गाेरखा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को २ महिने राष्ट्रिय जागरण अभियान आजदेखि सञ्चालन हुने भएको छ ।
दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियान उद्घाटन गर्ने कार्यक्रम तय भएकाे हाे ।
असोज २३ गते बसेको बसेको नेकपाको केन्द्रीय संयोजन समिति बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
के-क छन् कार्यक्रम ?
१) पार्टी समितिहरू र जनवर्गीय तथा मोर्चा सङ्गठनहरूको समायोजनको बाँकी काम सम्पन्न गर्ने सङ्गठित सदस्यता नवीकरण तथा विस्तार अभियान तीव्र रूपमा सञ्चालन गर्ने
२) पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमहरू सञ्चालन गर्ने
३) जनता र पार्टीबिचको सम्बन्धलाई प्रगाढ बनाउन जनताकेन्द्रित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने सांस्कृतिकलगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने
४) जनताका माग र दैनिक जनजीविकाका मुद्दाहरू सङ्कलन गरी सम्बन्धित निकायहरूमा पेस गर्ने र कार्यान्वयनका लागि पहल गर्ने
५) श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गर्ने
६) विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका कार्यहरूमा सहयोग गर्ने
७) राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन तथा जनजीविकाका सवालमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने
८) महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनताका अन्य समस्यामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने
९) केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र पेस गर्ने


