×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फेरि नेटवर्किङ धन्दा

  •  
  • मङ्गलबार, जेठ ३०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • एकैपटक १०२ जना पक्राउ, १४ जनालाई ७ दिन म्याद थप
    – जनकराज सापकोटा, काठमाडौं

    जेष्ठ ३०, २०७४-

    स्थान    :    सिद्धार्थ फुडल्यान्डको हल, पुरानो बानेश्वर, काठमाडौं

    समय    :    आइतबार बेलुकी ९ बजे

    ठूलो हलको पारदर्शी सिसाका झ्यालभरि पत्रिका टाँसिएको छ, ताकि बाहिरबाट हेर्दा हलभित्रको वातावरण नदेखियोस् । हङकङ, मलेसिया र भारतको बैंग्लोरबाट अनलाइन सम्पर्कमा आएका प्रशिक्षकहरू हलको अग्रभागको ल्यापटपमा देखिइरहेका थिए । २९ युवतीसहित १ सय २ जना ठूलो प्रोजेक्टरमा तिनै प्रशिक्षकहरूका कुरा सुनिरहेका थिए ।

    अचानक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारी हलभित्र छिरे । ‘सबै चुपचाप आफ्नो ठाउँमा बस्नुहोला । हामी प्रहरी हौं । तपार्इंहरूलाई चारैतिरबाट घेरा हालिएको छ’ भन्नासाथ हलमा रहेका सबै चलमलाउन थाले । के भएको हो ? के हुँदै छ ? कसैले मेलोमेसो पाइरहेका थिएनन् । एउटा ठूलो बस र हायस गाडीमा कोचाकच गरेर त्यतिका धेरै मान्छेलाई पक्राउ गरेर महाराजगन्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालयमा ल्याइपुर्‍याउँदा रातको साढे दस भइसकेको थियो । लाइन लगाएर पक्राउ परेकाहरूको प्रारम्भिक बयान लिँदा ब्युरोको आँगन भरिभराउ देखिन्थ्यो ।

    ब्युरोका स–साना कोठामा नअट्ने भएपछि २९ युवतीलाई ब्युरोमै राखियो भने अन्यलाई काठमाडौं परिसर टेकु पुर्‍याइयो । प्रारम्भिक बयान सकेर परिसरमा पुर्‍याउँदा बिहानको तीन बजिसकेको थियो । सबैले भय, त्रास र छटपटीमै अनिँदै रात बिताए । पक्राउ परेका सबैलाई थप बयानका लागि बिहान नौ बजे ब्युरो ल्याइएको थियो ।

    यसरी पक्राउ परेका सबै जना नेपालको कानुनले गैरकानुनी ठहर्‍याएको नेटवर्किङ धन्दामा सामेल थिए । अनलाइनमार्फत चलाइने विवादित अन्तर्राष्ट्रिय ‘क्यु नेट’ नेटवर्कको सदस्य बनेकाहरूलाई अरू सदस्य कसरी बनाउने ? नयाँ सदस्य बनाएबापत कसरी कमिसन पाइन्छ र कसरी नेटवर्क विस्तार गर्ने भन्नेबारे त्यो हलमा तालिम दिइएको थियो । प्रहरीका अनुसार अनलाइनमार्फत विभिन्न व्यक्तिहरूको गिरोहले पछिल्ला डेढ वर्षयता गुपचुप रूपमा नेपालभित्र सञ्जाल फैलाइरहेका थिए ।

    यसरी सदस्य बन्नेहरूलाई सुटुक्क विभिन्न होटलहरूमा जम्मा पारेर साताको दुई पटक अनलाइन र अफलाइन तालिम दिइन्थ्यो । प्रहरीका अनुसार कहिले विदेशबाटै अनलाइन तालिम दिइन्थ्यो भने कहिले विदेशीहरू तालिम दिनकै लागि नेपाल आउँथे । सदस्यहरूलाई छोटो समयमा मनग्गे पैसा कमाउन सकिनेलगायत प्रलोभन देखाइन्थ्यो ।
    ०००
    धनगढी घर बताउने हरि जोशीलाई चिनेजानेकै साथीले क्यु नेटबारे बताए । ३ लाख ५० हजार रुपैयाँ तिरेपछि सदस्य बन्न सकिने र त्यसपछि अन्य नयाँ सदस्य बनाउँदै गएपछि कमिसन बढ्दै जाने थाहा पाएपछि उनी यो सञ्जालमा छिरे । सदस्यबापतको पैसा भने उनले काठमाडौंको एक होटलमा त्यसका एजेन्टलाई नगदै बुझाएका थिए ।

