व्यास नगरपालिका वडा नं २ मालपोत लाइमा छविलाल थापाले भाडामा लिई होटल सञ्चालन गरेको घर र सगै रहेको अर्को छिमेकीको घरमा गएराती देखि अनौठो गतिविधी भईरहेको हो ।
यसरी अनौठो गतिविधी हुनेक्रममा अदृश्य रुपमा ढुङगा प्रहार भईरहेको छ । प्रत्यक्ष दर्शीहरुले दिएको जानकारी अनुसार गएराती ९ बजे देखि अहिले बिहान ८ बजे सम्म अदृश्य रुपमा घरको विभिन्न भागमा ढुङगा प्रहार भईरहेको छ । प्रत्यक्षदर्शीका अनुसार १० देखि आधा घण्टाको अन्तरालमा ढुङगा प्रहार भईरहेको छ ।
जुन दृश्य देखेर भाडामा बस्दै आएका थापा परिवार देखि सर्वसाधारणहरु समेत अचम्मित भएका छन् । ति दुईवटा घरमा ढुङगा प्रहारका अलावा एक ठाउँको सामान अर्को ठाउँमा भेटिन थालेको छ । बिहानै मात्र एक ग्याँसमा दाल पकाउँदै गरेको कुकर अर्को ठाउँमा भेटिएको भाडामा बस्दै आएका थापाका परिवारले बताए ।त्यस्तै छिमेकीको घरको चक्कु आफ्नो घरको कोठामा भेटिएको समेत थापा परिवारले बताए ।
मालपोत लाइनका दुईवटा घरमा अनौठो गतिविधी देखिए सगै भाडामा बस्दै आएका र छिमेकीहरु समेत निकै त्रसित हुन पुगेका छन् । जसका कारण उनीहरु घरभित्र बस्न समेत डराईरहेको अवस्था छ । यता दुई घरमा अनौठो गतिविधी भएको खबर सार्वजनिक भएसगै हेर्नका लागि सर्वसाधारणहरुको भिड लाग्न थालेको छ । त्यहाँको दृश्य देखेर सर्वसाधारणहरु समेत अचम्मित र त्रसित हुन थालेका छन् ।
edharahara


