दमौली ८ जेठ । स्थानीय तहको निर्वाचनका दिन व्यास १ भादगाउँ स्थित छाला कारखाना नजिक कलाकार विक्रम परियारको हत्यामा संलग्न ६ जना युवायुवतीलाई प्रहरीले प्रकाउ गरेको छ ।
प्रकाउ पर्नेहरुमा रिसिङ गाउँपालिका वडा नं १ स्थायी घर भई हाल व्यास १ भादगाउँ हाइस्कुलटार बस्ने १६ बर्षिय प्रेम आले, रिसिङ गाउँपालिकै वडा नं १ ग्वासलुङ घर भई हाल व्यास १ हाइस्कुलटार बस्ने १७ बर्षिय रन्जन ठकुरी ,बन्दिपुर नगरपालिका वडा नं ३ सुखौरा घर भई हाल व्यास १ भादगाउँ हाईस्कुलटार बस्ने तुम्बाके भन्ने मधुसुदन नेपाली रहेका छन् । । यसअघि सो हत्यामा संलग्न मध्ये रिसिङ गाउँपालिका वडा नं १ ग्वासलुङ घर भई हाल व्यास १ भादगाउँ बस्ने २०बर्षिय कान्छी भन्ने रोशन चन्द ठकुरी , व्यास नगरपालिका वडा नं ३ बस्ने १६ बर्षिय अन्जली राना मगर र व्यास ३ देउराली नगर बस्ने १८ बर्षिय उषा थापा रहेका छन् ।
यसैबीच प्रकाउ परेका ६ जनालाई पत्रकार सम्मेलन आयोजना गरी प्रहरीले सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी उमेशराज जोशीले जानकारी दिए अनुसार डिएसपी सुरेन्द्र गुरुङको नेतृत्वमा हत्यामा संलग्न युवायुवतीहरु प्रकाउ परेका हुन् । त्यस्तै पत्रकार सम्मेलनमा एसपी जोशीले जानकारी दिए अनुसार मृतक परियार र उनी सगै रहेका घाइते देवी नारायण श्रेष्ठले फोटो खिच्न युवायुवतीहरुलाई आग्रह गर्दा उनीहरुले किन खिच्ने भन्दै विवाद सुरु गरेका थिए । विवाद हुँदै जाँदा युवायुवतीले उनीहरु माथि ढुङगाले आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका परियारको मृत्यु हुन पुगेको थियो भने श्रेष्ठको टाउँको चोट लाग्न पुगेको छ ।
यस घटनाका विषयमा थप अनुसन्धान भईरहेको समेत एसपी जोशीले बताए । प्रकाउ परेकाहरुलाई म्याद थपि अनुसन्धान प्रकिया अगाडि बढाई राखिएका छ ।
edharahara


