×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

३३ किलो सुन काण्ड : विमानस्थलका एसएसपी मुख्यालय तानिए

  •  
  • मङ्गलबार, माघ ०४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    काठमाडौं : प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिरिनुलाई गम्भीर ‘सुरक्षा कमजोरी’ (सेक्युरिटिज ल्यापसेज) भएको भन्दै विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई प्रहरी मुख्यालयमा फिर्ता बोलाएको छ ।

    प्रहरी प्रधान कार्यालयले आइतबार नै फिर्ता बोलाउने निर्णय गरेपछि खत्री सोमबारबाट विमानस्थल गएनन् । खत्रीलाई त्यस दिनको सुरक्षा कमजोरी र घटनामा उनको संलग्नता भए-नभएकोबारे छानबिन गर्न फिर्ता बोलाइएको स्रोतले बताएको छ ।

    विमानस्थल भन्सार कार्यालयले पनि यसअघि नै घटनामा संलग्न भएको आशंकामा दुई दर्जन कर्मचारीलाई काम गर्नबाट रोकिसकेको छ । विमानस्थल सुरक्षा प्रमुखमा अहिले डीआईजी गोविन्द निरौला छन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुस २१ गते विमानस्थलको सुरक्षा र भन्सार कटाएपछि पिंगलास्थान र गोठाटारबाट ३३ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको थियो । भरपर्दो सूचनाका आधारमा ब्युरोका एसपी मीरा चौधरी नेतृत्वको टोलीले ३३ किलो सुनसहित तस्करीमा संलग्न तीनजनालाई पक्राउ गरेको थियो ।

    विमानस्थलमा सुन भित्रिएको दिन गम्भीर सुरक्षा लापरबाही गरेको र सुन तस्करीमा संलग्न व्यक्तिहरूसँग सम्पर्क रहेको आशंकामा छानबिनका लागि खत्रीलाई मुख्यालयमा झिकाइएको महानिरीक्षक सचिवालय स्रोतले जनाएको छ ।

    ब्युरोले आफ्नो प्रतिष्ठाको विषय बनाई उक्त सुन तस्करी प्रकरणलाई गम्भीर ढंगले अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरीका सहप्रवक्ता ठाकुरप्रसाद ज्ञवालीले खत्रीलाई मुख्यालय झिकाइएको पुष्टि गरे ।

    ब्युरोले आफ्नो प्रतिष्ठाको विषय बनाई सुन तस्करी प्रकरणलाई गम्भीर ढंगले अनुसन्धान गरिरहेको छ ।

    ‘प्रशासनिक कामका लागि प्रहरी मुख्यालयले उहाँलाई फिर्ता बोलाएको हो’, उनले भने । विमानस्थल प्रहरी र भन्सार कार्यालयको सुरक्षा जाँचबीच ठूलो परिमाणमा विमानस्थलबाट सुन बाहिरिनुले विमानस्थल प्रहरी र भन्सार कार्यालयका कर्मचारीमाथि ठूलो नैतिक प्रश्न उब्जाएको छ ।

    ब्युरोले ३३ किलो सुनसहित नेपालगन्जका गोपालबहादुर शाही, मोरङ पथरी ८ का दिनबन्धु थापा र दुबईमै काम गर्दै आएका जनकपुर १२ का सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो । पक्राउ परेकाको बयानका आधारमा प्रहरीले अर्का एकजनालाई पनि पक्राउ गरेको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.