×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

एनसेलबाट कर असुलेपछि मात्र फोरजी सेवा दिनुपर्ने सांसदहरुको माग

  •  
  • मङ्गलबार, माघ ०४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • लेखा समितिले निर्णय गर्न सकेन
    – विष्णु पोखरेल, काठमाडौं

    माघ ४, २०७३- कर असुल गरेपछि मात्र एनसेललाई चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) चलाउन दिने निर्णय गर्न भन्दै डाकिएको सार्वजनिक लेखा समिति बैठक त्यससम्बन्धी निर्णय नगरी सकिएको छ ।

    मंगलबार सिंहदरबारमा बसेको बैठकमा अधिकांश सांसदहरुले एनसेलबाट कर असुलेपछि मात्र फोरजी सेवाको अनुमति दिनुपर्ने धारणा राखेका थिए । सांसदहरुले कर असुल नगरी फोरजी सेवाको अनुमति दिन नहुने माग गरे पनि बैठकले यससम्बन्धी ठोस निर्णय भने गर्न सकेन । एनसेलको कर र फोरजीका विषयमा थप अध्ययन र छलफल गर्नुपर्ने भन्दै बैठक अर्को मिति तय नभएसम्मका लागि स्थगित भएको हो । ‘यस विषयमा थप छलफल गर्नुपर्ने भएकाले अर्को बैठकमा यस विषयमा थप छलफल हुनेछ,’ बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लले भने ।

    बैठकले २०६८ साल पुस २५ गते लेखा समितिले गरेको निर्णय र निर्देशनको कार्यान्वयनका अवस्थाबारे भने सूचना तथा सञ्चार मन्त्रालयसँग प्रगति माग गर्ने निर्णय गरेको छ । त्यसबेला लेखा समितिले नेपालमा दूरसञ्चार सेवाको फ्रिक्वेन्सी वितरणमा अराजकता भएको भन्दै बोलकबोलबाट वितरण गर्नुपर्ने निर्णय गरेको थियो । समितिले उपसमिति गठन गरी फ्रिक्वेन्सीबारे अध्ययन समेत गराएको थियो ।

    दुईदिन अघिमात्र लेखा समितिले अर्थ मन्त्रालय र त्यस सम्बद्ध अधिकारीलाई बोलाएर तीन महिनाभित्र एनसेलबाट असुल्नु पर्ने पूँजीगत लाभकर उठाउन निर्देशन दिएको थियो । सो बैठकमा सांसदहरुले कर असुल नभई सरकारले टेलिकमलाई फोरजी सेवा दिन लागेको भन्दै विरोध गरे पनि मंगलबार त्यससम्बन्धी छलफल गर्न बैठक डाकिएको हो ।

    गत वर्ष एनसेलबाट युरोपेली कम्पनी टेलियाले आफ्नो ८० प्रतिशत सेयर मलेसियन आजियाटालाई बिक्री गर्दा लाग्ने पूँजीगत लाभकर छल्न खोजेपछिको विवाद अहिलेसम्म टुङ्गिएको छैन । एनसेलले कुल ३३ अर्ब रुपैयाँ लाभकर बुझाउनु पर्ने देखिएको कर निर्धारणमा सम्लग्न सरकारी अधिकारीहरुले बताउँदै आएका छन् । अग्रिम कर बापत टेलियाका तर्फबाट भन्दै एनसेलले करिब १० अर्ब रुपैयाँ बुझाए पनि बाँकी रकम भने हालसम्म बुझाएको छैन ।

     ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.