×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नारायणगढ–मुग्लिन सडक राति आवागमन रोकिने

  •  
  • सोमबार, असार १२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    चितवन—रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ।

    शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि यो विकल्पको खोजी भएको हो। रातको समयमा खस्दै गरेको पहिरो नदेखिने, अगाडिको भाग सफा भए नभएको थाहा नहुने र पहिरो खसेमा पन्छाउन कठिन हुने हुँदा रातिको समयमा सवारी रोक्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए।

    रातभर सडकमा लाममा बसेका यात्रु अत्तालिने र पहिरोको जोखिम उच्च हुने भएकाले पनि रातिको समयमा सवारी आवागमन रोक्ने तयारी गरिएको उनले जानकारी दिए। हाल दिनको समयमा सवारी रोकेर काम गरिँदै आएको छ। प्रजिअ भट्टले भने, ‘अब रातिको समयमा सडक रोकेर काम गर्नुपर्न देखिएकाले साँझ ६ बजेबाट बिहान ४ बजेसम्म सडक आवागमन रोक्ने तयारी भएको छ। सरोकारवालासँग छलफल गरेर यसको टुङ्गो आज लगाउने प्रयास भइरहेको छ।’

    गतवर्ष असार १ गतेबाट दिउँसो पनि सवारी सञ्चालन गर्न दिइएको थियो। गतवर्षको हिउँदमा बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिएको थियो। भित्तो काट्न असहज बनेपछि यस वर्षको हिउँदमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ।

    गत शुक्रबारबाट दिउँसोमा पनि सवारी सञ्चालन हुँदै आएको छ। पहिरोले सडक अवरुद्ध भएपछि सवारी चाप बढ्दा दिउँसो पनि सञ्चालन गर्न दिइएको हो। जसका कारण पहाड फोर्ने काम भने प्रभावित भएको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले रातको समयमा पहाड फोर्न र पर्खाल लगाउन कठिन भए पनि कालोपत्रे गर्न सकिने बताए।

    सो सडकको १६ किलोमिटर क्षेत्र कालोपत्रे गर्न सकिने अवस्थामा रहेको उनले जानकारी दिए। हालसम्म उक्त सडकको चार दशमलब चार किलोमिटर सडक एक तह कालोपत्रे भएको छ। सो सडकमा तीन तह कालोपत्रे हुने खनालले बताए। हालसम्म सडकको ५१ प्रतिशत काम मात्रै सम्पन्न भएको छ। भूकम्प र नाकाबन्दीको कारण २०७४ वैशाखमा सम्पन्न गर्नुपर्ने सो सडक मिति थप गरी भदौ मसान्तमा पुर्‍याइएको थियो।

     सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ। सो सडक र चितवनमा पर्ने पृथ्वी राजमार्गको २० किलोमिटर क्षेत्रमा यस आर्थिक वर्षको हालसम्म २७ वटा दुर्घटना भएका छन्। जसमा ४४ जनाले ज्यान गुमाएका छन् भने १९ जना बेपत्ता भएका छन्।

    निर्माण कम्पनीले थप तीन महिना १५ दिन समय थप गर्न माग गरेका गरेपछि पुनः पुस मसान्तसम्म मिति थप गरिएको छ। अहिलेको कामको प्रकृति हेर्दा पुस मसान्तसम्म पनि काम सम्पन्न हुने देखिदैन।

    दोस्रो खण्ड दासढुङ्गादेखि सिमलतालसम्मको १६ किलो र घुमाउनेमा पहाड काट्ने काम भइरहेको खनालले बताए। १६ किलोमा ४०० मिटर लम्बाई र ४५ मिटर अग्लो पहाडलाई काटेर सडक चौंडा गर्ने काम भइरहेको छ। जहाँ हाल छ देखि छ दशमलब पाँच मिटर चौडा सडक रहेको छ। जसलाई ११ मिटर बनाउनुपर्नेहुन्छ।

    घुमाउनेमा उत्तिकै अग्लो २५० मिटर लामो पहाड काट्ने काम आधा सकिएको खनालले बताए। ती क्षेत्रको काम निर्धारित समयमा सम्पन्न गर्नसके पनि मुग्लिन नजिकैको पहाड भने काट्न कठिन देखिएको छ।

    विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाइवेअन्तर्गतको एएच ४ टू खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्ड पर्दछ। इन्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजपफ्फरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो।

    आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ। राजधानी काठमाडौँबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य मार्ग भएकाले यो सडक व्यस्त रहने गर्दछ।

    सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ। सो सडक र चितवनमा पर्ने पृथ्वी राजमार्गको २० किलोमिटर क्षेत्रमा यस आर्थिक वर्षको हालसम्म २७ वटा दुर्घटना भएका छन्। जसमा ४४ जनाले ज्यान गुमाएका छन् भने १९ जना बेपत्ता भएका छन् । जनधनको क्षति रोक्नका लागि रातको समयमा यातायात आवागमन रोक्न लागिएको हो । यो सडक हुँदै दैनिक ११ हजार सवारी गुड्ने ट्राफिक प्रहरीले जनाएको छ

    नारायणगढ–मुग्लिन सडकको वैकल्पिक बाटो

    राजधानी काठमाडौँ भित्रिन र बाहिरिनका लागि केही लामो यात्रा गरेमा नारायणगढ–मुग्लिन सडक खण्डको जोखिम मोल्नुपर्दैन। यो कष्टकर यात्रा छाडेर केही लामो यात्रा गर्न धेरैले चाहेको देखिदैन। जसका कारण घन्टौँ सडकमा खतरा बेहोरेर भोकभोकै बस्न यात्रु बाध्य हुनुपरेको छ।

    धादिङको सीमा मौवाखोलादेखि दासढुङ्गासम्म त्रिशूलीको किनारमा चालु आर्थिक वर्षको हालसम्म २७ वटा दुर्घटना भएका छन्। जसबाट ४४ जनाले ज्यान गुमाएका छन् भने १९ जना त्रिशूली नदीमा बेपत्ता छन्। यतिमात्रै होइन, बाँच्नेले पनि २० घन्टासम्म खतरा मोलेरै भोकभोकै सडकमा बस्नुपरेको छ।

    नारायणगढबाट मुग्लिनसम्मको दुरी ३६ किलोमिटर हो। सामान्य अवस्थामा यो दुरी पार गर्न एक घन्टाको समय लाग्ने गर्दछ। तर पहिरोका कारण सडक अवरुद्ध हुँदा २० घन्टासम्म सडकमा अलपत्र पर्नुपर्ने अवस्था यहाँ सिर्जना हुने गरेको छ। पश्चिम नेपालबाट काठमाडौँ जानआउने सवारीका साधन बुटवलबाट पाल्पा, स्याङजा, पोखरा हुँदै मुग्लिन निस्किएर काठमाडौँ जानसक्ने नारायणगढ– मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए।

    बुटवलबाट पोखरा सिद्धार्थ राजपथ पर्दछ भने पोखराबाट मुग्लिन पृथ्वी राजमार्ग हो। बुटवलबाट नारायणगढ हुँदै मुग्लिनसम्मको दुरी १५० किलोमिटर हो भने बुटवलबाट पोखरा हुँदै मुग्लिनको दुरी २३३ किलोमिटर पर्दछ। ८३ किलोमिटर लामो यात्रा गर्नुपरे पनि जोखिम कम हुने भएपछि यात्रु र सवारी चालकले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने उनको सुझाव छ। करिब एक घन्टा ३० मिनेट बढी यात्रा गरेपछि यो जोखिम छल्न सकिन्छ।

    त्यसैगरी पूर्वी नेपालबाट काठमाडौँ जाने सवारीले त्रिभुवन राजपथ हुँदै हेटौँडाबाट नौबिसेको बाटो प्रयोग गर्न सक्छन्। नारायणगढबाट मुग्लिन हुँदै काठमाडौँ जाँदा १४६ किलोमिटर दुरी पर्दछ भने नारायणगढबाट हेटौँडा–नौबिसे हुँदै काठमाडौँ जाँदा १८७ किलोमिटर दुरीपर्ने खनालले बताए।

    यो दुरी ४१ किलोमिटर मात्रै बढी हो। जुन एक घन्टाको थप यात्राले सहज पार गर्न सकिन्छ। तर पूर्वी नेपालबाट आएका सवारीलाई हेटौँडाबाट सोझै काठमाडौँ जाँदा ११५ किलोमिटर मात्रै पर्दछ। हेटौँडा– नारायणगढ– मुग्लिन हुँदै काठमाडौँ जाँदा भने २१८ किलोमिटर पर्दछ। यो सडक प्रयोग गरेमा १०३ किलोमिटर दुरी कम हुन्छ।

    नारायणगढबाट काठमाडौँ जाने यात्रुका लागि पनि यो सडक सहज छ। तर त्रिभुवन राजपथ सडक साँघुरो भएकाले ठूला सवारी सञ्चालन कठिन छ भने साना सवारीलाई दूरी छोटो पर्दछ। यद्यपि यी सडक कम प्रयोग भई सवारीको चाप नारायणगढ–मुग्लिन सडक खण्डमा बढिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्त बताउँछन्। साना सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्ने काम भइरहेको उनले बताए।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार १२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.