×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

यसरी हुन्छ सुन तस्करी

  •  
  • सोमबार, फागुन २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • साढे ३३ किलो बरामद प्रकरणमा संलग्न ३१ जनाको नाम सार्वजनिक
    जनकराज सापकोटा, काठमाडौं

    फाल्गुन २३, २०७३- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुस २१ मा बरामद ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम सुन तस्करीको घटनामा संलग्न ३१ जनाको नाम सार्वजनिक गरेको छ । तीमध्ये १२ जना मात्रै पक्राउ परेका छन् । फरार सूचीमा दुबईमा रहेका मुख्य सुन मालिक पाँच नेपालीसमेत छन् ।

    दुबईमा रहेका मुख्य पाँच अभियुक्त हरिशरण खड्का, रोशन भनिने गुप्तलाल भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेलको नाम ब्युरोले रेडकर्नर नोटिसमा राख्न लागेको छ । ब्युरो प्रमुख डीआईजी नवराज सिलवालले उनीहरूलाई पक्रिन दुबई प्रहरीसँग समन्वय थालिएको बताए ।
    सुन तस्करीमा संलग्न ३१ मध्ये तीन जना काभ्रेको एउटै गाउँका छन् । हरिशरण खडका, रामप्रताप खडका र रामहरि कार्की काभ्रे चलाल गणेशस्थान गाविसका हुन् । सामान्य कृषक परिवारका हरिशरण दस वर्षदेखि दुबईमा बस्दै आएका छन् । स्थानीयका अनुसार उनले गाउँका कैयौं युवालाई रोजगारीका निम्ति भन्दै दुबई पुर्‍याएका छन् । बढ्दो आर्थिक हैसियत र नेपाल फर्केका बेला गाउँमा उनले देखाउने रवाफ आश्चर्यलाग्दो रहेको एक स्थानीयले बताए । स्रोतका अनुसार हरिशरणकै सम्पर्कमा पुगेका रामप्रताप र रामहरिले दुबईबाट ल्याएको सुन बुझ्ने र पहिले नै सम्पर्कमा रहेको सुन पसललाई उपलब्ध गराउने गर्थे । लाजिम्पाट उत्तरढोकामा रहेको दरबार रोदी क्लबका सञ्चालकसमेत रहेका कार्कीले दुबईबाट आएको सुन रोदी क्लबमा पुर्‍याउँथे र त्यहींबाट सुन काठमाडौंका विभिन्न सुन पसलसम्म पुग्थ्यो । फरार अर्का मुख्य अभियुक्त रोशन भने दुबईमा होटल व्यवसायमा संलग्न छन् । कुनै समय उनले काठमाडौंको बालाजुमा जग्गाको कारोबारसमेत गर्थे ।

    ब्युरोले दुबईमा बसेर सुन तस्करीमा प्रत्यक्ष–परोक्ष संलग्न १० जनाको नाम पहिचान गरेको छ । प्रहरीले दुबईबाट सुन लिएर आएका गोपालबहादुर शाही, सुन बुझ्ने दिलबन्धु थापा, दुबईबाट सुन पठाउने सन्तोष काफ्ले, सुनका मुख्य वितरक र रकम संकलक रामहरि कार्की, विमानस्थलको भन्सारमा सेटिङ मिलाउने अधिकृत श्रीनारायण यादव, विमानस्थलको स्क्रिन पास गराउने कर्मचारी राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ, तस्करीको सुन पास गराउन सुरक्षाको प्रबन्ध मिलाउने एसएसपी श्यामबहादुर खत्री, अवैध सुन खरिद गर्ने वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भिर प्यालेस न्युरोडका सञ्चालकहरू राजेश शाक्य, मनोज श्रेष्ठ, सपन श्रेष्ठ र सुनिल श्रेष्ठलाई पक्राउ गरिसकेको छ ।

