ब्रिटिस एशोसिएसन अफ एस्थेटिक प्लास्टिक सर्जन्सको रिपोर्टका अनुसार पछिल्ला १० वर्षमा यसमा दुई गुणा बढेको छ । आज संसारमा पुरुष यसलाई लिएर धेरै दबाबमा छन् । उनीहरु आफ्नो शारीरिक बनावटलाई लिएर धेरै दबाब महसुस गर्छन । डेभिड भन्छन् कि आकार यसै प्रवृत्तिको हिस्सा हो । डेभिडले भने, ‘धेरैजसो पुरुष सोच्दछन् कि यदि उनीहरुको लिंग छोटो भएमा पुरुषत्वमा कमी हुन्छ । उनीहरुको मनमा सेक्स पार्टनर आफूसँग सन्तुष्ट हुन्न कि भन्ने डर हुन्छ ।’ डेभिड भने यसमा सहमत छैनन् । उनले भने , ‘म यस मामलामा पक्का छैन कि ठूलो आकारलाई लिएर पुरुषहरु मोहग्रस्त हुन्छन् । यसको मापन नभएपनि यस्तो महसुस गर्छन ।’ केही मानिसको लिंगको आकार साँच्चै छोटो हुन्छ र केही हदसम्म कसैलाई यसले असर समेत गर्छ ।

ज्यादजसो मामलामा बिना उत्तेजनाको स्थितिमा आकार दुई देखि चार इन्च हुन्छ । उनलाई लाग्छ कि यो छोटो छ र लामो समयसम्म महसुस गर्छन । स्कुल, जिमहाउस र क्लबमा एक अर्काको मजाक उडाउने भएका कारण सर्जरीबाट लिंग बढाउने सोच बनाउँछन् । केही मानिस छोटो लिंगका कारण हीन भावनाबाट ग्रसित हुन्छन् ।

rajdhanidaily