    सदस्य बनेपछि उनले क्यु नेटको अनलाइन खाताको युजर आईडी र पासकोड पाएका थिए । जोशीले नयाँ सदस्य बनाएपछि त्यसबापत आउने कमिसन रकमको हिसाबकिताब त्यही अनलाइन एकाउन्टमा हेर्न मिल्थ्यो । साथै, नेटवर्क चलाउने गिरोहले ल्याउने नयाँ–नयाँ स्किमबारे पनि अनलाइनमार्फत नै जानकारी गराइन्थ्यो । अन्य सदस्य जस्तै जोशी पनि प्रत्येक आइतबार र बुधबार दिइने तालिममा सहभागी हुँदा पक्राउ परेका थिए ।

    क्यु नेटका सदस्यहरूले इष्टमित्र, आफन्त, साथीहरू वा अफिसका सहकर्मीलाई गोप्य रूपमा विभिन्न क्याफे तथा रेस्टुरेन्टमा बोलाउँथे । क्यु नेटसम्बन्धी काउन्सिलिङ दिन्थे र सदस्य बने महिनाको १ लाखदेखि १५ लाख रुपैयाँसम्म कमाउन सकिने प्रलोभन देखाउँथे ।

    ३ लाख ५० हजार रुपैयाँ बुझाएर सदस्य बनेपछि प्रोडक्ट बाइङ अथवा टुर प्याकेज छानेर लिन पाइन्थ्यो । यसरी सदस्य बनेकाले अर्को दुई नयाँ सदस्य थप्यो भने ४ सय डलर अर्थात् ४० हजार रुपैयाँजति कमिसन दिइन्थ्यो । प्रत्येक सदस्यले कम्तीमा दुई सदस्य बनाउनैपर्ने नियम बनाइएको थियो । यसअघि अवैध घोषित भएर बन्द भएका गोल्ड क्वेस्ट र युनिटीजस्तै यसमा पनि धेरैभन्दा धेरै सदस्य बनाउनेले धेरैभन्दा धेरै कमिसन पाउने नियम बनाइएको थियो ।

    धेरै पैसा तिरेर नम्बर बटुल्न पाइने नियम पनि क्यु नेटले बनाएको थियो । ५ यूबी शीर्षकको प्याकेज पाउन ३५ सय डलर तिर्न सकिने नियम बनाइएको थियो भने ५ हजार डलर तिरे ७ यूबी शीर्षकको प्याकेज पाइन्थ्यो । जति धेरै पैसा तिर्‍यो, उति उपल्लो नम्बर पाइने र त्यसैका आधारमा विश्वका विभिन्न देशका सुपरमार्केटमा किनमेल गर्दा छुट पाइने र नयाँ सदस्य बनाउँदा धेरै कमिसन पाइनेलगायत विशेष अफर थिए । केन्द्रीय अनुसन्धान ब्युरोले क्यु नेटको अवैध सञ्जालमा कति नेपाली सदस्य बनिसकेका छन् र कति रुपैयाँ फसेको छ भनेर हिसाब निकालिसकेको छैन ।

    ब्युरोका एसएसपी शेरबहादुर बस्नेतले थप अनुसन्धान चलिरहेको र त्यसबारे विस्तृत जानकारी केही दिनमै पाइने बताए । प्रहरीले पक्राउ गरेकामध्ये धेरैजसो व्यापारी, व्यवसायी, शिक्षक तथा विभिन्न बैंकका कर्मचारी छन् । प्रहरीले पक्राउ परेकामध्ये नेटवर्क विस्तारमा सक्रिय १४ जनालाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको छ । प्रकृति बुढाथोकी, श्वेता बस्नेत, सिर्जना सिंह, अंकिता श्रेष्ठ, विकल्प श्रेष्ठ, क्षितिज पौडेल, नरेश मल्ल, ओम गुरुङ, विशन गुरुङ, किरण जोशी, सुमित मानन्धर, सौरभ गोयन्का, सुमित श्रेष्ठ र प्रमेश मानन्धरलाई पक्राउ म्याद थपेर अनुसन्धानका निम्ति थुनामा राख्ने भएको छ ।

    ब्युरोका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा सक्रिय र उपल्लो हैसियतमा काठमाडौंका सुमित श्रेष्ठ, सुमित मानन्धर, सौरभ गोयन्का र प्रमेश मानन्धर छन् । पछिल्लो डेढ वर्षमा सुमितले यही सञ्जाल विस्तार गरेर ५१ हजार ७ सय डलर आम्दानी गरेको उनको अनलाइन एकाउन्टमा देखिन्छ । त्यस्तै, प्रमेशको खातामा १० हजार डलर आम्दानीको रकम देखिन्छ । पक्राउ परेकाहरू अधिकांश गतिलो शैक्षिक पृष्ठभूमिका देखिन्छन् । प्रहरीका अनुसार सुुमित श्रेष्ठ चार्टर्ड एकाउन्टेन्ट हुन् भने गोयन्का एमबीए गरेका विद्यार्थी ।

