डिपी अधिकारी/तनहुँ
बैशाख ३० गते । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको नेपाल बन्दको क्रममा आज शनिबार तनहुँको बेल भञ्ज्याङमा एकाबिहानै ट्रकमा आगजनी भएको छ ।
डुमे्रबाट दमौली तर्फ जाँदै गरेको ना ३ ख ९११६ नम्बरको ट्रकलाई अज्ञात समूहले बन्दिपुर १ बेलभञ्ज्याङमा रोकी जलाएका हुन् । बिहान सवा ५ बजे ट्रकका चालक र सहचालकलाई ट्रकबाट झारी उनीहरुले आगो लगाएका थिए ।
आगजनीबाट ट्रकको अधिकाँश भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटना पछि दमौलीबाट दमकल मगाई आगो निभाईएको भानुमुकाम डुमे्रका प्रहरी निरीक्षक रेशम रायमाझीले जानकारी दिनुभयो ।
अहिले सम्म घटनाको जिम्मा कसैले लिएका छैनन् । अहिले सडकमा गाडी कम गुडेका छन् । आगजानी गर्नेको खोजी भैरहेको प्रहरीले जनाएको छ ।




















