कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक २१ गते । पूर्व प्रधानमन्त्रि एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बावुराम भट्टराईले सरकारको महत्वकाक्षी बुढी गण्डकी जलविद्युत आयोजनाका प्रभावितहरुलाई उचित मुअब्जा दिनुपर्ने बताउनु भयो ।
गोरखाको दुरर्बुङ्ग गाउँ बिकास समितिको दरर्बुङ्ग फाँटमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै डा.भट्टराईले आयोजनाबाट प्रभावित गोरखा र धादिङ्ग जिल्लाका सर्व साधारणहरुलाई उचित मुअब्जा दिएर काम तत्कालै थाल्नु पर्ने बताउनु भयो ।
आयोजना सम्पन्न हुनासाथ ३ करोड भन्दा बढी जनताले लाभ लिने भएका कारण प्रभावित क्षेत्रमा बसोबास गर्ने ५० हजार मानिसलाई बेवास्ता नगरी काम थाल्नुपर्नेमा डा.भट्टराईले जोड दिनु भएको थियो ।
आयोजनाबाट गोरखा जिल्लाको १४ गाउँ बिकास समिति र धादिङ्गको १३ गरी २७ गाबिस पूर्ण रुपमा प्रभावित हुने छ । डा.भट्टराईले यो क्षेत्रका जनतालाई दोब्बर तेब्बर मुअब्जा दिदाँ पनि फरक नपर्ने बताउनु भयो ।
भट्टराईले आज मकैसिङ्ग र भुम्लिचोकको दुई फरक कार्यक्रममा भाग लिने छन । यसै बिच आयोजना प्रभावित क्षेत्र मध्ये गोरखा र धादिङ्गको ३/३ गाविसमा यो महिनाको अन्तिम देखी मुअब्जा बितरणको तयारी थालीने भएको छ ।
प्रभावितलाई उचित मुअब्जा देऊँ : भट्टराई
प्रभावितलाई उचित मुअब्जा देऊँ : भट्टराई
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


