कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र १५ गते । ओभ डेभलपमेन्ट बैंकले गोरखामा रहेको मनास्लु बैंक संग मर्जरपछी १० बराबर ३ को अनुपातमा हकप्रद सेयर जारि गर्ने भएको छ। बैंकले मर्जरपछि यो सेयर जारि गर्ने तयारी गरेको बैंक प्रशासनले जानकारी दिएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले मंगलबार राजधानीको बौद्ध शाखाको उद्घाटन कार्यक्रममा बोल्दै मनास्लु विकास बैंकलाई गाभ्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै त्यसपछि हकप्रद सेयर जारि गर्ने समेत जानकारी गराउनु भएको थियो ।
गोरखा सदरमुकाममा केन्द्रिय कार्यालय खोली चितवन र तनहुँमा समेत शाखा विस्तार गरी सकेको मनास्लुलाई गाभ्नका लागि नेपाल राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि निवेदन दिने तयारी भै रहेको कार्यकारी अधिकृत अधिकारीले बताउनु भयो ।
बौद्धमा रहेको शाखा सहित बैंकको कुल ३१ शाखा भएको छ । शाखाको उद्घाटन राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गनु भएको थियो ।



