×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४८ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

चितवनमा रमाउन थाल्यो कोसीको अर्ना

  •  
  • आइतबार, जेठ १४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    लक्ष्मीप्रसाद उपाध्याय

    सौराहा (चितवन­), जेठ १४ गते ।  कोसी टप्पु क्षेत्रमा मात्र देखिने गरेको जङ्गली भैँसी (अर्ना) पछिल्लो समय चितवनका जङ्गलमा रमाउन थालेका छन् ।  चितवन राष्ट्रिय निकुञ्जभित्र १४ वटा अर्नालाई घाँसे मैदानमा सिँघौरी खेल्दै, पोखरीमा नुहाउँदै र कराएर मैदानको बीचमा दगुर्दै गरेको सहजै देख्न पाइन्छ ।
    गत माघमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट १२ र ललितपुरस्थित चिडियाखानाबाट तीन गरी १५ वटा अर्ना ल्याएर चितवन राष्ट्रिय निकुञ्जमा छाडिएका थिए ।  तर, चितवनका जङ्गलमा अर्ना भएको यो नै पहिलोपटक होइन ।  परम्परागत रूपमा अर्नाको बासस्थान रहेको अर्ना ६० वर्षअघि चितवनका जङ्गलबाट लोप भएको थियो ।  अहिले ६० वर्षपछि अर्नालाई यहाँ पुनःस्थापना मात्र गरिएको हो ।  सन् १९५० को दशकका चितवनमा पनि अर्ना अस्तित्वमा रहेको अध्ययनले देखाए पनि पछिल्लो चरणमा कोसी टप्पुमा मात्र अर्ना पाइने गरेको छ ।
    विश्वकै अत्यन्तै दुर्लभ वन्यजन्तु अर्नाको बस्ती विस्तार गर्न सरकारले कोसी टप्पुजस्तै स्थानको अध्ययन गर्ने क्रममा चितवन सम्भाव्य स्थानको पहिचान गरी लामो अध्ययन गरेको थियो ।
    कोसी टप्पु र चितवनमा धेरै किसिमका समानता भएकाले अर्नालाई कोसी टप्पुबाट चितवनमा  स्थानान्तरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो ।  विभागले विश्व वन्यजन्तु कोषको आर्थिक तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक सहयोगमा कोसी टप्पु र चितवनका जङ्गलमा अर्नाको उपयुक्त बासस्थानबारे लामो अध्ययन गरेको थियो ।
    राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव गोविन्द गजुरेलका अनुसार चितवनमा अर्ना ल्याइसकेपछि हाल कोषका प्राविधिकहरूले निकुञ्जसँगको सहकार्यमा निरन्तर रूपमा अर्नाको बासस्थान, पानीको व्यवस्थापन, घाँसे मैदानको अवस्था, घाइते अर्ना तथा बिरामी अर्नाको उपचार लगायतका कार्य
    गरिरहेका छन् ।
    निकुञ्जको सौराहा कार्यालयबाट आठ किलोमिटर टाढा निकुञ्जभित्र अर्ना संरक्षणका लागि विशेष संरक्षित क्षेत्र निर्माण गरिएको छ; जहाँ पानी पोखरीको व्यवस्थापन, घाँसे मैदान निर्माण तथा अन्य वन्यजन्तुले आक्रमण गर्नसक्ने स्थितिलाई ध्यानमा राखी सौर्य तारबारको व्यवस्था गरिएको छ ।
    महानिर्देशक खड्काका अनुसार ३० हेक्टर क्षेत्रफलमा अर्ना संरक्षण विशेष क्षेत्र निर्धारण गरिएको छ ।  यसका लागि सरकारलाई विश्व वन्यजन्तु कोषबाट हरियो वन कार्यक्रममार्फत आर्थिक सहयोग प्राप्त भएको छ ।
    तीस हेक्टर क्षेत्रफलवरिपरि सौर्य तारबार लगाएर अर्नालाई उपयुक्त बासस्थान निर्माण गर्दा चितवनमा अर्ना विस्तारै घुलमिल हुँदै जाने र बाघ, हात्ती, चितुवाजस्ता सिकार गर्ने वन्यजन्तुको आक्रमणबाट क्षति हुन नसक्ने भएकाले अर्ना सुरक्षित तरिकाले बाँच्नसक्ने आधार तयार भएको उहाँले बताउनुभयो ।
    चितवन राष्ट्रिय निकुञ्ज सौराहा पोस्टका संरक्षण अधिकृत अविनेश पाठकले भन्नुभयो, “कोसी टप्पुको जस्तै वातावरण यता पाएपछि अर्ना चितवनका जङ्गलमा रमाउन थालेका छन्, हामीले गरेका नियमित रेखदेख तथा अनुगमनमा अर्नाको बानी व्यवहार कोसी टप्पुको जस्तै देखिएको छ, अर्नाले एक्लो महसुस गरेको असामान्य बानी व्यवहार हालसम्म देखाएका छैनन् ।  ”
    स्थानान्तरण गरिएकामध्ये एउटा अर्ना मरेको छ ।  त्यो अर्ना चिडियाखानाबाट यहाँ स्थानान्तरण गरिएको हो ।  चिडियाखाना र खुला जङ्गलको वातावरण मिल्न नसक्दा मरेको हुनसक्ने अनुमान गरिएको छ ।  यसको प्रयोगशालाको प्रतिवेदन अझै आइनसकेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
    कोसी टप्पुबाट ल्याइएका १२ वटा अर्नाको भने स्वास्थ्य अवस्था हालसम्म सामान्य रहेको कोषका सदस्यसचिव गजुरेलले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “कोसी टप्पुबाट ल्याइएका अर्नाको स्वास्थ्य अवस्था सन्तोषजनक छ । ”
    विश्वभर यसको सङ्ख्या तीन हजारको हाराहारीमा रहेको अनुमान छ ।  दक्षिण एसियामा नेपाल र भारतमा पाइने अर्ना घाँसे मैदान, स्वच्छ पानी र दलदले भूमिमा बस्न रुचाउँछ ।  नेपालको कोसी टप्पु क्षेत्रमा मात्र पाइने यो वन्यजन्तु भारतको सिक्किम, आसाम र मध्य प्रदेशका संरक्षित क्षेत्रमा पाइने गरेको छ ।
    आठ सयदेखि एक हजार दुई सय किलोसम्मको वजन हुने अर्नाको आयु २५ देखि ३० वर्षसम्म हुने गरेको छ ।  पहिलोपटक सन् १९७६ मा गरिएको अर्नाको गणनामा ६३ वटामात्र भेटिएका थिए भने हाल कोसी टप्पु वन्यजन्तु आरक्षमा यसको सङ्ख्या दुई सयभन्दा बढी भएको अनुमान छ ।
    विद्यावारिधि उपाधिका लागि अर्नाका विषयमा अनुसन्धानरत चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले चितवनमा अर्ना बचाउनसक्ने थुपै्र आधार भेटेर पुनःस्थापना गरिएको  बताउनुभयो ।  सरकारले २० वटा अर्ना स्थानान्तरण गर्ने निर्णय गरे पनि यो वर्ष चितवनमा १५ वटा मात्र स्थानान्तरण गरिएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, जेठ १४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.