×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भूकम्पपीडित अनुदान : जोखिमयुक्त बस्ती छाड्नेलाई थप दुई लाख दिइने

  •  
  • आइतबार, फागुन २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • – जग्गा खरिदका लागि अनुदानभन्दा बाहेक छुट्टै रकम दिने
    • – १५ सय परिवारले जोखिमयुक्त बस्ती छाड्नुपर्ने
    • – दुई जिल्लाको जोखिमयुक्त बस्तीबारे अध्ययन हुनै बाँकी
    फाल्गुन २९, २०७३- जोखिमयुक्त बस्ती छाडी अन्यत्र गएर घर बनाउनेलाई सरकारले थप दुई लाख रुपैयाँ अनुदान दिने भएको छ ।

    पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको कार्यकारी समितिको बैठकले जग्गा खरिद प्रयोजनका लागि दुई लाख रुपैयाँ दिने निर्णय गरेको हो । तर यो निर्णय कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट पास हुनुपर्नेछ । सीईओ पोखरेलका अनुसार जोखिमयुक्त बस्ती पहिचान गर्न गठन भएको कार्यदलले सिफारिस गरेका घरधुरीलाई सुरक्षित स्थानमा जग्गा खरिद गर्ने प्रयोजनका लागि उक्त रकम उपलब्ध गराउन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो ।

    यो रकम पाउनेहरूले घर बनाउने प्रयोजनका लागि छुट्टै तीन लाख रुपैयाँ अनुदानसमेत पाउनेछन् । भूक्षय, पहिरो, भूकम्पप्रतिरोधी घर निर्माणका लागि माटोअनुकूल नभएको लगायत विषयमा अध्ययन गरी सरकारले जोखिमयुक्त बस्ती पहिचान गरिसकेको छ । ‘आफैं जग्गा खरिद गर्न नसक्ने । सरकारले जग्गा खोजिदियोस् भन्नेहरूका लागि पनि के विकल्प अपनाउन सकिन्छ भन्ने विषयमा छलफल हुनेछ,’ कार्यकारी समितिको बैठकमा सहभागी अर्का एक अधिकारीले भने, ‘हाललाई छिटो काम होस् । आफ्नो इच्छाअनुसारको ठाउँमा जग्गा खरिद गरी घर बनाउन भन्ने उद्देश्यले दुई लाख रुपैयाँँसम्म दिने निर्णय भएको हो ।’

    जग्गा दुई लाख रुपैयाँभन्दा कम परे सोहीअनुसार मात्रै रकम पाउनेछन् । मालपोत लिखतमा उल्लेख गरिएको आधारमा रकम दिइने हो । तर दुई लाख रुपैयाँभन्दा बढी रकम भने पाउने छैनन् । बढी रकम पीडित आफैंले लगानी गर्नुपर्नेछ । प्राधिकरणले भूकम्पले जोखिममा पारेका मानव बस्ती स्थानान्तरणको विषयमा अध्ययन गर्न एक समिति गठन गरेको थियो । उक्त समितिले दिएको सिफारिसको आधारमा दुई लाख दिने निर्णय भएको हो ।

    प्राधिकरणको जग्गा व्यवस्था तथा भौगर्भिक अध्ययन शाखाका प्रमुख कमल घिमिरेका अनुसार भूकम्पपछि गृह मन्त्रालयले ७ सय ७५ बस्ती जोखिमयुक्त रहेको भन्ने पहिचान गरेको थियो । ‘कुनै ठाउँमा एउटै गाविसका २७ बस्ती पनि थिए,’ उनले भने, ‘पुन: अध्ययन गर्दा ५ सय ९३ वटा बस्ती जोखिमयुक्त रहेको पहिचान भयो । यसमध्ये प्राधिकरणको सहमतिबाट खानी तथा भूगर्भ विभागले १ सय ३३ बस्तीको अध्ययन गर्‍यो । ५६ वटा बस्ती सार्नैपर्ने भनेर पहिचान भयो ।’ उक्त ५६ बस्तीमध्ये गोरखामा सबैभन्दा बढी घरधुरी रहेको उनले बताए । ‘सबैभन्दा बढी गोरखाका दुई ठूला बस्ती हुन् । एउटा लाप्राक । जहाँ ५ सय ७२ घरधुरी छन् । अर्को केरौजा हो, जहाँ करिब ५ सय घर धुरी रहेका छन्,’ उनले भने । उक्त आधारमा पहिलो पटक गरिएको अध्ययनअनुसार झन्डे ११ सय घरपरिवार सार्नुपर्ने भएको छ ।

