×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

४८ घन्टा सीमा बन्द

  •  
  • शुक्रबार, बैशाख २९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, वैशाख २९ गते ।  गृह मन्त्रालयले वैशाख ३१ गतेको स्थानीय निर्वाचन हुने जिल्लाहरूसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा ४८ घन्टासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।  निर्वाचन शान्त र सुरक्षित वातावरणमा सम्पन्न गर्न सीमा बन्द गर्न लागिएको हो ।

    गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता बालकृष्ण पन्थीले निर्वाचन हुने जिल्लासँग जोडिएका सबै जिल्लाको सीमा बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।  भारतसँग सीमा जोडिएको तराईको चितवन, मकवानपुर, चीनसँग सीमा जोडिएका दोलखा, सिन्धुपाल्चोक, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, हुम्ला लगायतका सबै जिल्लाको सीमा बन्द गरिएको छ ।
    बिहीबारबाट ‘निर्वाचन सुरक्षा’ मतदानस्थल केन्द्रित पारिएको जानकारी पनि उहाँले दिनुभयो ।  निर्वाचन सुरक्षा प्रभावकारी बनाउन मतदानस्थल र मतदान केन्द्रहरूमा केन्द्रित गर्ने निर्णय भएको भन्दै उहाँले थप्नुभयो, “जिल्लास्तरीय स्थानीय सुरक्षा समितिले पनि सुरक्षा तयारी बलियो पारेको छ । ”
    “चुनाव शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न हुन्छ”, उहाँले थप्नुभयो, “निर्वाचनका लागि अपनाउनुपर्ने सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ ।  मतदान टोली मतदान केन्द्रहरूमा परिचालन भइसकेकाले सीमा बन्द गर्नुका साथै सुरक्षाव्यवस्था थप प्रभावकारी बनाइएको हो । ”
    यसैबीच प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले पनि चुनाव प्रचारप्रसारको शून्य समयअघि छिटपुट घटना भए पनि त्यसपछि यस्ता घटना स्वतः हराएर जाने दाबी गर्नुभयो ।  “निर्वाचनका लागि प्रहरीको सुरक्षा तयारी प्रभावकारी नै छ”, उहाँले भन्नुभयो, “सुरक्षाव्यवस्थामा शङ्का गर्नुपर्ने अवस्था छैन । ”
    मतदान अधिकृतहरूसहित प्रहरी टोलीहरू मतदान केन्द्रहरूमा पुगिसकेको जनाइएको छ ।  निर्वाचन सुरक्षाका लागि प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक
    (असई)को कमान्डमा पाँचदेखि नौजनासम्मको सुरक्षा टोली मतदान केन्द्रमा परिचालन गरिएको छ ।
    मतदान केन्द्रको शान्तिसुरक्षा व्यवस्थाको जिम्मा प्रहरीले लिएको छ ।  यसलाई निर्वाचन सुरक्षाको मुख्य तथा भित्री घेराको रूपमा लिइएको छ ।  मतदान सम्पन्न भएपछि मतपेटिकाको ओसारपसार तथा सुरक्षा जिम्मा सशस्त्र प्रहरी बलले लिने जनाइएको छ ।
    त्यस्तै नेपाली सेनाले मतदान केन्द्रहरूको सुरक्षा निगरानी राख्ने जनाइएको छ ।  सेनाको टोलीले मतदान केन्द्रमा गस्ती बढाउने र सुरक्षा अवस्थाबारे जानकारी लिने जनाएको छ ।  निर्वाचन सुरक्षाको दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरामा सेनालाई जिम्मेवारी
    दिइएको हो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, बैशाख २९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.