×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

सनातन धर्मलाई किन गाली गर्ने ?

  •  
  • बुधबार, असोज २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर
    डा. आमोदवर्धन कौण्डिन्न्यायन
    वैदिक सनातन वर्णा श्रम धर्मका विषयमा यथार्थ रूपमा ज्ञान गर्न वेद, वेदांग, वेदोपांग, स्मृति, पुराण इत्यादि शास्त्रको राम्ररी अध्ययन गर्न आवश्यक हुन्छ । किन्तु आजभोलि वेदादिशास्त्र पढेका मानिसको संख्या निकै कम छ। त्यसैले वैदिकधर्मका विषयमा समाजमा भ्रमात्मक कुराहरू धेरै नै फैँलिएका छन् ।
    वैदिक सनातन वर्णा श्रम धर्मलाई आजभोलि हिन्दुधर्म पनि भन्छन् । व्यवस्थित कर्मकाण्डपद्धति र गहन दार्शनिक चिन्तनको समन्वय भएको तथा मानवीय जीवनपद्धतिलाई पूर्णरूपले निर्देशित गर्ने महान् धर्म विश्वमा वैदिक सनातन धर्म मात्र छ भन्दा अत्युक्ति हुँदैन।
    यसै धर्मभित्र विश्वनीति, राष्ट्रनीति, समाजनीति, कुटुम्बनीति, अर्थनीति, शिक्षानीति इत्यादि सम्पूर्ण नीतिहरू अन्तर्भूत हुन्छन् । सनातन धर्मका मूल स्रोतका रूपमा रहेका ४ वेद, ६ वेदांग, ६ वेदोपांग, ५६ प्रमुख स्मृति, १८ महापुराण, रामायण, महाभारत इत्यादि असंख्य ग्रन्थहरूको विशाल वाङ्मय विश्वमै अद्वितीय र ज्ञानविज्ञानले भरिपूर्ण छ । यो धर्म अरू कुनै मत वा सम्प्रदायजस्तो एकांगी नभएर मानवजीवनका सम्पूर्ण पक्षलाई निर्देशित गर्ने गहन तत्व हो भन्ने बुझ्न आवश्यक छ । यसमा सनातनीहरूले विश्वका अगाडि सधैँ शिर ठाडो पारेर रहन र गौरवानुभूति गर्न सक्ने आधार पाइन्छ ।
    यस धर्ममा विभिन्न प्रकारका व्यक्तिका निम्ति उनीहरूको तहअनुसार विविध प्रकारले धार्मिक–आध्यात्मिक उन्नति गर्ने मार्ग देखाइएको हुनाले यहाँ बौद्धिक चेतनाका दृष्टिले तल्लो तहदेखि उच्च तहसम्मका व्यक्तिका निम्ति उपयोगी विधिविधान, जीवनपद्धति र चिन्तनपद्धति निर्देशित गरिएका छन् ।
    यस्तो वास्तविक तथ्य बुझ्न नपाएका कतिपय अल्पज्ञ व्यक्तिहरू वैदिकधर्मलाई हल्काफुल्का रूपले आलोचना गर्न पनि पछि पर्दैनन् । आजभोलिका कतिपय चर्चित लेखक–समालोचकहरूको गति पनि यस्तै देखिन्छ । त्यसैले उनीहरू आपूm पनि भ्रममा पर्दै अरूलाई पनि भ्रममा पार्ने गरेर सनातन धर्मका विषयमा जथाभाबी बोल्ने र लेख्ने गर्छन् । त्यस्ता भ्रमात्मक कुराकोे निवारण गरी जनतामा यथार्थ कुराको प्रचार गर्नु शास्त्रज्ञ विद्वान्हरूको कर्तव्य हो । आधुनिक लेखकले वैदिकधर्मका विषयमा उठाएका कतिपय ज्वलन्त प्रश्नको शास्त्रसम्मत र तर्कपूर्ण उत्तर स्वाद्ध्यायशालाले प्रकाशित गरेको ‘वैदिक हिन्दु धर्म–संस्कृति’ भन्ने ग्रन्थमा (२०६५) पनि पाइन्छ ।
