कैलासबावु श्रेष्ठ/गोरखा
माघ १२ गते । गोरखा जिल्लाको मनास्लु क्षेत्रमा अहिले सम्म ३७ हजार भन्दा बढी बिदेशी पर्यटक पुगेको छ । उत्तरी गोरखाको ७ गाउँ बिकास समितिलाई समेटेर मनास्लु क्षेत्र घोषणा गरीएको छ ।

मनास्लु क्षेत्र संरक्षण आयोजनाले सार्वजनिक गरेको सूचना अनुसार सन १९९५ देखी २०१६ सम्ममा उत्तरी गोरखाको मनास्लु पदमार्ग मा ३७ हजार ३ सय १२ जना बिदेशी पर्यटक पुगेको हो । प्राकृतक छटा, हिमाल र दुर्लभ बन्य जन्तुको लागि ख्याती कमाएको उत्तरी गोरखाको मनास्लु पदमार्ग केही बर्ष अगाडी सम्म पनि बिदेशीको लागि प्रतिबन्धीत क्षेत्र मानिदै आएको थियो ।

विश्व चर्चित मनास्लु हिमाल र अहिंसा क्षेत्र रहेको उत्त क्षेत्रमा बिदेशी पर्यटक जान लालायीत हुन थाले पछि नेपाल सरकारले प्रतिबन्धलाई केही खुकुलो बनाएको हो । सरकारी निती परिबर्तन संगै केही बर्ष यता देखी बिदेशी पर्यटकको रोजाइमा अहिले मनास्लु पदमार्ग पर्दै आएको छ ।

जोखिम संगै आनन्ददायी यात्रा मानिने यो क्षेत्रमा सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँ गाउँ बिकास समिति पर्दछ । सिर्दीबासमा रहेको कन्टीलिभर पुल, चुम्चेत र छेकमपार अहिंसा क्षेत्र, प्रोकको काल ताल र सामागाउँमा रहेको बिरेन्द्र ताल तथा मनास्लु हिमालकै कारण पर्यटकहरु उत्त क्षेत्रमा जान लालायित हुने गरेको हो । सामागाउँमा पर्ने लार्के पास गरी मनाङ्ग हुदै लमजुङ्ग निस्कन मिल्ने कारण पनि हिड्न रुचाउने पर्यटकहरुको लागि यो गन्तब्य रोजाई परेको हो । विश्वमा नै चर्चामा रहेको प्रोकको श्रृङ्गी हिमाल र गुम्बा समेत यसै क्षेत्रमा पर्दछ ।

आयोजनाले सार्वजनिक गरेको सूचना अनुसार सन १९९५ देखी सन २०६६ सम्म उत्त क्षेत्रमा जाने पर्यटकहरु १ हजारको हाराहारी रहेको थियो । सन २००७ मा १ हजार माथिले उत्त क्षेत्रको अबलोकन गरेको र त्यस पछिका बर्षहरुमा उत्त क्षेत्रमा जाने पर्यटकको संख्यामा उल्लेखीय रुपमा बृद्वी भएको पाइन्छ । सन २०१४ सम्म आउदाँ उत्त क्षेत्रमा जाने पर्यटकहरुको सख्ंया ६ हजारको हाराहारीमा भएको भएता पनि बिनाशकारी भूकम्पले असर गरे पछि सन २०१५ मा भने २ हजार ४ सय १९ जना विदेशी पर्यटकले मात्र उत्त क्षेत्रको अबलोकन गरेको थियो । तर पछिल्लो समय भने दोब्बर बृद्वि भएको आयोजनाको कार्यालयले जानकारी गराएको छ ।

२०१६ मा डबल
बिनाशकारी भूकम्पले क्षेती पुरयाएको उत्तरी क्षेत्रको पदमार्ग सुधार संगै मनास्लु क्षेत्रमा जाने बिदेशी पर्यटकको सख्ंयामा उल्लेखनीय रुपमा बृद्वि भएको छ । सन २०१५ मा २ हजार ४ सय १९ जनाले मात्र यात्रा गरेको उत्त पदमार्गमा सन २०१६ मा भने डबलले बृद्वि भै ४ हजार ८ सय ७२ जनाले यात्रा गरेको छ । आयोजनाको कार्यालयले दिएको जानकारी अनुसार अक्टोबर महिनामा मात्रै १ हजार ८ सय ४१ जना बिदेशीले उत्त क्षेत्रको भ्रमण गरेको थियो । अक्टोबर महिना पर्यटकका लागि र माथिल्लो क्षेत्रमा घुम्नका लागि राम्रो महिना मानिने गर्दछ ।












