पुस २८, २०७३- उर्जामा लगानी गर्नका लागि हालसम्म अनलाइन मार्फत १८ हजार २ सय ७ जनाले आवेदन दिएका छन् ।
उर्जा मन्त्री जनार्दन शर्माले सोमबार जलविद्युतमा लगानी गर्न सेयर प्रतिबद्धता आह्वानको वेबसाइट सार्वजनिक गरेदेखि बिहीबारसम्म अनलाइन मार्फत १८ हजारभन्दा बढि व्यक्ति र १६ कम्पनीले लगानीका लागि प्रतिवद्धता जाहेर गरेका हुन् । मन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ नारा दिँदै जलविद्युतमा लगानी गर्न सबैलाई आव्हान गरेका थिए ।
नेपालको पानी जनताको लगानी भन्ने नाराका साथ सुरु गरिएको अभियानमा चारदिनको अवधिमा करिव १ अर्ब ५६ करोड ९१ लाख ३२ हजार १ सय ३६ रुपैयाँ बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको उर्जा मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
हालसम्मको कुल व्यक्तिगत लगानी १ अर्ब ५१ करोड ६९ लाख ५७ हजार १ सय ३५ रुपैयाँ बराबरको प्रतिवद्धता जाहेर भएको छ भन कम्पनी लगानी रकम ५ करोड २१ लाख ७५ हजार १ रुपैयाँ प्रतिवद्धता जाहेर भएको छ ।
कार्यक्रम मार्फत सरकार मातहत तथा निजी वित्तीय संस्था, कल्याणकारी कोष, कर्मचारी तथा सर्वसाधारणको प्रत्यक्ष लगानी र सहभागिताबाट साना मध्यम र ठूला आयोजना विकास गर्ने सरकारको लक्ष्य छ ।
नेपाल धितोपत्र बोर्डले सेयरको कारोवारलाई अझ सहज बनाउन आगामी माघ महिनादेखि आस्वा प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ ।
आस्वा प्रणाली कार्यान्वयनका लागि २७ वटा बैक तथा वित्तीय संस्थालाई अनुमति प्रदान गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
ekantipur


