- काठमाडौंबाट उडेपनि चीनको ग्वान्जाउबाट डिपोर्ट
क्यानडा गन्तव्य गरेर हिँडेका ती दुई भारतीय नागरिकले काठमाडौंस्थित भारतीय दूतावासबाट नो अब्जेक्सन लेटर लिएका थिए कि थिएनन् भन्ने स्पष्ट खुलेको छैन । नेपालबाट भारत बाहेकका देशमा उडान भर्न भारतीय नागरिकले लैनचौस्थित भारतीय दूतावासबाट नो अब्जेक्सन लेटर लिनु अनिवार्य छ । ग्वान्जाउ विमानस्थलले उनीहरुको राहदानी शंकास्पद भन्दै डिपोर्ट गरिदिएको हो ।
बिहीबार मात्रै काठमाडौंबाट नक्कली मलेसीयन पासपोर्टबाट श्रीलंकाली नागरिक म्यागेनडेरन कानसोम पनि टर्कीका लागि उडेका थिए । टर्कीको अंकोरा विमानस्थलमा उत्रेपछि त्यहाँका अध्यागमन अधिकारीले पासपोर्ट नक्कली भएको भन्दै उनलाई नेपाल नै फिर्ता पठाइदिएको थियो ।
विमानस्थलमा पासपोर्ट रिडर मेसिन हुँदाहुँदै पनि कसरी नक्कली पासपोर्टको प्रयोग गरेर ती नागरिकले नेपालको अन अराइभल भिषा लिए र कसरी सजिलै डिर्पाचर भए भनेर अनुसन्धान भइरहेको छ ।
भारतीय नागरिहरुले लिएको नक्कली पासपोर्टमा कसरी डिपार्चर स्ट्याम्प लाग्यो र कसरी उनीहरु ग्वान्जाउ जान सफल भए भन्ने बारे विमानस्थल अध्यागमनका अधिकारीहरु खुल्न चाहँदैनन् । अध्यागमन विभागका महानिर्देशकले यस घटनाबारे अध्ययन भइरहेको बताउँदै गल्ती जोबाट भएपनि संवेदनशिल विषय भएकाले आफूले गम्भिर अनुसन्धान गरेर दोषीलाई कारबाही गरेरै छाड्ने बताए ।
स्रोतका अनुसार यही विषयमा बुझ्न महानिर्देशक गेलालल शनिबार बिदाको दिनमा पनि विमानस्थलका सबै अधिकृतहरुलाई अध्यागमन कार्यालय डिल्लीबजारमा डाँकेका थिए । अन्य नियमित रुपमा शनिबारको दिन अध्यागमन विभागको टुरिस्ट शाखा मात्रै खुल्छ ।


