कैलाशबाबु श्रेष्ठ/गोरखा
मंसिर २६गते । जिल्लाका विभिन्न गाविसमा रहेका घलेहरु संगठित भएका छन् । जिल्ला सदरमुकामा एक कार्यक्रम गरी घले समाज गोरखा गठन भएको छ ।
घलेहरुको भाषा संरक्षण, संस्कृतीको पहिचान जोगाउन, घलेहरुमा अनुसूचीमा सूचीकृत गर्न नेपाल सरकारलाई दबाब दिन, आफ्नो हक अधिकार सूनिश्चित गराउने लगायतका विभिन्न उदेश्यले जिल्लाका घलेहरु संगठित भएको घलेहरुको अन्तराष्ट्रिय समन्वय समिती लिङ फङ (घले समाज) का सल्लाहकार चन्द्र घलेले जानकारी दिए ।
सदरमुकामा भएको घलेहरुको भेलाले मान्बु्का शेरबहादुर घलेलाई अध्यक्षमा मनोनित गरेको छ । घलेको अध्यक्षतामा १३ सदस्यीय लिङ फङ (घले समाज) गोरखाको तदर्थ समिती गठन भएको छ । जसको उपाध्यक्षमा उहियाका रामबहादुर घले, महासचिब धन प्रसाद घले, सचिबमा बारपाककी लिलु घले, कोषाध्यक्षमा बारपाक कै समिना घले, सहसचिब बारपाक कै सीता घले चयन भएका छन् ।
त्यस्तै समितीको सदस्यहरुमा बारपाकका कर्ण बहादुर घले, बारपाककै गणेश घले, बारपाककै देउमाया घले, जीतबहादुर घले, प्रेम घले, बिना घले, कुमार घले, रबिना घले रहेका छन् । शेर बहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी घले समाज नेपालका केन्द्रीय अध्यक्ष दिनेश घले, प्रमुख सल्लाहकार जीतबहादुर घले, कास्की घले समाजका अध्यक्ष श्रीप्रसाद घले, भोटेओडार घले समाज लम्जुङका अध्यक्ष बीरसिङ घले, केन्द्रीय सदस्य गणेश घले, नागरिक समाजका अगुवा यदु अघिकारी, तमु छोँज धीका जिल्ला अध्यक्ष जगनसिङ गुरुङ्ग लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न गाविसबाट भेला भएका घलेहरुले आफ्नो जातिय पहिचान झल्कने सांस्कृतीक कार्यक्रहरु समेत प्रस्तुत गरेका थिए । जिल्लामा बारपाक, मान्बु, उहिया, सिर्दीबास, काशीगाउँ, केरौँजा गाविसमा घलेहरुको बसोबास रहेको छ ।


