×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ब्याजदर तत्काल नघट्ने

  •  
  • शुक्रबार, चैत ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मेनुका कार्की

    काठमाडौः पछिल्लो समय बढेको कर्जाको ब्याजदर घट्न अझै केही समय लाग्ने सम्बन्धित क्षेत्रका विज्ञले बताएका छन् । बजार केही सहज भए पनि सामान्य अवस्थामा पुग्न अझै यो आर्थिक वर्ष कुर्नुपर्नेछ । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले ब्याजदर तत्काल घटाउन नसकिने जानकारी दिएका छन् । बैंकहरूले क्रेडिट क्रन्च भएको भन्दै करिब ४ महिनाअघि निक्षेप र कर्जा दुवैको ब्याजदर बढाएका थिए ।

    अहिले कर्जाको ब्याजदर १५ देखि १६ प्रतिशतको बीचमा छ । केही समय अघिसम्म कर्जाको ब्याजदर प्रडक्टका आधारमा सात/आठ प्रतिशतको हाराहारीमा थियो । क्रेडिट क्रन्च भएपछि पुरानो कर्जाको समेत ब्याजदर बैंकर्सले बढाएका छन् ।

    गत वर्षको चैतसम्म बचतको दुई र निक्षेपको चार/पाँच प्रतिशतको हाराहारीमा थियो । उक्त ब्याजदर बढेर क्रमशः बचत खातामा ५ देखि ८ र संस्थागत मुद्दती साढे १३ र व्यक्तिगत १२ प्रतिशत पुगेको छ । छोटो समयका लागि ६/सात प्रतिशत रहेको ब्याजदरसमेत बढेर ११ र १२ प्रतिशतसम्म पुगेको छ ।

    बैंकहरूले गत चैतदेखि नै ब्याजदर बढाउन सुरु गरे पनि उच्च बिन्दुमा पुगेको भने चार महिना यता मात्र हो ।गत चैतदेखि यो चैतसम्म आइपुग्दा तीन प्रतिशतले लागत मूल्य बढी सकेकाले पहिला जस्तो ६/सात प्रतिशतमा कर्जाको ब्याजदर कायम भने नहुने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले जानकारी दिए । उनका अनुसार १२ प्रतिशतमा कर्जा लिएर १५/१६ प्रतिशतमा कर्जा प्रवाह गर्दा बैंकलाई नाफा हुँदैन, सञ्चालनसम्म मात्र हुने हो ।

    स्थानीय चुनाव र दोस्रो चौमासपछि पुँजीगत खर्च हुने आशमा बैंकले यस आवको अन्त्यसम्म सामान्य अवस्था पुग्ने बताए पनि ब्याजदर भने पहिलो जस्तो पाँच/छ प्रतिशको हाराहारीमा नओर्लने अध्यक्ष शाहले बताए । ‘राष्ट्र बैंकले निर्धारण गरेको स्पे्रडदरको अन्तरमा ब्याजदर कायम हुनेछ’, उनले भने, ‘अहिलेको जस्तो कर्जाको ब्याजदर १५ प्रतिशतमा पनि बस्दैन, पाँच प्रतिशतमा पनि ओर्लंदैन ।’

    यहाँ २८ वटा वाणिज्य बैंक छन्, बैंक नै पिच्छेका सञ्चालक तथा सीईओ र आफ्नै रणनीतिक योजना छन् । कार्टेलिङ भएको भए यति नै ब्याजदर रहन्छ भन्न सकिन्थ्यो । तर, बैंकहरू राष्ट्र बैंकको नियम र नियन्त्रणअनुसार चल्ने भएकाले यही भित्र रहने छन् । ब्याजदरका विषयमा छलफल गर्न बुधबार बैंकर्स संघका अध्यक्ष, बंैकर्स टोली र राष्ट्र बैंकबीच छलफल हुँदैछ ।

    अहिले कर्जाको ब्याजदर १५ देखि १६ प्रतिशतको बीचमा छ । केही समय अघिसम्म कर्जाको ब्याजदर प्रडक्टका आधारमा सात/आठ प्रतिशतको हाराहारीमा थियो ।

    बैंकको ब्याजदर बढ्दा सर्वसाधारण निक्षेप कर्ता तथा परियोजना सञ्चालक बढी मारमा परेका छन । बैंकले बचत खाताको ब्याज दर सामान्य बढाएर मुद्दती खाताको ब्याजदर अधिक बढाएका छन् । सामान्य बचतकर्ताको बचत खाता हुन्छ । व्यापार गर्ने व्यवसायीलाई भने बढेको ब्याजले असर देखिँदैन । किनकी उनीहरूले त्यसको भरण उपभोक्ताबाट गर्छन् । यसका साथै बैंक र व्यवसाय गर्नेलाई पनि यसले अझ फाइदा पुर्‍याउँछ ।

    उनीहरूलाई फाइदा पुग्ने भएकाले नै व्यवसायीबाट बढ्दो ब्याजको खासै आवाज आएको छैन । तर, परियोजना सञ्चालक भने बढ्दो ब्याजले लागत मूल्य बढ्ने भन्दै पिरोलिएका छन् । अपी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने बढ्दो ब्याजले लागत मूल्य बढ्ने र नाफा कम हुने बताउँछन् । दोहोरो व्यापार र व्यवसाय गर्नेलाई बढ्दो ब्याजको असर नदेखिए पनि हामी जस्ता वास्तविक व्यवसायमात्र गर्नेलाई भने बढ्दो ब्याजको अधिक मार पार्ने उनको भनाइ छ । अहिले धेरैजसो ठूला लगानीकर्ताले बैंक र व्यवसाय दुवै सञ्चालन गरिरहेका छन् ।

    मनोमानी ब्याज नबढाउन परिपत्र

    बैंकहरूले निक्षेप तथा कर्जामा मनोमानी हिसाबले ब्याजदर दिन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा दिने बेला गरेको सम्झौता विपरीत बेलाबेलामा ब्याजदर नबढाउन निर्देशन दिएको छ । नियमनकारी निकाय राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋणका तर समयमै ऋण तिर्न नसकेका ऋणी र उसको परिवारप्रति सम्मान पूर्वक व्यवहार गर्न समेत निर्देशन दिएको छ । आइतबार सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

    सबै ऋणीले ऋण नतिर्ने नियतले कर्जा नलिने र समयमा ऋण बुझाउन नसक्दा कर्जा प्रदायक संस्थाले नियतवश गरेको नसम्झिएर ऋणी र उसको परिवारप्रति सम्मान र सहानुभूति राखी न्यायोचित किसिमले कर्जा असुली प्रक्रिया थाल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देश गरेको छ । ऋण असुली प्रक्रिया सुरु भएपछि ऋणीको परिवारका अन्य सदस्यको सामाजिक प्रतिष्ठा, इज्जत, सम्मानमा प्रतिकूल प्रभाव नपर्ने गरी आवश्यक व्यवस्था मिलाइ असुली कार्य अघि बढाउनु पर्नेछ । समयमै ऋण तिर्न नसकेर धितो लिलामी भएका ऋणीले समेत आफ्नो धितोको प्रचलित बजार भाउअनुसार मूल्यांकन गर्न/गराउन पाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.