×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

मोरङमा ६३ वर्षीय वृद्धको घाँटी रेटेर हत्या

  •  
  • मङ्गलबार, असार १३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    घाँटी रेटी हत्या गरिएका पहाडचन राजवंशी (दायाँ) र उनको दर्बेसास्थित घरमा शोकाकुल परिवारलाई सम्हाल्दै आफन्त । तस्बिरः कान्तिपुर

    माधव घिमिरे र विनोद भण्डारी, दर्बेसा (मोरङ)

    असार १३, २०७४- ‘बोक्सा’ आरोपमा पटक–पटक अपमानित हुँदै आएका यहाँका एक वृद्धको आइतबार राति बीभत्स हत्या भएको छ । रंगेली नगरपालिका–९ स्थित घर नजिकैको बजार गएर फर्कंदै गर्दा ६३ वर्षीय पहाडचन राजवंशीको घाँटी रेटेर हत्या भएको हो । बीच सडकमै रगताम्य अवस्थामा शव फेला परेको थियो ।

    हत्या कसले गरेको भन्ने खुलेको छैन । घटनास्थलमा कुनै हतियार वा शंकास्पद वस्तु फेला परेको छैन । प्रहरीले हत्यामा संलग्न कसैलाई सोमबार साँझसम्म नियन्त्रणमा लिन सकेको छैन ।

    केही गाउँलेले पहिले बोक्सा आरोप लगाएपछि प्रहरी कारबाहीमा परेका समूहको संलग्नता हुन सक्ने आशंका गरेका छन् । इलाका प्रहरी रंगेलीका निरीक्षक सञ्जीवबाबु खड्काका अनुसार बजारबाट फर्कने क्रममा घरभन्दा करिब दुई सय मिटर पश्चिम सडकमा उनको शव फेला परेको थियो । धारिलो हतियारले अनुहारको आधा भाग र घाँटी आधासम्म काटिएको प्रहरीले जनायो ।

    ७ बजेतिर भएको घटनाको खबर पाएपछि पुगेको प्रहरी टोलीले राति नै शव रंगेली अस्पताल पु¥याएको थियो । पोस्टमार्टम रिपोर्टमा घाँटी र अनुहारमा धारिलो हतियार प्रहार भएपछि रक्तस्रावका कारण मृत्यु भएको उल्लेख छ । घटनास्थलमा उनले बजारबाट ल्याएको पाउरोटी, बिस्कुट र भुजालगायत सामग्री फेला परेको थियो । घरबाट हिँडेको करिब दुई घण्टापछि उनको ‘दुर्घटना भएको’ खबर पाएर छोरा लक्ष्मी घटनास्थल पुगेका थिए ।

    ‘म पुग्दा रगताम्य भएर लडिरहनुभएको थियो,’ उनले भने, ‘घाँटी र अनुहार धारिलो हतियारले काटिएको थियो, बोलाउँदा चलमल गर्नुभएन, प्राण गइसकेको रहेछ ।’ पहिलेको घटना सबै साम्य भइसकेको उल्लेख गर्दै उनले पछिल्लो समय कसैसँग झगडा र विवाद नभए पनि यस्तो घटना हुँदा आश्चर्य लागेको बताए ।

    घटनापछि मृतककी श्रीमती पटक–पटक मुर्च्छित हुने गरेकी छन् । मृतकका सम्धी महावीर राजवंशीलगायत आफन्तले सूक्ष्म अनुसन्धान गरी हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । प्रहरी टोलीले सोमबार परिवार, छिमेकी र आफन्तसित सोधपुछ गरेको छ ।

    ‘घटना रहस्यमय छ,’ खड्काले भने, ‘धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।’ सोमबार बिहान प्रहरी पुग्दा घरमा परिवारका केही सदस्य मात्र थिए । आसपास क्षेत्रमा करिब ५० घरको बस्ती भए पनि सान्त्वना दिन कोही आएनन् । प्रारम्भिक अनुसन्धानमा पुरानो रिसइबीका कारण हत्या भएको हुन सक्ने खड्काले बताए । छरछिमेकबाट कोही सहानुभूति दिन नआउनु शंकास्पद रहेको उनले जनाए ।

    के भएको थियो पहिले ?
    स्थानीयका अनुसार २०६९ सालसम्म तत्कालीन दर्बेसा गाविस–८ वनकोलमा कोही बिरामी परे वा मृत्यु भए पहाडचनले ‘तन्त्रमन्त्र’ गरेको गाउँलेले आरोप लगाउने गरेका थिए । लामो समय थलिएर गाउँकै एक वृद्ध र युवकको मृत्यु भएपछि त्यसमा पहाडचनकै ‘तन्त्रमन्त्र’ लाई कारण मान्दै उनलाई दुव्र्यवहार गरेका थिए ।

    पटक–पटक बोक्साको आरोप खेप्दै आएका उनलाई त्यसैताका गाउँलेको समूहले मानव मलमूत्र खुवाउने प्रयास गर्दै कुटपिट गरेको एक स्थानीयले बताए । त्यो घटनापछि पहाडचन र उनकी श्रीमती अंशु केही समय बिस्थापित भएका थिए ।

    प्रहरीले पीडित परिवारको उजुरीका आधारमा कुटपिटमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि उनीहरू फर्केका थिए । पछि नियन्त्रणमा रहेका व्यक्तिलाई जनही दुई हजार रुपैयाँ धरौटीमा छाडिएको थियो ।

    आरोपितहरू पटक–पटक प्रहरी तारेखमा धाउनुपर्ने भएपछि असहज स्थिति आएको भन्दै गाउँलेको भेलाले आइन्दा कसैले दुव्र्यवहार र आरोप–प्रत्यारोप नगर्ने सहमति गरेको मृतकका दाजु महावीर राजवंशीले बताए । पीडितको घरभन्दा केही पर्तिर उनका भाइ रामप्रसाद बस्दै आएका थिए । दाजुलाई दुव्र्यवहार हुँदा उनैले धेरै पटक गाउँलेलाई सम्झाई–बुझाई गरेका थिए ।

    •     ‘बोक्सा’ आरोपमा यसअघि पटक–पटक अपमानित
    •     सान्त्वना दिनसमेत आएनन् छरछिमेकी
    •     प्रहरी भन्छ– ‘घटना शंकास्पद’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असार १३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.