एस.के. शान
१९ जेठ, सप्तरी । सप्तरी जिल्लाको गम्हरिया प्रवाहा गाविस (अहिलेको डाक्नेश्वरी नगरपालिका-५) मा एकै परिवारमा ५ जना दृष्टिबिहीन फेला परे ।
एकै परिवारमा पाँच जना दृष्टिबिहीन परिवार फेला परेको तीन महिना नबित्दै गम्हरियासँग टाँसिएरै रहेको एक गाउँमा पुनः अर्काे दृष्टिबिहीन परिवार फेला परेको छ । यो परिवारमा तीन जना दृष्टिबिहीन छन् ।बिभिन्न क्षेत्रबाट दृष्ट्रिविहीन परिवारलाई सहयोग प्राप्त भएको छ । भद्रगोल टेलि सिरियलका जिग्री र पाँडेको प्रतिष्ठान र सप्तरी युथ नेपालले उनीहरुको घर पनि निर्माण गरिरहेको छ ।
गम्हरिया प्रवाहा गाविससँगै टाँसिएर रहेको बेल्ही चपेना गाविसमा यस्तो परिवार फेला परेको हो । बेल्ही चपेना वडा नम्बर २ जमुवाका ३० बर्षीय बसिर हुसैन जन्मजात दृष्टिबिहीन छन् । दृष्टिबिहीन उनले आँखा देख्नेसँग विवाह त गरे तर यी दम्पतिबाट जन्मेका २ जना छोराछोरी पनि दृष्टिबिहीन छन् ।
बसिरकी जेठी छोरी ४ बर्षीय हिलमा खातुन तथा २ वर्षका छोरा नासिर पनि दृष्ट्रिबिहीन रहेको स्थानीयहरुले बताएका छन् ।
बसिरले पत्नीमा पनि मानसिक समस्या देखिएपछि उनको परिवार कष्टकर जीवन जीउन बाध्य भएका छन् ।
यी परिवारर्को जग्गा जमीनको नाममा घर मात्रै रहेको छ । परिवारको गुजारा बसिरका वृद्ध आमाले अरुको घरमा काम गरेर टार्दै आइरहेकी छन् ।
onlinekhabar


