×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

१ अर्बको विमान १६ करोडमा लिलाम हुँदै

  •  
  • शुक्रबार, फागुन १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुरज कुँवर, काठमाडौं

    फाल्गुन १२, २०७३- नेपाल एयरलाइन्सले २९ वर्षअघि १ अर्ब ३० करोड रुपैयाँमा खरिद गरेको अमेरिकी जेट विमान बोइङलाई कम्तीमा १६ करोड ६२ लाख रूपैयाँमा लिलाम गर्न सकिने एक विदेशी मूल्यांकन परामर्शदाताले सुझाएको छ ।

    निगमले नागरिक उड्डयन प्राधिकरणमा दर्ता गरेको नाइनएन–एसीए कल साइन भएको बोइङ ७५८–२०० सिरिजको विमानलाई लिलाम गर्न हालै छानिएको परामर्शदाता कम्पनी स्वीटजरल्याण्डको फिनटेक एभिएसन सर्भिसले निगमलाई यो मूल्य सुझाएको हो । निगम स्रोतका अनुसार, फिनटेकका विज्ञहरुले काठमाडौंमा आइ यो विमानको अहिलेको बजार मूल्य १६ करोड ६२ लाख रूपैयाँ निर्धारण गरेका हुन् ।

    ती विज्ञले मंसिर १२ देखि १४ गतेसम्म विमानको इन्जिन, ल्याण्डिङ्ग गियर (पाँग्रा), एभियोनिक्स, उपकरण, एक्जिलरी पावर युनिट लगायतको मूल्यांकन गरेका थिए । यी सबैको अध्ययन गरेर परामर्शदाता फिनटेकले निगमलाई मंसिरमै प्रतिवेदन बुझाइसकेको थियो ।

    लिलामबारे निगमले निणर्य गरेर सूचना सार्वजनिक भने गरिसकेको छैन । ‘परामर्शदाताले यसको अहिलेको मूल्य तोकेको छ, तर यस्लाई कतिमा बिक्री गर्ने त्यो सञ्चालक समितिले निणर्य गर्ने विषय हो,’ निगमका एक निर्देशकले भने ।

    उनका अनुसार, सञ्चालक समितिले यसको लिलाम मूल्य जति पनि तोकेर बिक्री गर्न सूचना जारी गर्ने अधिकार छ । तर, परामर्शदाताले तोकेको मूल्यमा १० प्रतिशत तल/माथि (प्लस/माइनस) गरी लिलाम गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । जस अनुसार, यदि १० प्रतिशत मूल्य बढाएर बिक्री गर्दा १८ करोड २८ लाख २७ हजार रुपैयाँ र घटाउँदा १४ करोड ९५ लाख रुपैयाँ तोक्न सकिने प्रतिवेदनमा उल्लेख छ । तर, जहाज लिलाम प्रक्रियामा राखिएपछि जसले मूल्यांकन दरभन्दा धेरै कबोल गर्छ उस्लाई दिनुपर्ने हुन्छ ।

    निगमले यो विमानको इन्जिन अझ केही सय घन्टा उडानको लागि योग्य रहेको जनाएको छ । ‘अब यो विमान यात्रु ओसार्न होइन कार्गो ढुवानीकालागि प्रयोग गर्न सकिन्छ,’ निगमका एक इन्जिनियरले कान्तिपुरलाई भने, ‘कुनैपनि एजेन्टले खरिद गरेर नेपालबाट आफ्नो मुलुकसम्म यो विमान उडाएर लैजान सक्ने छ । तर दुबै इन्जिनको पूर्ण मर्मत नगरी भने फेरि उडाउन सकिने छैन ।’

    निगमले २०४३ ताका खरिद गरेको यो पहिलो बोइङ ७५७ थियो । यस्को नेपाली नाम कर्णाली हो । यो खरिद गरिएको एक वर्षपछि ०४४ सालताका खरिद गरिएको यही मोडलको अर्को विमान कल साइन नाइनएन एसीबी (नेपाली नाम गण्डकी) भएको विमान भने अहिले उडानमै छ । १ सय ९० यात्रु क्षमताको यसलाई उडाने निगमसँग १७ जना पाइलट छन् । यो विमानलाई पनि केही वर्षभित्रै लिलाम गर्ने निगमको योजना छ । अहिले निगमले अन्तर्राष्ट्रिय रुटमा दुइवटा नयाँ एयरबस मार्फत उडान भरिरहेको छ । यसलाई उडाउने २१ जना पाइलटको छुट्टै टिम रहेको छ ।

    एजेन्सीहरुका अनुसार, बोइङ कम्पनीले यो सिरिजको विमान उत्पादन १३ वर्षअघि (२००४ अक्टोवर) देखि बन्द गरिसकेको छ । सन् १९८३ मा पहिलो उडान भर्ने यो सिरिजको विमान उत्पादन भएको चार वर्षपछि निगमले त्यसबेला यो मोडल खरिद गरेर नेपाललाई पूर्वमा जापान हुँदै कोरियासम्म र पश्चिममा युरोपसम्म जोडेको थियो । २२ वर्ष मात्रै उत्पादन गरिएको यो सिरिजका कुल विमान २००७ सम्म नेपाल लगायत विश्वभर १ हजार १९ वटा विभिन्न एयरलाइन्सहरुले उडाउँदै आएका थिए । सन २००२ मा यो विमानको बजार मूल्य कम्तीमा ६ अर्ब रुपैयाँ थियो ।

    जहाज पूरानो हुँदै गएपछि मर्मत लागत बढ्न थालेपछि निगमले परामर्शदातामार्फत यस्लाई मूल्यांकन गर्दै लिलाम गर्ने निर्णय गरेको हो । यस्को मूल्यांकन गर्ने फिनटेकले तोकेको मूल्यलाई निगमले पर्यटन सचिव शंकरप्रसाद अधिकारी अध्यक्ष रहेको सञ्चालक समितिको बैठकबाट पारित गराउनु पर्छ । अहिले बोर्डका दुई सदस्य रिक्त रहेकाले लिलाम मूल्य सदर भइसकेको छैन ।

    यो विमान २९ वर्षअघि तत्कालीन शाही नेपाल वायु सेवा निगमकालागि पूर्व राजा ज्ञानेन्द्र शाहसमेत संलग्नतामा खरिद गरिएको थियो । निगमको कर्पोरेट विभागका अनुसार, त्यसबेला १ डलरको सटही दर २३ रुपैयाँ थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.