहेको भनी उल्लेख गरेको छ ।

    मिर्गौला झिक्नुका कारण आन्तरिक रक्तश्राव भनिए पनि अस्पताल र बिरामीका आफन्तबीच भएको छ बुँदे सम्झौतामा बिरामीलाई अर्को मिर्गौला फेर्नुपर्ने भए फेरिदिने, जीवनभर उपचार निःशुल्क गर्ने, हालसम्म लागेको औषधिलगायतका सम्पूर्ण उपचार शुल्क मिनाहा गर्ने, बिरामीका दुई छोराको स्वास्थ्य र शिक्षाको निःशुल्क व्यवस्था गर्ने, बिरामीकोश्रीमती र बिरामीलाई पनि निको भएपछि सोही अस्पतालमा रोजगारीको व्यवस्था गर्ने र बिरामीको जीवन बिमा गरिदिने विषय उल्लेख छ ।

    गत जेठ २८ गते सम्झौता भएको पत्रमा मिति उल्लेख भए पनि बिरामीका श्रीमती रन्जु रिमालले भने सम्झौतापत्रमा असार ४ गते मात्र हस्ताक्षर गरेकी  बताइन् ।

    उनले भिनन् ,’ शल्यक्रिया भएपछि मिर्गौला पनि झिकिसकेको रैछ, असार ४ गतेमात्र ८, ९ जनाले घेरेर तपाईको श्रीमान्को मिर्गौला झिकेको छ, यो सम्झौतामा हस्ताक्षर गर्नुस्नत्र बिरामीको ज्यान जान्छ भनेर त्यो बेला क्यै थाहा भएन, हस्ताक्षर गरेँ, समय किन अघिसारेका हुन् भन्ने पनि त्यो बेला ख्याल भएन ।’

    बिरामीले रिमालले डिस्चार्ज भएपछि पनि ४ पटक अस्पताल प्रशासनसँग आएर बुझ्दा सञ्चारमाध्यममा गए सबै सम्झौता रद्द हुने चेतावनी दिएको गुनासो गरे ।

    चिकित्सकको चरम लापरवाहीका कारण बिरामीको स्वास्थ्यमा गम्भीर खेलवाड भएको भन्दै बिरामी पक्षले रु पचास लाखको क्षतिपूर्तिसहित जीवन बीमालगायतको माग राखी अस्पताल प्रशासनमा निवेदन दिएका छन् ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार २१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.