    ब्युरोका अनुसन्धान अधिकारीले पक्राउ परेका सबैको एकाउन्ट आईडी र पासकोड लिएर रातभर उनीहरूको खातामा रहेको रकम र कारोबारको प्रकृति हेर्ने प्रयास गरेको थियो । स्रोतका अनुसार एकैचोटि धेरै सदस्य पक्राउ परेको खबर हङकङस्थित मुख्यालयमा पुग्नेबित्तिकै उसले आफ्ना सदस्यहरूको खातासम्बन्धी विवरण गोप्य राख्न खाता बन्द गरिदिएको थियो । त्यसैले ब्युरोले केही सदस्यहरूको मात्रै आम्दानी र कारोबारसम्बन्धी विवरण फेला पारेको थियो । नेपाल सरकारले २०६६ माघ १६ गते नेटवर्क मार्केटिङलाई व्यवस्थित बनाउने भन्दै निर्देशिका जारी गरेको थियो । जुन २०६७ जेठ १० गते खारेज गरिएको थियो । २०६८ चैत १५ गते सर्वोच्च अदालतले नेटवर्क व्यवसाय नगर्नू/नगराउनू भनी नेपाल सरकारका नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो ।

    के हो क्यु नेट ?

    सन् १९९८ मा अस्तित्वमा आएको यो नेटवर्किङ कम्पनी १ सय ८० देशमा फैलिएको छ । स्थापनाकालमा यसको नाम क्वेस्ट नेट थियो । कालान्तरमा गोल्ड क्वेस्ट, क्यु आई लिमिटेडजस्ता नामबाट पनि यसले आफ्नो सञ्जाल विस्तार गरेको थियो । हङकङमा कर्पोरेट अफिस र मलेसियामा केन्द्रीय कार्यालय रहेको यसले कैयौं देशमा अवैध रूपमा लुकीछिपी आफ्नो सञ्जाल विस्तार गरिरहेको छ भने केही देशमा यसले वैधानिक हैसियतमै आफ्नो सञ्जाल विस्तार गरिरहेको छ । पिरामिड आकारको सञ्जालमा विस्तार हुने क्यु नेट यसअघिका अवैध नेटवर्क व्यवसाय युनिटी र गोल्ड क्वेस्टकै शैलीमा विस्तार हुने गर्छ ।

    डलरमा कारोबार हुने भएकाले क्यु नेटमा अधिकांश पढेलेखेका र गतिलो पेसा व्यवसायमा लागेकाहरू जोडिएका छन् । भारतमा पनि विस्तार भएको क्यु नेटलाई अदालतले नै प्रतिबन्ध लगाएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार भारतमा पाँच लाख जना यसका सदस्य थिए ।

    क्यु नेटलाई सन् २००५ मा श्रीलंका र इरानमा, सन् २००८ मा अमेरिका र क्यानडामा, सन् २००९ मा सुडानमा र सन् २०१० मा भारत र साउदी अरबमा प्रतिबन्ध लगाइएको थियो । क्यु नेटको मातृ संस्था गोल्ड क्वेस्टलाई नेपाल सरकारले सन् २००३ मै प्रतिबन्ध लगाएको थियो । त्यतिबेला राष्ट्र बैंकले गोल्ड क्वेस्टको सञ्जाललाई पूर्णतया ठगीको जञ्जाल रहेको बताएको थियो । इन्डोनेसियाका फाइनान्सियल सर्भिस अथोरिटीले यही जनवरीमा क्यु नेटलाई गैरकानुनी कम्पनीको सूचीमा राखेको थियो ।

    आर्थिक रूपमा अर्बौं डलरको धनी मानिने यो कम्पनी एसिएन फुटबल कन्फिडेरेसन अर्थात् एफसी च्याम्पिनस लिगको सन् २००९ देखि २०१२ सम्मको सिजनमा प्रमुख सहयोगी संस्था बनेको थियो । यसका अलावा कैयौं अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा क्यु नेट प्रायोजक बनेको छ । हङकङ फुटबल क्लब र बहराइनको बास्केटबल क्लबको पनि प्रमुख प्रायोजक क्यु नेट हो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, जेठ ३०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.