    ‘त्यसपछि २ सय १३ वटा बस्तीको अध्ययन प्राधिकरणमार्फत भयो । जसमध्ये ५५ वटा सार्नुपर्ने पहिचान भएको छ,’ उनले भने, ‘उक्त बस्तीहरूमा झन्डै एक हजार ८९ वटा घरधुरी स्थान्तरण गर्नुपर्ने प्रतिवेदन आएको छ ।’ बाँकी बस्तीहरूको अध्ययन जारी रहेको उनले बताए । ‘चैतभित्रमा सबै जोखिमयुक्त बस्तीहरूको अध्ययन सक्नेछांै,’ उनले भने । अहिलेसम्म तयार भएको तथ्यांकअनुसार झन्डै दुई हजार दुई सय घरधुरी सार्नुपर्ने भएको हो । बाँकी अध्ययनको काम जारी रहेकाले सार्नुपर्ने घर थप हुने सम्भावना छ । हालसम्मको आध्ययनअनुसार पहिचान भएका घर परिवार अन्यत्र स्वैच्छिक रूपमा सर्ने भई दुई लाख रुपैयाँ दिने निर्णय प्राधिकरण निर्देशक समितिले गरेको हो । जोखिममा रहेका सबै परिवारले दुई लाखका दरले जग्गा खरिद गर्न रकम लिए ४४ करोड रुपैयाँ बजेट आवश्यक पर्नेछ । भूगर्भशास्त्री, जलाधार व्यवस्थापन विशेषज्ञ, जलउत्पन्न प्रकोप व्यवस्थापन इन्जिनियरको टोलीले बस्तीहरूको अध्ययन गरेको हो ।

    साथै प्राधिकरणले भूकम्पबाट अति कम प्रभावित १७ जिल्लाका भूकम्पपीडितलाई पनि अनुदानको पहिलो किस्ता वितरण गर्ने भएको छ । शुक्रबार नै बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले विस्तृत सर्वाेक्षण सकिए १५ हजार ७ सय ४३ जनालाई लाभग्राही सूचीमा समावेश गर्ने निर्णय गरेकाले अनुदानको पहिलो किस्ता वितरण गर्ने भएको हो । यसका लागि प्राधिकरणका कार्यकारी सदस्य संयोजकत्वको टोली अनुदान सम्झौताका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्न आगामी मंगलबारदेखि जिल्ला जाने कार्यकारी सीईओ पोखरेलले बताए ।

    पोखरेलका अनुसार बैठकले पुनर्निर्माण तथा पुन:स्र्थापनासम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि २०७३ लाई संशोधन गर्न कार्यकारी सदस्य हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ ।

    समितिले गुनासो विकेन्द्रीकृत गर्नका लागि कार्यविधि संशोधन गर्नेबारे गृहकार्य गरी प्रतिवेदन पेस गर्नेछ । बैठकले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ता अनुदान प्राप्त गरे पनि नक्साका कारण समस्या परेका व्यक्तिलाई बसोबास प्रयोजनका लागि घर बनाउने बाटो खुला गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । ‘मापदण्डभित्र घरको जग निर्माण नगरेकाहरूलाई अब कसरी सच्चिने भन्ने विकल्पसहितको सूचना जारी गर्नलाई सरकारलाई सिफारिस गर्ने भएका हौं,’ पोखरेलले भने ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.