×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पाथीभरा र मुक्तिनाथसहित १२ स्थानमा केबलकार बनाउने प्रस्ताव

  •  
  • मङ्गलबार, माघ ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पाथीभरा केबलकारका लागि मात्रै ५ कम्पनीको आवेदन

    सुदिल पोखरेल
    ११ माघ, काठमाडौं । मनकामनामा केबलकार गुड्न थालेको दुई दशकपछि काठमाडौंको चद्रागिरिमा पनि केबलकार सुरु भयो । तर, अबको केही वर्षमा चर्चित मन्दिरदेखि पर्यटकीय गन्तव्यहरुमा समेत केबलकार हुने देखिएको छ ।

    पाथीभरा, स्वर्गद्वारी, मक्तिनाथ मन्दिरदेखि सारङकोट डाँडामा समेत केबलकार लैजाने प्रस्ताव आएको छ । र, केहीमा प्रारम्भिक वातावरणीय मूल्यांकनका लागि अनुमाति समेत दिइएको छ ।

    केबलकार निर्माणका लागि अहिले होडबाजी चलेको छ । विभिन्न कम्पनीले थप १२ स्थानमा केबलकार निर्माण तथा सञ्चालनका लागि सरकारसँग अनुमति मागेका छन् ।

    यतिसम्म कि एकै स्थानमा केबलकार निर्माणका लागि पाँच कम्पनीले आवेदन दिएका छन् । ताप्लेजुङको पाथिभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणका लागि ५ वटा कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा निवेदन दिएका छन् ।

    कहाँ-कहाँ बन्दैछ केबलकार ?

    मनकामना केबलकार प्रालिले ०५५ सालदेखि मनकामना मन्दिर दर्शनका लागि कुरिनटारदेखि मनकामनासम्म पुग्ने केबलकार सञ्चालन गर्दै आएको छ । काठमाडौं फनपार्क प्रालिले यसै वर्षदेखि थानकोटदेखि चन्द्रागिरिसम्म केबलकार निर्माण गरेको छ ।

    तर, अब ११ स्थानमा केबलकार निर्माण भने पाइपलाइनमा छ । पाथीभर, कालिन्चोक मन्दिरका साथै सेतीबगर-सारङकोट, गोदावरी फुल्चोकी र सहसपथ दोभावमा पनि केबलकार निर्माणका लागि प्रारम्भिक वातावरणीय मूल्यांकनको अनुमति दिइएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार पाथीभरमा पाँच कम्पनीले केबलकार निर्माणका लागि आवेदन दिएका छन् । त्रिवेणी केबलकार, हिमाल दर्शन, पाथीभरा देवी दर्शन, इलाम पाथीभरा दर्शन प्राली र दिब्य दर्शनले पाथीभरामा केबलकार निर्माणका लागि प्रस्ताव पेश गरेका छन् ।

    मन्त्रालयले त्रिवेणी केबलकार प्रालिलाई प्रारम्भिक वातावरणीय मूल्यांकन गर्न अनुमति दिएको अधिकारीले बताए । अन्य कम्पनीको निवदेन भने थाती राखिएको छ ।

    यस्तै सेतीबगरदेखि सराङकोट डाँडासम्म केवलकार निर्माणका लागि आवेदन दिएको अन्नपूर्ण केबलकार प्रालिलाई प्रारम्भिक वातावरणीय मूल्यांकन अनुमति दिइएको छ ।

    त्यस्तै गोदावरीदेखि फुल्चोकीसम्म केबलकार निर्माणका लागि सिद्धेश्वर पर्यटन सहकारी र बुटवलको साहसपथ दोभानमा सिद्धार्थ केबलकार प्रालिले प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनको अनुमति पाएका छन् । कालिन्चोक मन्दिरमा केबलकार बनाउन चाहेको कालिन्चोक दर्शन लिमिटेडले पनि वातावरणीय प्रभाव मूल्यांकन अनुमति पाएको छ ।

    एकै कम्पनीले ३ स्थानमा केबलकार बनाउने !

    दिव्य दर्शन कम्पनीले देशका ३ स्थानमा केवलकार निर्माणका लागि अनुमति मागेको छ । मन्त्रालयका अनुसार  यो कम्पनीे मुक्तिनाथ मन्दिर, प्युठानको स्वर्गद्वारी र पाथीभरा मन्दिरका क्षेत्रमा केबलकार निर्माणका लागि अनुमति मागेको छ ।

    तर, मन्त्रालयले पाथीभराका लागि दिब्य दर्शनको साटो त्रिवेणी केबलकारलाई प्रारम्भीक वातावरणीय प्रभाव मूल्यांकन अनुमति पाएको छ । मुक्तिनाथ र स्वर्गद्वारी प्रक्रियामै छन् ।

    मन्त्रालय भने कार्यविधि बनाउँदै

    अहिलेसम्म केबलकार सम्बद्ध कुनै कानुन छैन । केबलकार निर्माणका लागि निवदेन दिने तथा यो क्षेत्रकोे व्यवसायमा व्यापारीको आकर्षण बढ्न लागेपछि अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यविधि निर्माण कार्य अघि बढाएको छ ।

    मन्त्रालयका प्रवक्ता अधिकारीले भने, ‘पछिल्लो समय निर्माणको अनुमति माग्दै आउने निवेदन बढे । त्यसैले अब यो क्षेत्रलाई व्यवस्थित गर्न कार्यविधि बनाउन लागेका हौं ।’

    यसरी अघि बढ्छ केबलकार निर्माण प्रक्रिया

    कुनै पनि कम्पनीले केबलकार निर्माणका लागि अनुमति मागेपछि मन्त्रालयलाई उचित लागेमा अध्ययनको स्वीकृति दिन्छ । यसपछि कम्पनीहरुले प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनको अनुमति पाउँछन् । यो रिपोर्ट स्वीकृति भएपश्चात मात्रै डिटेल डिजाइनको अनुमति दिइन्छ । जसलाई मन्त्रालयले स्वीकृति दिनुपर्छ । डिजाइन स्वीकृति भएपछि मात्रै निर्माणको स्वीकृति मिल्छ ।

    निर्माणको स्वीकृति पाएपछि भने निर्माण सुरु गर्न पाइन्छ । तर, वनबाट स्वीकृति लिन पर्दछ । केबलकार निर्माण गर्दा ठूलो मात्रामा वनको क्षति पनि हुने गरेको देखिएको छ ।

    प्रतिस्पर्धामा एकै ठाउँमा एक भन्दा बढी निर्माण कम्पनीले पनि केबलकार निर्माण गर्न चाहे निर्माणको अनुमति दिने सोचमा छ अहिले भौतिक पूर्वाधार मन्त्रालय ।

    प्रवक्ता अधिकारी भन्छन्, ‘पाथिभरामा त्रिवेणी केबलकार प्रालिलाई प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनको अनुमति दिइएको छ, अन्यले पनि निवेदन दिएका छन् अर्को पनि बनाउँछु अर्कोतर्फबाट भने हामीले रोक्न मिल्दैन ।’

    cable-car

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.