×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

साढे २६ अर्ब लगानी थपिँदै

  •  
  • बिहिबार, फागुन १९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सिमेन्ट, होटल र जलविद्युत्मा थपिने उक्त लगानीमध्ये २० अर्ब ५० करोड रुपैयाँ विदेशी लगानीकर्ताको रहने छ

    कृष्ण आचार्य, काठमाडौं

    फाल्गुन १९, २०७३- सरकारले विदेशी र स्वदेशी लगानीकर्तालाई साढे २९ अर्ब रुपैयाँ लगानी गर्ने अनुमति दिएको छ ।

    उद्योग मन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा बुधबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले फरक–फरक ६ होटल, सिमेन्ट उद्योग र जलविद्युत् कम्पनीहरूमा लगानीको अनुमति दिएको हो । मन्त्री जोशीका अनुसार हाल सञ्चालनमा रहेका उद्योगहरूको पुँजी वृद्धि गरिएको हो । निर्णयअनुसार अब २६ अर्ब ५३ करोड ५८ लाख ६६ हजार ५ सय ४३ रुपैयाँ लगानी थपिने छ । यसअघि नै ३ अर्ब रुपैयाँ लगानी गरिसकिएको एक सिमेन्ट उद्योगले युनिट मर्ज गर्ने अनुमति पाएको छ । यो आधारमा बोर्ड बैठकले साढे २९ अर्ब लगानीबारे निर्णय गरेको हो । हाल उक्त उद्योग तथा आयोजनामा स्वामित्व रहेको स्वदेशी तथा विदेशी लगानीकर्ताको सेयर हिस्साअनुसार थप गरिएको लगानीमध्ये २० अर्ब ५० करोड ७५ लाख ९५ हजार ४ सय ५४ रुपैयाँ विदेशीको हुनेछ । ‘उनीहरूले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रक्रियाअनुसार रकम भित्र्याउनुपर्ने छ,’ बैठकमा सहभागी एक अधिकारीले भने ।

    बोर्डले दिएको अनुमतिअनुसार लाङटाङ भोटेकोसी जलविद्युत् कम्पनीले १७ अर्ब ४८ करोड ९८ लाख ९४ हजार रुपैयाँ लगानी थप गर्ने भएको छ । रसुवाको थुमनलगायत ठाउँमा रहेको रसुवा भोटेकोसी जलविद्युत् आयोजनामा ९० प्रतिशत चिनियाँ लगानीकर्ता सिचुवान हुवानी इनर्जी इन्भेस्टमेन्ट कम्पनी र बाँकी १० प्रतिशत नेपाली नागरिक दीपक खड्काको लगानी रहेको छ । ९७ दशमलव ५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले लगानी थप गरेपछि १ सय २० मेगावाट जलविद्युत् उत्पादन गर्ने जनाइएको छ । ‘कुल पुँजी अब २० अर्ब ३८ करोड ९८ लाख ९४ हजार रुपैयाँ कायम हुने भएको छ,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘स्वदेशी र विदेशीको सेयर स्वामित्वअनुसारकै अनुपातमा लगानी थप्ने भएका हुन् ।’
    यसपछि सबैभन्दा ठूलो लगानी सर्वोत्तम सिमेन्ट प्रालिका नाममा बोर्डले अनुमति दिएको छ । यो उद्योगले ३ अर्ब ९७ करोड ५० लाख रुपैयाँ लगानी थप गर्ने अनुमति पाएको हो । ३८ प्रतिशत कृष्ण होल्डिङ लिमिटेड हङकङको र ६२ प्रतिशत नेपाली लगानीकर्ताहरूको सेयर स्वामित्व रहेको सिमेन्ट उद्योगमा पहिले ६ अर्ब रुपैयाँ लगानी थियो । बोर्डले पुँजी वृद्धि गर्न दिएको अनुमतिपश्चात् ९ अर्ब ९७ करोड ५० लाख रुपैयाँ पुग्ने भएको छ ।

    ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत् आयोजनालाई पनि बोर्डले पुँजी वृद्धिको अनुमति दिएको छ । ‘भूकम्प तथा भारतको नाकाबन्दीका कारण निर्माण कार्य समयमै सम्पन्न गर्न नसकी बजार मूल्य, ब्याज वृद्धि, सामान थप गर्नुपरेकाले पुँजी वृद्धि गर्नुपरेको कारण मस्र्याङ्दी ए जलविद्युत् आयोजनाले देखाएको छ,’ बैठकमा सहभागी ती अधिकारीले भने, ‘हाल ३ अर्ब ४० करोड ३ लाख ६७ हजार रुपैयाँ लगानी थप गर्ने भएको हो ।’ लगानी थप गरेपछि उक्त जलविद्युत् आयोजना प्रवद्र्धक कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनी प्रालिको कुल पुँजी ११ अर्ब ५५ करोड २ लाख ५६ हजार पुग्ने भएको छ । यो प्रालिमा ९० प्रतिशत चिनियाँ लगानी सिनोहाइड्रो रिसोर्सेज लिमिटेड र १० प्रतिशत नेपाली कम्पनी सगरमाथा पावर प्रालिको लगानी रहेको छ । पुँजी वृद्धि गरेपछि जलविद्युत् आयोजनाले क्षमता भने वृद्धि नगर्ने भएको छ । ‘नाकाबन्दी र भूकम्पका कारण लागत बढेको, ब्याज भुक्तानी गर्न सर्ट टर्म लोन लिनुपरेकाले मात्रै पुँजी वृद्धिको प्रस्ताव उसले ल्याएको हो,’ उनले भने ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारसमेतको लगानी रहेको अर्घाखाँची सिमेन्ट प्रालिको दुईवटा युनिट गाभ्ने निर्णयसमेत बोर्डले गरेको छ । रूपन्देहीको मैनहिया–१ मा दुई छुट्टाछुट्टै युनिट गाभ्ने अनुमति दिन उद्योगले प्रस्ताव पेस गरेको थियो । ‘एकीकृत गरेपश्चात् ३ अर्ब रुपैयाँ लगानी पुग्ने भएको छ,’ बोर्डमा सहभागी ती अधिकारीले भने, ‘यसलाई नयाँ लगानी भन्न मिल्दैन । मर्जर गरिएको हो ।’ अर्घाखाँची सिमेन्टमा १७ दशमलव ५० प्रतिशत विदेशी र ८२ दशमलव ५० प्रतिशत स्वदेशी लगानीकर्ताको स्वामित्व छ । ओपीसी, पीपीसी, पीएससी र क्लिंकर उत्पादन गर्ने यसको मूल उद्योग कपिलवस्तुमा छ । झन्डै ६ महिनाअघि नै प्रस्ताव पेस गरेको सोल्टी होटल प्रालिको पनि पुँजी वृद्धिको निर्णय बोर्डले गरेको छ । १ अर्ब ६३ करोड ८६ लाख ५ हजार ५ सय ४३ रुपैयाँ लगानी थप गरी २ अर्ब ९० करोड ५६ लाख ७ हजार ६ सय ९८ रुपैयाँ पुर्‍याउने भएको हो । यसअघि १ अर्ब २६ करोड ७० लाख २ हजार १ सय ५५ रुपैयाँ मात्रै थियो । सोल्टीमा होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडको १० प्रतिशत, इन्टरप्राइज प्रालिको ३९ दशमलव ५७, वायुसेवा निगमको १२ दशमलव २६ र सर्वसाधारणको ३८ दशमलव १७ प्रतिशत लगानी रहेको छ ।

    रामेछाप र ओखलढुंगाको तल्लो लिखु खोलाबाट २८ दशमलव १ मेगावाट विद्युत् उतपादन गर्ने श्वेतगंगा हाइड्रोपावर लिमिटेडले जगेडा रहेको ३ लाख २० करोड कित्ता सेयर विदेशीलाई बिक्री गर्ने भएको छ । ‘मौरिससको डोल्मा इम्प्याक्ट फन्डलाई एक सय रुपैयाँका दरले ३ करोड २० लाख रुपैयाँमा सेयर बिक्री गर्ने भएको हो,’ बैठकमा सहभागी ती अधिकारीले भने, ‘यसमा हालसम्म कुल पुँजी ४ अर्ब ९६ करोड ८० लाख ३ हजार रुपैयाँ छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.