×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

प्लटिङले मासिदै छ केराखेती

  •  
  • मङ्गलबार, माघ ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चितवन, माघ ३ गते । केराका लागि उर्वर भूमि मानिएको चितवनको जग्गा खण्डीकरणसँगै केराखेती विस्थापित हुने चिन्ता बढेर गएको छ ।

    एक गाउँ एक उत्पादनका रुपमा उद्योग वाणिज्य सङ्घ चितवन शाखाले प्रवद्र्धन गर्दै आएको केराखेती अहिले घडेरीका लागि जमिन मासेर खण्डीकरण हुँदै आएको छ ।

    जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार एक हजार ६२५ हेक्टरमा केराखेती गरिँदै आएकामा वार्षिक २१ हजार ६ सय मेट्रिक टन केरा उत्पादन हुँदै आएको बागबानी विकास अधिकृत धनबहादुर थापाले बताउनुभयो ।

    छसय १० कृषक केराखेतीमा संलग्न छन् । उनीहरुमध्ये ८० प्रतिशतले जग्गा भाडामा लिएर केराखेती गर्दै आएको केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तले बताउनुभयो ।

    वार्षिक प्रतिविगाहा ६० देखि ८० हजार रुपैयाँमा जग्गा भाडामा लिएर उनीहरुले खेती गर्दै आएका छन् । सोही जग्गाको मूल्य प्रतिकठ्ठा ४० लाख रुपैयाँसम्म पुगेपछि जग्गा धनीले कृषकलाई सम्झौता नसकिँदै क्षतिपूर्ति रकम दिएर जग्गा फिर्ता लिई प्लटिङ गर्न थालेका हुन् ।

    कतिपयले दोस्रो सम्झौता गर्न नसकिने जानकारी दिइसकेको, कतिपयसँग क्षतिपूर्ति रकममा कुरा नमिलिरहेको र नयाँ जग्गा पाउन छाडेको व्यवसायीको भनाइ छ ।

    पूर्वी चितवनको केरा पकेटक्षेत्र मानिएको पदमपुर क्षेत्रमा केराबारी फाँडेर प्लटिङ गरिँदै छ भने मङ्गलपुरमा पनि केराबारी फाँड्ने काम भइरहेको छ । सङ्घका अध्यक्ष पन्तकाअनुसार ७० विगाहा भन्दा बढी केराबारी प्लटिङकै लागि फाँडिसकिएको छ । जग्गाको मूल्य बढ्दै गएपछि केराखेतीका लागि जग्गा भाडामा पाउन पनि मुस्किल परेको व्यवसायीहरु बताउँछन् ।

    केराका लागि सिँचाइ हुनसक्ने प्राङ्गारिक पदार्थ सहितको बलौटे दोमट माटो उपयुक्त हुने बागवानी अधिकृत थापाले बताउनुभयो । केराखेती र जग्गा प्लटिङका लागि घोल खेत उपयुक्त नहुने हुँदा यस्तै टाँडी जग्गा आवश्यक भएकाले जग्गा व्यवसायीको आकर्षण केराखेतीमा परेको हो ।
    सङ्घका अध्यक्ष पन्त वार्षिक रु एक अर्बको केरा उत्पादन हुने चितवनमा समयमै खण्डीकरण रोक्न नसके जिल्लाबाट केरा व्यवसाय हराएर जाने खतरा रहेको बताउनुहुन्छ ।

    यहाँ उत्पादित ४० प्रतिशत केरा काठमाडौँ, पोखरा, दाङ, तुलसीपुर, बुटवल, गोरखालगायतका जिल्लामा निर्यात हुने गर्दछ ।
    अहिले केरा उत्पादन १४ दशमलब ८९ मेट्रिक टन प्रतिहेक्टर छ । उत्पादन क्रमशः बढ्दै आए पनि जग्गा नै नरहेपछि व्यवसाय सङ्कटमा पर्ने देखिएको हो ।

    जिल्लाको पदमपुर, रत्ननगर, पिठुवा, जुटपानी, जगतपुर, ठिमुरा र चैनपुर केरा पकेट क्षेत्रका रुपमा रहेका छन् । ती स्थानमा जग्गा प्लटिङ व्यापक रुपमा भइरहेको छ । सुरुका दिनमा मोहियानी हक लाग्ने डरले जग्गा नदिएका जग्गा धनीले हिजोआज प्लटिङ गर्न थालेपछि समस्या बढेको हो ।

    उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजन गौतमले विगत पाँच वर्षदेखि सरकारको सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रको सहकार्यमा एक गाउँ एक उत्पादन अन्तर्गत चितवनमा केराखेतीको उत्पादन बढाउन, बजारीकरण गर्न र विविधिकरण गर्न सहयोग गर्दै आएको बताउनुभयो ।

    सरकारले भू नीति बनाएर खेतीयोग्य जमिन जोगाउन नसके दीर्घकालीन रुपमा समस्यापर्ने उहाँले बताउनुभयो ।
    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्ला कृषिका लागि उर्वर भएको भन्दै कृषियोग्य जमिनमा प्लटिङ गर्ने कार्यलाई निरुत्साहित गरिने बताउनुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.