×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

३३ किलो सुन ल्याउनेले नै तीन सय किलो सुन उम्काएको खुलासा

  •  
  • शनिबार, पुष २३, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर

    विमानस्थलका उपसचिवदेखि पियनसम्मका २९ कर्मचारी बर्खास्त

    सुवास गोतामे

    काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी र भन्सारका कर्मचारीको मिलोमतोमा गत एक वर्षमा तीन सय किलोभन्दा बढी सुन बाहिर ल्याउन आफू सफल भएको दाबी प्रहरी हिरासतमा रहेका गोपालबहादुर शाहीले गरेका छन् ।

    बिहीबार ३३ किलो सुनसहित प्रहरीले पक्राउ गरेका शाहीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग यस्तो बयान दिएका हुन् । शाहीले सुन तस्करीमा संलग्न केही नेपाली तथा भारतीय व्यापारीको नामसमेत खोलेको सीआईबी स्रोतले उल्लेख गरेको छ ।

    दुबईका कारोबारीसँगको साँठगाँठमा नेपालमा सुन तस्करी गर्दै आएका नेपालगन्जका शाहीबारे सीआईबीले दुई महिनादेखि सूचना संकलन गर्दै आएको थियो । ‘तपाईंहरू सुन तस्करीको शृंखलामा ११ औं पटकमा मलाई समात्न सफल हुनुभयो । यसअघि पटकपटक गरेर तीन सय किलो सुन विमानस्थलको घेराबाट बाहिर पठाइसकेको थिएँ’, शाहीको बयान उद्धृत गर्दै सीआईबीका एक उच्च अधिकृतले भने ।

    शाहीले प्रहरीलाई उपत्यकामा बसेर तस्करीमा सेटिङ गर्ने केही व्यापारी र भारतीय व्यापारीका नामसमेत खुलाएको स्रोतले बताएको छ । सीआईबीका प्रमुख डीआईजी नवराज सिलवालले घटनामा ठूला व्यापारी, विमानस्थलकै उच्चपदस्थ कर्मचारी र अन्य गिरोहको मिलोमतोमा सुन बाहिरिएको दाबी गर्दै अनुसन्धानले पूर्णता नपाएसम्म बरामद सुन राजस्व अनुसन्धान विभागको जिम्मा नलगाउने बताए ।

    उनले भने, ‘बिहीबार बरामद सुन तस्करले पहिलो प्रयासमा विमानस्थलबाट बाहिर ल्याउन सफल भएका होइनन् । यसमा ठूलै मिलोमतो छ । विस्तृत अनुसन्धान गरेर मात्रै सुन राजस्वलाई बुझाउँछौं ।’ गृह मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकका क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले तस्करीमा जोसुकै संलग्न भए पनि कारबाही गर्न प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र डीआईजी सिलवाललाई निर्देशन दिए ।

    प्रहरी महानिरीक्षक अर्याल शुक्रबार बिहान सीआईबी पुगेर प्रहरीले देखाएको अग्रसरताप्रति स्याबासी दिँदै तस्करीमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन सिलवाललाई निर्देशन दिएका थिए । ‘यो घटनामा कोको प्रहरी, भन्सारका कर्मचारी र व्यापारी मिलेका छन्, सबैलाई कारबाहीको दायरमा ल्याउनुस्’, अर्यालले भने ।

    बिहीबार प्रहरीले सुन बरामद गर्दा सुटकेसबाट सुनका २० थान सिक्री आकारका माला र १९ थान बेरुवा औंठीसमेत बरामद गरेको थियो । सीआईबीले बिहीबार शाही, मोरङ पथरीका दिलबन्धु थापा र जनकपुरका सन्तोष काफ्लेलाई ३३ किलो सुन बरामद घटनामा पक्राउ गरेको थियो ।

    विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोविन्द निरौलाले सुरक्षा निकायको जिम्मेवारी पन्छाउँदै यो घटनामा भन्सार बढी जिम्मेवार रहेको दाबी गरे । उनले भने, ‘भन्सारमा सामान पुगेपछि प्रहरीले खोलेर हेर्न मिल्दैन । उसले कुन सामान राख्ने र नराख्ने निर्णय लिन्छ ।

    हामीसँग समन्वयमा भन्सारले कुनै काम गर्दैन तर पनि प्रहरीको संलग्नता पाइए कारबाही हुन्छ ।’ उनले सीआईबीको समन्वयमा विमानस्थलको सीसीटीभी र कर्मचारीको कलडिटेल जाँच गरिरहेको बताए । सुनसहित पक्राउ परेकालाई सीआईबीले संगठित अपराधमा मुद्दा चलाउने भएको छ ।

    भन्सारका २९ कर्मचारीलाई ड्युटीमा रोक

    ३३ किलो सुन विमानस्थलबाट बाहिरिएपछि अनुसन्धानको दायरामा परेको त्रिभुवन विमानस्थलमा भन्सार कार्यालयमा खटिएका २९ जना कर्मचारीलाई ड्युटीमा रोक लगाइएको छ ।

    बुधबार रातिदेखि बिहीबार अपराह्नसम्म खटिएका उपसचिवदेखि पियनसम्मका २९ जना कर्मचारीलाई ड्युटीमा रोक लगाइएको जानकारी प्रमुख भन्सार प्रशासक नारायणप्रसाद सापकोटाले दिए । उनले भने, ‘यो घटनामा भन्सारलाई मात्रै मुछिएकाले अनुसन्धानका लागि प्रमाण लुकाउने आशंकामा २९ जना कर्मचारीलाई ड्युटीमा रोक लगाएर अन्यलाई खटाइएको छ । छानबिन गरेर मिडियासामु पेस गर्छौं ।’

    सापकोटाका अनुसार भन्सारका उपसचिव, एक्सरे मेसिन जाँच गर्ने ठाउँमा खटिएका कर्मचारी, भन्सारको राजस्व बुझाउन ठाउँमा खटिएका कर्मचारी र अन्य सहयोगीलाई ड्युटीमा रोक लगाइएको हो । सापकोटाले भन्सारसँगको समन्वयमा काम गर्ने सुरक्षा निकाय, एयरलाइन्स कम्पनीहरूको पनि कमजोरी औंल्याउनु जरुरी रहेको बताए ।

    ‘मान्छे एयरअरेबियाबाट बुधबारै राति आएको र सुन बोकेको लगेज बिहीबार आएको भन्ने छ । अर्को सुनसहित मान्छे बुधबारै आएको भन्ने पनि छ । हामी सीसीटीभी फुटेजका आधारमा छानबिन गरिरहेका छौं’, सापकोटाले अन्नपूर्णसँग भने ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.