×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सफ्टवेयर प्रणालीबाट इन्धनमा ठगी

  •  
  • बुधबार, माघ ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राजु चौधरी, काठमाडौं

    माघ ५, २०७३- पम्प सञ्चालकले सफ्टवेयर प्रणालीबाट इन्धनमा उपभोक्ता ठग्दै आएको फेला परेको छ । गुणस्तर तथा नापतौल विभागले भैरहवा र विराटनगर क्षेत्रमा अनुगमन गर्दा यस्तो भेट्टाएको हो ।

    विभागका महानिर्देशक विश्ववाबु पुडासैनीका अनुसार १० लिटर इन्धनमा ४ सय २० एमएल कम बिक्री गरेको फेला परेको छ । ‘भैरहवास्थित विशाल आयलमा निरीक्षण गर्दा सफ्टवेयर प्रणालीबाट नियन्त्रण गर्दै आएको फेला पर्‍यो ।

    बत्ती बलेकै अवस्थामा इन्धनको नाप लिँदा १० लिटरमा ४ सय २० एमएल कम भेटियो । तर, बत्ती बन्द गरी परीक्षण गर्दा सही नाप आयो,’ उनले भने, ‘यसबाट पम्प सञ्चालकले कम्प्युटर सफ्टवेयर प्रणालीबाट उपभोक्ता ठगी गरेको पुष्टि हुन्छ ।’ विभागका अनुसार विशालले पेट्रोल र डिजेल दुबै बिक्री गर्छ ।

    यस्तै, विराटनगरमा रहेको झोराट आयलले पनि सर्वसाधारणलाई कम परिमाण दिँदै आएको फेला परेको छ । अनुगमनका क्रममा झोराटलेले ४ प्रतिशत कम इन्धन वितरण गरेको महानिर्देशक पुडासैनीले बताए । ‘स्टान्डर्ड नाप र तौल ऐन २०२५ अनुसार पम्प सञ्चालकले बिक्री गरेको इन्धनमा ०.२५ प्रतिशतसम्म घटीबढी मान्यता हुन्छ । अनुगमनका क्रममा ४ प्रतिशतसम्म कम बिक्री गरेको फेला परेको छ,’ महानिर्देशक पुडासैनीले भने, ‘यो ठगी हो । ठगी गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ ।’

    व्यवसायीका अनुसार त्यस्तो प्रणालीलाई चिप्स भनिन्छ । ‘बत्ती नबाल्दा सही परिमाण र बत्ती बाल्दा कम परिमाण हुनु भनेकै चिप्स प्रणाली हो,’ पेट्रोलियम डिलर्स एसोसिएसनका एक अधिकारीले भने । एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले विभागको अनुगमन र सफ्टवेयर प्रणालीबाट ठगीबारे आफूलाई जानकारी नभएको बताए ।

    उपभोक्ता ठगी गर्ने पम्प सञ्चालकलाई कानुनी प्रक्रिया अघि बढाइएको छ । ती पम्पको कारोबार रोक्का गरी अनुसन्धान सुरु गरिएको छ । आयल निगमलाई पनि कारबाही टुंगोमा नलागुन्जेल इन्धन उपलब्ध नगराउन पत्रचार गरिएको पुडासैनीले बताए । ‘अनुसन्धान पूरा नहुन्जेल एक महिनाका लागि बन्द गरेका छौं । निगमलाई पनि इन्धन उपलब्ध नगराउन पत्र पठाएका छांै,’ उनले भने । यस्तै, ठगीको आरोपमा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पत्राचार गरेको जनाइएको छ ।

    विभागले उपत्यकाबाहिर सञ्चालित करिब २५ प्रतिशत पम्पमा चिप्स रहेको अनुमान गरेको छ । काभ्रेको बनेपा क्षेत्रमा सञ्चालित ३ पम्प पनि शंकाको घेरामा रहेका महानिर्देशक पुडासैनीले सुनाए । हाल मुलुकभरि करिब १२ सय पेट्रोल/डिजेल पम्प सञ्चालनमा छन् । तीमध्ये बागमतीमा १ सय ७२ र उपत्यकामा १ सय १७ पेट्रोल/डिजेल पम्प छन् । हाल सेना, प्रहरी, सशस्त्र, साझा र नेसनल ट्ेरडिङ गरी सरकारी स्वामित्वमा ८ पम्प सञ्चालनमा छन् । उपत्यकाबाहिर चितवन, पतलहिया, पोखरा र दाङमा पनि सरकारले सञ्चालन गर्दै आएको छ । ती अधिकांश पम्प मापदण्ड पूरा नगरी सञ्चालन हुँदै आएका छन् ।

    ऐनअनुसार नाप वा तौलको निश्चित गरेको परिमाणभन्दा घटी वा बढी गरी लिए/लिन लगाए वा दिए/दिलाएमा निरीक्षकले बढीमा १ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ । जानकारहरूका अनुसार ठगी गर्नेलाई कडा कारबाही हुन नसक्दा ठगीका घटना दोहोरिँदै आएको हो । ‘कमजोर कारबाहीको फाइदा उठाउँदै व्यवसायीले नयाँ प्रविधिको माध्यमबाट ठगी गर्दै आएका छन् ।

    विगतको कमजोरीमा 
    कारबाही नहुँदा यस्ता घटनाहरू दोहोरिँदै आएका छन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘ठगी गर्ने व्यक्ति फर्मलाई कडाभन्दा कडा कारबाही आवश्यक छ । सदाका लागि व्यवसाय बन्द गर्न आवश्यक छ ।’

    यसअघि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा हनुमानढोकाले १९ पम्प बन्द गरेको थियो । पम्प सञ्चालकले चिप्स जोडेर उपभोक्ता ठगी गरेको भन्दै महाशाखाले काभ्रे, धुलिखेल, पाटन, भक्तपुर र काठमाडांैका केही पम्प बन्द गरी कारबाही प्रक्रिया अघि बढाएको थियो ।

    पक्राउ परेका पम्प सञ्चालकहरूलाई म्याद थप गरी हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो । पेट्रोलियम डिलर्स एसोसिएसन स्रोतका अनुसार तीमध्ये ४ व्यवसायी फरारको सूचीमा छन् । केहीको फैसला भएको छ । कोहीलाई धरौटी र तारिखमा छोडिएको एसोसिएनले जनाएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.