×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भारत र चीनमा शाखा विस्तार गदै राष्ट्रिय वाणिज्य बैंक

  •  
  • शुक्रबार, माघ ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राष्ट्रिय वाणिज्य बैंकले छिमेकी मुलुक भारत र चीनमा आफ्नो शाखा स्थापना र विस्तार गर्ने भएको छ ।

    यसका लागि बैंक सञ्चालक समितिले भारतमा शाखा स्थापना र विस्तार खोल्न स्वीकृति दिएको छ भने चीनमा सम्भाव्यता अध्ययन कार्य सुरु गरेको छ । विसं २०२२ माघ १० गते स्थापना भएको सो बैंकका हाल ६८ जिल्लामा १७१ शाखा, ती शाखामा ९० एटिएम सेवा, १७ स्थानमा एक्सटेन्सन काउन्टर तथा ७५ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।

    बैंकको ५२औँ वार्षिकोत्सव अवसरमा बैंकद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले पुस मसान्तसम्म बैंकको कुल निक्षेप रु एक खर्ब ३८ अर्ब र कुल कर्जा रु ९३ अर्ब ४८ करोड पुगेको जानकारी दिनुभयो ।

    यस अवधिका बैंकको खुद नाफा रु एक अर्ब ३० करोड पुगेको छ । गत वर्षको यही अवधिमा रु एक अर्ब नौ करोड रहेको थियो । विसं २०६० असार महिनासम्म बैंकको पुँजी रु एक अर्ब १७ करोड २३ लाख मात्र रहेको र सञ्चित नोक्सानी रु २३ अर्ब ५६ करोड पुगेको थियो । बंैक सुधार कार्यक्रम प्रभावकारी बन्दै जाँदा बैंकले कमाएको मुनाफाबाट सञ्चित नोक्सानी घट्दै जाँदा विसं २०७३ असोज मसान्तसम्म सो मुनाफा रु एक अर्ब २३ करोडभन्दा बढी रहेको बैंकले जनाएको छ ।

    बाह्र वर्षमा मुनाफा

    पत्रकार सम्मेलनमा बैंकका कार्यकारी निर्देशक श्रेष्ठले विसं २०६० मा वार्षिक नोक्सानी रु पाँच अर्ब रहेकोमा आव २०७२÷७३ मा बैंक रु दुई अर्ब ३५ करोड खुद नाफा गर्न सफल रहेको जानकारी दिनुभयो । बैंकसित हाल भाखा नाघेको कर्जा तीन प्रतिशतको हाराहारीमा छ ।

    हाल बैंकले वाणिज्य, व्यापार, होटल, कृषि क्षेत्रमा आफ्नो पुँजी परिचालन गरेको छ । सेवाग्राहीको जीवनस्तर उकास्न उच्च शिक्षाका लागि कर्जा, घर निर्माण र गाडी खरिदमा लगानी समेत गरेको छ । व्यावसायिक कृषि प्रवद्र्धन गर्न र कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरी रु सात अर्ब ७४ करोड कर्जा प्रवाह गरेको छ । चालु आवमा सिन्धुलीमा जुनारखेती र रुपन्देहीमा माछापालन कृषकलाई लक्षित गरी रु १५ करोड लगानी कार्य सुरु गरेको छ ।

    प्रहरीसँग तलबी बचत खाता सम्झौता

    बैंकले नेपाल प्रहरीसँग तलबी बचत खाता खोल्न सम्झौता गरेको छ । यसबाट चालु आवमा करिब ७० हजार प्रहरीका बचत खाता खोली बैंकमार्फत तलब भुक्तानी व्यवस्था मिलाइएका, नागरिक कोषसित सम्झौता गरी बचतकर्ताको रकम एबिबिएस सेवामार्फत सोझै केन्द्रीय खातामा जम्मा हुने व्यवस्था मिलाइएको ।

    यस्तै बैंकले त्रिभुवन विश्व विद्यालयसँग सम्झौता गरी अवकाश प्राप्त प्राध्यापक र कर्मचारीको निवृत्तिभरण रकम भुक्तानी गर्ने कार्य सुरु गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । बैंकले समृद्ध नेपालको लागि दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न सबै जिल्लामा शाखा विस्तार गर्ने, एकव्यक्ति एक खाता अभियानअन्तर्गत करिब दुई लाख नयाँ खाता खोल्न, वित्तीय साक्षरताअन्तर्गत ५० हजार नागरिकलाई वित्तीय साक्षरता कार्यक्रममा सरिक गराउने लक्ष्य लिएको छ । श्रेष्ठले बैंकसित तरलताको अभाव नरहेको बताउनुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.