×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जापानी परामर्श कम्पनीलाई सीतापाइला-नौबीसे सुरुङमार्गको जिम्मा

  •  
  • बिहिबार, चैत १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ९९ करोडमा रुपैयाँमा १ वर्षभित्र डिजाइन पेश गर्नुपर्ने

    सुदिल पोखरेेल

    १० चैत, काठमाडौ । सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी निप्पोन कोइलाइ चयन गरेको छ । सुरुङमार्गको नक्सा डिजाइन निप्पोन कोइले नै तयार पार्नेछ । साथै यसले निर्माण कम्पनीले गरेको कामको पनि निगरानी राख्नुपर्नेछ ।

    नेपाली कम्पनीलाई पनि सुरुङमार्ग सम्बन्धी अनुभव होस् भन्ने उद्देश्यले परामर्शदाताले नेपाली कम्पनीसँग पनि परामर्शदाता कम्पनीले सहकार्य गर्नुपर्ने बाध्यात्मक व्यवस्था सडक विभागले गरेको थियो, जसका कारण नै ‘इटेको नेपाल’ ले पनि यसमा परामर्शदाताको रुपमा काम गर्न पाएको हो ।सडक विभागले गत शुक्रबार निप्पोन कोइलाई परामर्शदाताको रुपमा चयन गरेको विभागका बैदेशिक महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए । उनले भने- ‘सुरुङमार्ग निर्माणका लागि परामर्शदाताका रुपमा निप्पोन कोइलाई चयन गरेका छौं, यससँगै ज्वाइन्ट भेञ्चरका रुपमा एट जापानीज इञ्जिनियरिङ र इटेको नेपाल रहेका छन् ।’

    परामर्श तथा डिजाइन बापत ९९ करोड

    निप्पोन कोइलाई सडक बिभागले डिजाइन तथा नियमन गरेबापत ९९ करोड रुपैयाँ दिने भएको छ । निप्पोन कोइले एक वर्षभित्रमा नै सुरुङमार्ग डिजाइन तयार पार्नु पर्नेछ ।

    डिजाइनको अन्तिम रुप तयार नहुँदै सडक विभाग निर्माण कम्पनी चयन गर्ने सोचमा रहेको छ । श्रेष्ठले भने ‘डिजाइन तयार हुनुभन्दा अघि नै हामी निर्माण कम्पनी चयन गर्नेछौं, डिजाइन तयार हुनै लाग्यो भन्ने लागेपछि निर्माण कम्पनी चयन गर्ने हो । ‘

    कस्तो कम्पनी हो निप्पोन ?

    निप्पोन कोइ ६० वर्ष पुरानो परामर्शदाता कम्पनी हो । ६० वर्षमा यसले ३ हजार भन्दा बढी निर्माणमा परामर्शदताका रुपमा काम गरिसकेको छ । साथै यो कम्पनीले अहिलेसम्म १ सय ३५ वटा राष्ट्रमा आफ्नो काम सम्पन्न गरेको छ ।

    सन् १९४६ देखि जापानमा सञ्चालनमा आएको यो कम्पनीको ९० मिलियन अमेरीकी डलर बराबरको चुक्ता पुँजी रहेको छ । साथै यो जापानको सेयर बजार टोकियो स्टक एक्सचेन्जमा पनि सुचीकृत भइसकेको छ ।

    अब २० मिनेटमै सरर नौबिसे

    सीतापाइला नौबिसे सुरुङमार्ग निर्माण भएसँगै काठमाडौंबाट नौबिसे २० मिनेटमै पुगीने छ । अहिले भने नागढुंगाको जामका कारण काठमाडौंबाट नौबिसे पुग्नको लागि ३ घन्टा भन्दा बढि समय लाग्ने गर्दछ ।

    राजधानीबाट बाहिरिने मुख्य नाकामै हुने जामका कारण अहिले यो नाका हुँदै उपत्यका बाहिरिने तथा भित्रिने यात्रुले घन्टांै जाममा बस्नुपर्ने बाध्यता छ । यात्रुले अब जामको सास्ती भोग्नु नपरोस् भन्दै सडक बिभागले सुरुङमार्ग निर्माणको काम अघि बढाएको हो ।

    यो सुरुङमार्ग निर्माण भएपछि यो क्षेत्रमा चल्ने सवारी साधनको इन्धन पनि बचत हुन्छ । यात्रुको समयसँगै सवारी साधनको इन्धन पनि बचत हुने भएका कारण यसबाट देशलाई आर्थिक लाभ हुने श्रेष्ठको भनाइ छ ।

    नागढुङ्गाबाट करिब ८० मिटर तलबाट जाने यो सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकनका बारेमा अध्ययन सम्पन्न भइसकेको छ । रिपोर्टका अनुसार सुरुङमार्ग निर्माण गर्दा कुनै पनि वातावरणीय क्षति हुने देखिँदैन ।

    तीन वर्षमा निर्माण सकिने, सुरुङको लम्बाइ २.४५ किमी

    निर्माण सुरु भएको ३ वर्षभित्रै यसको काम सम्पन्न गर्ने सडक विभागको योजना छ । सुरुङमार्ग निर्माणका लागि जापान सरकारले ऋण उपलब्ध गराउन लागेको छ । साथै यसको ऋणलाई नेपाल सरकारले पनि स्वीकृत गरिसकेको छ ।

    सुरुङमार्ग निर्माणका लागि जापान सरकारले १७ अर्ब रुपैयाँ ऋण दिने छ । श्रेष्ठका अनुसार जापानले नेपाल सरकारलाई ०.०१ प्रतिशत ब्याजदरमा यो ऋण उपलब्ध गराएको हो । ४० वर्ष भित्र तिरिसक्नु पर्ने यो ऋणको अवधि ३० वर्षको हुनेछ भने १० वर्ष ग्रेस अवधि थपिने छ ।

    यो सडकखण्ड कुल ६ किलोमिटरको हुनेछ । सुरुङ २.४५ किलोमिटर को निर्माण गरिने भएको छ । यो सडक खण्डअन्र्तगतको सुरुङ सीतापाइला नजिकैको बस्नेतछापदेखि धादिङको सिस्नेखोलासम्म निर्माण गरिने श्रेष्ठ बताउँछन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.