×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपालीको इन्टरनेट खर्च वार्षिक ६ सय

  •  
  • आइतबार, फागुन २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विष्णु पोखरेल, काठमाडौं

    अधिकांश ग्रामीण क्षेत्रमा सेवा पुगेको छैन- प्रतिव्यक्ति वार्षिक इन्टरनेट खर्चमा वृद्धि – गत वर्ष १५ अर्ब कम्पनीले कमाए

    फाल्गुन २२, २०७३- तपाईं इन्टरनेटका लागि वर्षमा कति खर्च गर्नुहुन्छ ? १ हजार, १० हजार वा १५ हजार ? सहरी क्षेत्रका केही उपभोक्ताले इन्टरनेटका लागि वर्षको पाँच/सात हजारदेखि १५/२० हजारसम्म खर्च गर्न थाले पनि नेपालीको औसत इन्टरनेट खर्चको अंक भने अझै हजारमा उक्लन सकेको छैन ।

    सहरी जनताले उच्च गतिको इन्टरनेट उपभोग गरिरहेका बेला अधिकांश ग्रामीण जनता अझै सेवाबाटै वञ्चित छन् । जनसंख्याको ठूलो हिस्सा सेवाबाट वञ्चित रहेको नेपालमा प्रतिव्यक्ति इन्टरनेट खर्च कति होला त ? नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदन तथ्यांकलाई विश्लेषण गर्ने हो भने, नेपालमा प्रतिव्यक्ति इन्टरनेट खर्च ५ सय ७१ रुपैयाँ पुगेको छ । यो प्रतिवेदनमा राखिएको टेलिफोन र इन्टरनेट सेवाप्रदायकको आम्दानीलाई जनसंख्याले भाग गरि निकालिएको हो ।

    प्रतिवेदनमा सबैखाले दूरसञ्चार सेवाप्रदायकले गत आर्थिक वर्षमा विभिन्न सेवाबाट गरेको आम्दानीको विवरण राखिएको छ । नेपाल टेलिकम, एनसेल, यूटीएललगायतका ठूला दूरसञ्चार कम्पनीले इन्टरनेटबाट एक वर्षमा कमाएको विवरण प्रतिवेदनमा छ । यसैगरी इन्टरनेट सेवा प्रदायक (आईएसपी) ले ग्रामीण दूरसञ्चार विकास कोषमा बुझाएको रकमको प्राधिकरणले सार्वजनिक गरेको छ । त्यसैका आधारमा ‘आईएसपी’ को वार्षिक आय निकालिएको हो । उनीहरूले वार्षिक आम्दानीको २ प्रतिशत रकम कोषमा बुझाउँदै आएका छन् ।

    प्राधिकरणको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा नेपाल टेलिकम, एनसेल, यूटीएल र विभिन्न ३७ वटा ‘आईएसपी’ ले इन्टरनेटबाट मात्र १५ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको देखिन्छ ।

    यो आम्दानीलाई २०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ ले भाग गर्दा हरेक नेपालीले इन्टरनेटका लागि वर्षको ५ सय ७१ रुपैयाँ खर्च गरेको देखिएको हो । प्राधिकरणको प्रतिवेदनमा केही आईएसपीको विवरण भने समावेश छैन ।

    अघिल्लो आर्थिक वर्ष (२०७१/७१) सँग तुलना गर्ने हो प्रतिव्यक्ति वार्षिक इन्टरनेट खर्च बढेको देखिन्छ ।

    अघिल्लो वर्षको कुल आम्दानीलाई गत आर्थिक वर्षको आम्दानीलाई जस्तै जनसंख्याले भाग गर्दा हरेक नेपालीले वार्षिक ३ सय ४९ रुपैयाँ खर्च गर्ने देखिन्छ । आर्थिक वर्ष २०७१/७१ मा नेपाल टेलिकम, एसनेल, यूटीएल र विभिन्न सेवा प्रदायकले कुल ९ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

    हरेक वर्ष इन्टरनेट सेवा 
    दिने कम्पनीहरूले आम्दानी बढाइरहेको तथ्यांकले देखाउँछ । अघिल्लो वर्षको तुलनामा गत वर्षको नेपाल टेलिकम, एनसेललगायतका ठूला कम्पनीसहित अन्य सेवाप्रदायकले पनि आम्दानी बढाएको देखिन्छ । आर्थिक वर्ष २०७१/७१ मा एनसेलले इन्टरनेट सेवाबाट ५ अर्ब २१ करोड आम्दानी गरेकोमा गत वर्ष बढाएर ८ अर्ब ४ करोड पुर्‍याएको छ ।

    आर्थिक वर्ष २०७१/७१ मा इन्टरनेट सेवाबाट नेपाल टेलिकमले २ अर्ब २३ करोड आम्दानी गरेको कम्पनीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । टेलिकमले एडीएसएल, वाइम्याक्स, जीएसएम र सीडीएम मोबाइललगायतबाट इन्टरनेट सेवा दिइरहेको छ । इन्टरनेटबाट हुने टेलिकमको आम्दानी बढेर गत वर्ष ४ अर्ब ८० करोड पुगेको छ ।

    यसैगरी अन्य कम्पनीहरूको आम्दानी पनि बढेको देखिन्छ । ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा गरेको रकमका आधारमा इन्टरनेट सेवाप्रदायकले आर्थिक वर्ष २०७१/७१ मा १ अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको देखिन्छ । गत वर्ष भने उनीहरूको आम्दानी बढेर २ अर्ब ३० करोड पुगेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.