    दुबईमै रहेका कृष्णगोपाल अग्रवाल, काठमाडौंमा सुन रिसिभ गर्ने रुविन भनिने रामप्रताप पन्त, प्रकाश खरेल भनिने बुद्धिमान खरेल, सुन क्यारिअर नीरज भनिने भोलाबहादुर मगर, माधव सुवेदी, विष्णु सुवेदी, संकेत खतिवडा उपाध्याय, विमानस्थलका कर्मचारी गंगा भुर्तेल, प्रद्युम्नहरि श्रेष्ठ, तेजबहादुर श्रेष्ठ र अवैध सुन खरिद गर्ने आरके ज्वेलर्सका राजेन्द्रकुमार शाक्य, मल्लिका वज्राचार्य शाक्य, वैभव ज्वेलर्सका सेयरधनी रवि भनिने राजेश बोगटी, सन्नी श्रेष्ठ फरार छन् । फरार भोला मगर भने गोपालबहादुर शाहीसँगै दुबईबाट सुन लिएर आउने व्यक्ति हुन् । पुस २० मा दुबईको सारजहाँबाट काठमाडौं उत्रिएका गोपाल र भोला लगेज नलिईकन त्यस रात कोटेश्वरमा गएर आफन्तकहाँ बसेका थिए । भोलिपल्ट विमानस्थलबाट ट्याक्सीमा सुनसहितको लगेज लिएर आउँदा गोपाल र भोला सँगै थिए । तर ब्युरोका प्रहरीले सुनसहित गोपाललाई पक्राउ गरेकै बखत भोला फरार थिए ।
    साईराम ज्वेलर्सका सञ्चालक विभूति अमोल बालचन्द्र र सालिमार ज्वेलर्सकै रामकिसन गोयल, कुसुम गोयल र राहुल गोयलले पनि तस्करीको सुन खरिद गरेको अनुसन्धानले देखाएको छ । यी चारै भारतीयको ठेगाना खुलेका बखत पक्राउ गर्ने भनी काठमाडौं जिल्ला अदालतमा दायर मुद्दामा मागदाबी गरिएको छ । त्यस्तै दुबईमा रहेर सुन तस्करीमा संलग्न रहेका केशव चापागाईं, सञ्जय भनिने दुर्गाप्रसाद खरेल, गोपी भुसाल र चूडामणि उप्रेती र पूरा नाम नखुलेका ध्रुवलाई पनि ठेगाना खुलेका बखत पक्राउ गर्ने भनी माग दाबी गरिएको छ । तस्करीको सुन लिन विमानस्थल पुगेका बेला पक्राउ परेका दिलबन्धु थापाले प्रयोग गरेको टेरियस गाडीका मालिक जीतबहादुर तामाङलाई पनि ब्युरोले प्रतिवादी बनाएको छ ।

    सुन तस्करीमा संलग्नले लामो समयदेखि निर्वाध रूपमा सुन भित्र्याइरहेको अनुसन्धानले देखाएको छ । ब्युरोका अनुसार पक्राउ परेका सन्तोष काफ्ले पछिल्ला १७ महिनामा १९ पटक दुबई गएका थिए । यही अवधिमा विष्णु सुवेदी १ सय ८ पटक दुबई गएको देखिन्छ ।

    ‘गम्भीर अनुसन्धान नभएकैले बारम्बार’
    यसअघिका सुन तस्करी घटनामा गम्भीर अनुसन्धान नभएकैले बारम्बार दोहोरिएको ब्युरोको निष्कर्ष छ । विमानस्थल भन्सार कार्यालयले विगत ५ वर्षमा सुन तस्करीसम्बन्धी ३ सय १४ मुद्दा दर्ता भएको थियो । तीमध्ये गहन अनुसन्धानको अभावमा सबै प्रतिवादी धरौटीमा छुटेको ब्युरोले जनाएको छ । त्यस्तै पछिल्ला ५ वर्षमा राजस्व अनुसन्धान विभागमा दर्ता भएका ४५ वटा सुन तस्करीसम्बन्धी मुद्दामा पनि गहन अनुसन्धानको अभावमा सबै प्रतिवादी धरौटीमा छुटेको ब्युरोले जनाएको छ । २०७१ जेठ ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट दुई किलो अवैध सुन बरामदको घटनामा बिन्दु भनेर पनि चिनिने विजया राई र रामहरि कार्की पक्राउ परेका थिए । जेल परेका राई र कार्कीलाई जरिवानाबापतको रकम दिएर रोशन भुसाल भनिने गुप्तलाल भुसालले छुटाएको देखिन्छ । यिनै रोशन र कार्की सुन तस्करीको पछिल्लो घटनाका मुख्य अभियुक्त देखिन्छन् ।

