×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

विमानस्थलबाट तस्करी भएकाे ३३ सुनका मालिक दुबईमा

  •  
  • बिहिबार, फागुन १९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जनकराज सापकोटा, काठमाडौं

    फाल्गुन १९, २०७३- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुस २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम सुनको मुख्य मालिक पहिचान गरेको छ ।

    उच्च स्रोतका अनुसार दुबईबाट सुन किनेर नेपाल पठाउने काममा संग्लन ८ जनाको पहिचान भइसकेको छ । जसमा दुबई बसेर व्यापार गरिरहेका ६ नेपाली र नेपालमै बसेर व्यवसाय गरिरहेका दुई भारतीय नागरिक छन् । जसमध्ये गुल्मी स्थायी ठेगाना भएका रोशन भुसाल र काभ्रे स्थायी ठेगाना भएका हरिशरण खडका रहेको स्रोतको दाबी छ । नेपालमा रहेका भारतीय व्यापारी भने तस्करीको सुन बुझ्ने र भारत पठाउने काममा सक्रिय थिए ।

    स्रोतका अनुसार सुन बरामद भएलगत्तै नेपालमै रहेका भुसाल दुबई उडेका थिए । भुसाल र खडकालगायत ४ नेपालीलाई कसरी नेपाल फर्काउने भन्नेबारे सीआईबीले अनुसन्धान थालिरहेको छ । १५ वर्षअघिसम्म काठमाडौंमा सामान्य टेम्पो चालक रहेका भुसाल कसरी रातारात करोडपति भए भन्नेमा सीआईबीकै अनुसन्धान अधिकारीहरू छक्क परेका छन् ।

    स्रोतका अनुसार दुबईमा बस्ने र बारम्बार नेपाल आउजाउ गरिरहने भुसाल रेस्टुरेन्ट, सुन पसल र हुन्डीको कारोबारमा संग्लन छन् । सुन तस्करीबाटै आर्जेको रकमले व्यवसाय विस्तार गरेका भुसालका नाममा सामाखुसी क्षेत्रमा मात्रै झन्डै आधा दर्जन घर छन् । सीआईबीका एक उच्च अनुसन्धान अधिकारीले भने, ‘भुसालको फैलिँदो अर्थ साम्राज्य देखेर हामी पनि चकित पर्‍यौं ।’

    ब्युरोले मंगलबार मात्रै वैभवी लक्ष्मी गोल्ड एन्ड सिल्भर सुनचाँदी पसलका ५ सञ्चालकमध्ये राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ, नारायण श्रेष्ठलाई पक्राउ गरेको छ । एक सञ्चालक भने फरार छन् । स्रोतका अनुसार दुबईबाट तस्करीमा आएको सुन दरबारमार्गमा रहेको दरबार रोधी घरबाट किनेर ल्याउने गरेको देखिन्छ । प्रहरीले यसअघि नै उक्त रोधी घरका सञ्चालकसमेत रहेका सुनका रिसिभर रामहरि कार्कीलाई काभ्रेको पनौतीबाट पक्राउ गरिसकेको थियो । स्रोत भन्छ, ‘वैभवीमा आउने अधिकांश सुन रोधीघरमार्फतै आउँथ्यो ।

    ब्युरोले तस्करीको संगठित अपराधमा संग्लन ३१ जनाको नामठेगानासहितको विस्तृत जानकारी तयार पारेको छ । ब्युरोले अहिलेसम्म पक्राउ परेका भन्सार अधिकृत, एसएसपी, सुनका भरिया, सुन पसलका सञ्चालकसहित १२ अभियुक्तलाई सरकारी वकिलको कार्यालयमा बुझाएपछि पत्रकार सम्मेलन गरी सबैको नाम सार्वजनिक गर्ने तयारीमा छ । नाम खुलेका अन्य १९ जना भने फरार छन् ।

    संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएकाले प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अधिकार पाएको थियो । आगामी सोमबार ६० दिने उक्त म्याद सकिँदै छ । ब्युरोले संगठित अपराध ऐन, अख्तियार दुरुपयोग, सम्पत्ति शुद्धीकरणलगायत मुद्दा चलाएर अभियुक्तहरूलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्ने अन्तिम तयारी गरिसकेको छ ।

    सरकारी प्रक्रियाअनुसार १ किलो सुन ल्याउँदा ४ लाख २० हजार रुपैयाँ राजस्व तिर्नुपर्छ । विमानस्थलबाहिर बरामद सुनको बजार मूल्य करिब १५ करोड रुपैयाँबराबरको थियो । ब्युरोका अनुसार यही तस्करीको सञ्जालले यसअघि पनि बारम्बार अवैध सुन ओसारिरहेको थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.