×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बुढी गण्डकीको फाइल मन्त्रि परिषदमै

  •  
  • शनिबार, फागुन २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    किरण लोहनी/गोरखा
    फागुन २८ गते । बूढीगण्डकी जलाशययुक्त आयोजनालाई कम्पनी मोडलमा अघि बढाउने ऊर्जा मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मै अलपत्र परेको छ ।
    फागुनको पहिलो हप्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको १ हजार २ सय मेगावाटको बूढीगण्डकी आयोजना समयमै निर्णय नगर्दा अलपत्र परेको हो । बूढीगण्डकीको विस्तृत अध्ययन सम्पन्न गरेपछि ऊर्जामन्त्री जनार्दन शर्माले आयोजना कम्पनी मोडेलमा लैजाने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्नुभएको थियो । तर, कानुन र अर्थ मन्त्रालयको सहमति नभएको भन्दै फर्काएपछि मन्त्रीले मन्त्रिपरिषद्मा बाँडेरै प्रस्ताव अघि बढाउनुभएको थियो । मन्त्रिपरिषद्मा यसबारे विवाद भएपछि पारित नभएर अलपत्र परेको हो ।
    स्वदेशी उत्पादनमै नेपालबाट लोडसेडिङ अन्त्य गर्ने आयोजनाको रुपमा बूढीगण्डकीलाई लिएपनि तत्काल निर्माण अघि बढाउन अलमल देखिएको छ ।
    एक बर्ष अघि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) सकिएको र तीन महिनाअघि वातावरणीय अध्ययनको प्रतिवेदन समेत आईसकेको बूढीगण्डकी निर्माणका लागि तयारी अवस्थामा रहेको नेपालमा एक मात्र जलविद्युत् आयोजना हो । तर हालसम्म विकास समिति वा कम्पनी मोडेल कुनमा जाने भन्ने अन्योलमै छ । मन्त्रिपरिषद्मा पुगेको प्रस्ताव तीनसाता बित्न लाग्दासमेत निर्णय नभइ मन्त्रिपरिषद्मै अलपत्र परेको छ ।
    ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले बूढीगण्डकीलाई कम्पनी मोडेलमा अघि बढाउने गरी प्रस्ताव मन्त्रिपरिषद्मा गएको र निर्णय भएपछि कार्यान्वयन अघि बढ्ने बताउनुभयो । विकास समितिमार्फत अघि बढाउँदा स्थानीयबासीलाई सेयर दिन नमिल्ने भएकोले पनि कम्पनीमार्फत अघि बढाउन लागेको उहाँको भनाई छ ।
    ऊर्जाले विकास समितिलाई खारेज गरेर कम्पनी मोडेलमार्फत अघि बढाउने गरी प्रस्ताव लगेको छ । ५ बर्ष अघि डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आयोजनालाई विकास समितिमार्फत अघि बढाउने निर्णय गरिएको थियो । विकास समितिमार्फत अघि बढाउने गरी तत्कालीन अवस्थामा बूढीगण्डकी विकास समितिको अध्यक्ष डा. लक्ष्मी देवकोटा चयन गरेको थियो ।
    उहाँको कार्यकाल सकिएको छ । ऊर्जा मन्त्रालय स्रोतका अनुसार फागुन पहिलो साता मन्त्रिपरिषद् पुगेको प्रस्ताव अर्थ र कानुन मन्त्रालयबाट स्वीकृति नआएको भन्दै फिर्ता गरिएकोमा अहिले भने दुवैले स्वीकृति दिएका छन् । स्वीकृतिसहितको प्रस्ताव समेत मन्त्रिपरिषद् पुगिसकेको छ । कानुन मन्त्रालयले विकास समितिमार्फत कम्पनीमा लैजाँदा हुने फाइदाबारे तीन महल बनाएर ल्याउन भनेपछि कानुन मन्त्रालयमा केही समय अड्किएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.