    त्यस्तै यसअघि पनि सुन तस्करीको प्रकरणमा मुछिएको आरके ज्वेलर्स यो प्रकरणमा सामेल देखिन्छ । २०७१ मंसिर १४ गते प्रहरीले दरबारमार्गबाट सन्नी श्रेष्ठलाई दुई किलो अवैध सुनसहित पक्राउ गरेको थियो । ब्युरो प्रमुख डीआईजी सिलवालले भने, ‘अनुसन्धानको पहिलो चरण समाप्त भए पनि यो तस्करीको सञ्जालबारे अनुसन्धान जारी नै रहनेछ ।’ डीआईजी सिलवालले पुरानै तरिकाले अनुसन्धान गरेर मुद्दा चलाउँदा तस्कर छुट्ने भएकाले यसपटक भने संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दा चलाइएको बताए ।

    प्रहरीलाई प्रतिकिलो १ लाख 
    दुबईमा रहेको लगानीकर्ताको निर्देशनअनुसार सुन व्यापारीबाट संकलित रकम हुन्डीमार्फत नेपालमा रहेको व्यक्तिलाई भुक्तानी गर्ने गरिएको थियो । त्यस्तै अवैध सुन विमानस्थलको भन्सार पास गराउन सहयोग गर्नेलाई भन्सार सेटिङबापत दिनुपर्ने रकम मुख्य वितरकबाट रिसिभर हुँदै विमानस्थलमा सेटिङ मिलाउने भन्सारका कर्मचारीलाई एकमुस्ट दिने गरिएको थियो । विमानस्थल सेटिङका लागि प्रतिकिलो ५० हजारदेखि ८० हजारसम्म रकम दिने गरिएको अनुसन्धानले देखाएको छ । त्यस्तै भन्सार पास गराउन सहयोग गर्ने तल्ला कर्मचारीले एकपटक सुन पास गराएबापत दुईदेखि तीन लाख रुपैयाँसम्म लिने गरेको देखिन्छ । एकमुस्ट प्राप्त रकम भने सेटिङमा संलग्न कर्मचारीको दर्जाअनुसार वितरण गरिएको अनुसन्धानले देखाएको छ । त्यस्तै सामूहिक रूपमा प्राप्त रकममध्येबाट एकमुस्ट एक लाख रुपैयाँ भने प्रहरीले पाउने गरेको देखिन्छ ।

    विमानस्थलका कर्मचारीले तस्करसँग बारम्बार फेसबुक म्यासेन्जरमार्फत सूचना आदानप्रदान गर्ने गरेको पनि ब्युरोको अनुसन्धानले देखाएको छ । विमानस्थलका कर्मचारी राजकुमार ढकालले भने सुनसहितको लगेज विमानस्थलमा आएको सूचना दुबई र काठमाडौंमा रहेका तस्करको सञ्जाललाई उपलब्ध गराउने गरेको देखिन्छ । ढकालले सुनसहितको लगेजको फोटो खिचेरसमेत पठाएको अनुसन्धानले देखाएको छ । कतिसम्म भने सुन तस्करीमा संलग्न भन्सारका कर्मचारीले आफू बिदामा बस्नसमेत तस्करसँग अनुमति लिएको देखिन्छ । ‘सुन तस्करीको सेटिङमा आबद्ध कर्मचारीको आर्थिक हैसियत उच्च छ,’ डीआईजी सिलवालले भने, ‘तिनीहरूमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान थाल्नेछ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.