×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बुढीगण्डकी प्रभावितको पीडाः रुवाएर बिजुली निकाल्दैनौं भन्नेले नै धरधरी रुवाए

  •  
  • बिहिबार, माघ २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आयोजना बन्नु अघि पुनर्वासको टुङ्गो लगाउन स्थानीयको आग्रह

    बिकास मरहट्टा

    २० माघ, गोरखा । पूर्खाले बसाएको गाउँ ९२ वर्षको उमेरमा छाड्नुपर्ने भन्ने चिन्ताले दर्वुङ-६ धर्मप्रसाद खनाललाई रातमा निन्द्रा पर्दैन । सिंगो जीवन र पुस्ता बितेको ठाउँ पैसासँग साट्नुपर्दा उनलाई दुःख त छ तर, विकासका लागि थातथलो छाड्न उनी तयार छन् ।

    गोरखा र धादिङको सिमानामा बन्न लागेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित खनाललाई विकासको नाममा सुकुम्वासी हुने हो कि भन्ने चिन्ताले सताइरहन्छ । प्रभावितलाई सरकारले तोकेको मुआब्जा चित्तबुझ्दो नभएको उनको गुनासो छ । ‘हामीलाई दिने भनेको मुआब्जा चित्तबुझ्दो छैन,’ खनालले भने, ‘त्यति रकमले कहाँ जाने, के गर्ने बढो कौतहल बनाएको छ ।’

    आयोजना बन्नु अघि नै पुनर्वास गराइदिए ढुक्क हुने उनको भनाइ छ । विकासका लागि पुस्तौंदेखि बस्दै आएको थातथलो छाड्न तयार भएपनि जाने ठाउँको टुंगो नलाग्दा अन्यौलमा परेको उनले बताए ।

    उनीमात्र होइन आयोजना डुबान क्षेत्रमा पर्ने आधिकांश दर्वुङवासीहरु सरकारले तोेकेको मुआब्जा प्रति असन्तुष्ट छन् । आयोजना बन्ने कुराले आफूहरु खुसी भएपनि तोकिएको मुआब्जा रकमले भने दुखी बनाएको उनीहरुको गुनासो छ । ‘त्यति थोरै रकम लिएर कहाँ जाने ? न पूर्व न पश्चिम,’ दर्वुङ-६ का झण्डप्रसाद अर्यालले भने, ‘एक कठ्ठा जग्गालाई ५०/६० हजार भन्छन्, कहाँ जाने के गर्ने ?’

    सरकारले हचुवाको भरमा मुआब्जा तोकेर आफूहरुलाई अन्यौल बनाएको उनको आरोप छ । ‘थातथलो छाड्नुपर्ने पीडा एकातिर छ अर्कातिर मुआब्जा रकमले अन्त बसोबास गर्न सक्ने अवस्था छैन, गिटी कुटेर खानुपर्ने अवस्था पो आउला जस्तो भयो,’ अर्यालले भने ।

    नेपालमा बनेका अन्य आयोजनाको तुलनामा बुढीगण्डकी आयोजनामा दिने मुआब्जा रकम धेरै कम भएको भन्दै आफूहरुलाई सरकारले पक्षपात गरेको गुनासो प्रभावितहरुको छ ।

    सबै जग्गा डुवानमा पर्ने स्थानियलाई बस्ती बसाल्ने रिङरोडमा जग्गा व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । त्यस्तै अहिले तोेकेको मुआब्जा रकम बृद्धि हुनुपर्ने उनीहरुको भनाइ छ ।

    भएको पाँच रोपनी ३ आना जग्गा आयोजनाले डुब्ने भएपछि पुनर्वास कहाँ गर्ने भन्ने चिन्तामा दर्वुङ-७ का डम्बर बहादुर बिक पनि छन् । तोकिएको मुआब्जाले पुनर्वास नहुने भन्दै सरकारले पुनर्वासको व्यवस्थ्ाा गरिदिए ढुक्क हुने उनले बताए । विकासको नाममा सरकारले स्थानियलाई रुवाउन नहुने दर्वुङका यमदत्त दुवाडीको भनाइ छ ।

    ‘हामी विकास बिरोधी होइनौं तर, सरकारले जनतालाई खुसी बनाएर विकास गर्नुपर्छ, पहिला गृहमन्त्रालयले स्थानियलाई रुवाएर आयोजना बन्दैन भन्यो तर अहिले हचुवाको भरमा मुआब्जा तोकेर हामीलाई पीडा दिएको छ,’ दुवाडीले भने । ०५९-६० सालको बाढीदेखि बुढीगण्डकी आयोजनासम्म आफूहरु पीडित भएको उनीहरुको गुनासो छ ।

    सिउरेनीटारमा बुढीगण्डकी आयोजनाको कार्यालय निर्माणका लागि अधिग्रहण गरेको जग्गाको मुआब्जा प्रतिरोपनी सात लाख ९५ हजार दिएपनि आफूहरुलाई भने निकै कम मुआब्जा निर्धारण गरेको भन्दै दर्वुङवासीले असन्तुष्टि जनाएका छन् ।

    त्यस्तै बल्ल-बल्ल अुनदान रकमको पहिलो किस्ता पाएका दर्वुङका भूकम्प पीडितहरु दोस्रो र तेस्रो किस्ता पाउने नपाउनेमा अन्यौल रहेको बताएका छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.