गोरखा समाचारदाता
चुनाव आउन दुइ दिन बाँकी हुदा गए राती १२ बजेबाट मौन अबधी सुरु भएको छ ।
मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन पाइनेछैन । राजनीतिक दल तथा उम्मेदवारका प्रचारप्रसार मतदानको अन्तिम समयमा आएर कुनै द्वन्द्वमा परिणत नहोस् वा निर्वाचनको मुखमा प्रचार प्रसारमा विकृति नबढोस् भनेर मौन अवधि राख्ने गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मौन अवधी सूरु भए पश्चात उम्मेदवारले स्थानीय तहका मतदान केन्द्रबाट तिन सय मिटर वरिपरी राखिएका चुनाव प्रचार प्रसार सामाग्री हटाउनु पर्ने हुन्छ ।
साथै यस अबधीमा कुने पनि संचार माध्यम तथा सामाजिक सञ्जालहरुमा समेत चुनावको प्रचार प्रसार सामाग्री राख्न नपाइने कार्यालयले जनाएको छ ।




