    वैदिक सनातन धर्मबाटै विभिन्न समयमा अनेक सम्प्रदाय पनि निस्किएका छन् । तथापि ती सम्प्रदायमा सनातन धर्ममा जस्तो सम्पूर्णता, व्यवस्थितता र वैज्ञानिकता भने देखिँदैन । यस लेखमा सनातन धर्ममा र आर्यसमाजी मतमा देखिएका केही प्रमुख भिन्नताका बारेमा चर्चा गरिँदै छ । यसबाट सनातनी र आर्यसमाजीका मूल्यमान्यताहरूमा ठूलो भेद रहेको कुरा पाठकहरूलाई स्पष्ट हुनेछ ।
    सनातन धर्म कुनै सन्त–महात्माले प्रवर्तन गरेको नभई वेदले विधान गरेको अनादि र शाश्वत धर्म हो भने आर्यसमाजी मतचाहिँ विसं १८८१ मा जन्मेका दयानन्दले विसं १९३२ मा चलाएकोे मत हो ।
    आर्यसमाजका प्रवर्तक दयानन्दले रचेको र आर्यसमाजीले आफ्नो मूल पुस्तकका रूपमा मान्ने गरेको ‘सत्यार्थप्रकाश’का अन्तमा रहेको ‘स्वमन्तव्यामन्तव्यप्रकाश’ भन्ने प्रकरणमा आर्यसमाजीका प्रमुख सिद्धान्तहरू ५१ सूत्रमा दिइएका छन् । ती सूत्रको अध्ययन गर्दा सनातन धर्मका मूल सिद्धान्तमा नै आर्यसमाजीले तीव्र मतभेद व्यक्त गरेको कुरा स्पष्ट हुन्छ ।
    त्यहाँ दिइएको दोस्रो सूत्रमा चार वेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदका जम्मा चार शाखाका मन्त्रभाग मात्र) ईश्वररचित हुनाले स्वतः प्रमाण र वेदका अरू शाखा ऋषिरचित हुनाले परतः प्रमाण हुन् भनिएको छ । यसबाट दक्षिणभारतका ब्राह्मणले परम्परागत रूपले पढ्दै आएका कृष्णयजुर्वेदका तैत्तिरीय शाखासमेतका अन्य सम्पूर्ण वेदशाखालाई परतः प्रमाण अर्थात् माथि उल्लिखित चार शाखाका मन्त्रभागका अनुकूल भएमात्र मान्य, नभए अमान्य भनेको स्पष्ट हुन्छ । यो कुरा मूल वैदिक परम्पराकोे र जैमिनिमुनिप्रणीत धर्ममीमांसासूत्रले तथा व्यासमुनिप्रणीत ब्रह्ममीमांसासूत्रले स्थापित गरेको सिद्धान्तको प्रतिकूल छ । त्यसैले तैत्तिरीयशाखादिका वेदलाई मूल वेद नमान्ने आर्यसमाजीको भनाइ अत्यन्तै आपत्तिजनक र अमान्य छ ।
    त्यहाँको सोह्रौँ सूत्रमा वर्णा श्रम गुण–कर्मका योग्यताले मान्ने भनिएको छ । किन्तु आर्यसमाजीको त्यो मत जन्मले जाति मानिने कुरा देखाउने वेद, स्मृति, पुराण, रामायण, महाभारत इत्यादि शास्त्रीय ग्रन्थका सयौँ वचनको विरुद्ध छ । वेद, स्मृति, पुराण इत्यादिमा जन्मना जाति बताउने धेरै वचन आएका छन् । तीमध्ये केही वचन यस्ता छन्— ‘ब्राह्मणोस्य मुखमासीत्’ (ऋग्वेद १०।९०।१२ शुक्लयजुर्वेद ३१।११), ‘आ ब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसी जायताम्’ (शुक्लयजुर्वेद २२।२२), ‘लोकानां तु विवृद्ध्यर्थं मुखबाहूरुपादतः । ब्राह्मणं क्षत्रियं वैश्यं शूद्रं च निरवर्तयत्’ (मनुस्मृति १।३१), ‘जन्मना ब्राह्मणो गुरुः’ (भागवत १०।८।६), ‘सर्वेषां जन्मना जातिर्नान्यथा कर्मकोटिभिः । पश्वादीनां यथा जातिर्जन्मनैव न चान्यथा’ (स्कन्दपुराण सूतसंहिता १।१२।५१), ‘तपः श्रुतं च योनिश् चेत्येतद् ब्राह्मणकारणम् । तपः श्रुताभ्यां यो हीनो जातिब्राह्मण एव सः’ (पाणिनीय–व्याकरणभाष्य २।२।६, ५।१।१५५) इत्यादि । त्यसैले सनातनीहरू जन्मले नै जाति मान्दछन् । कर्मले जाति मान्ने आर्यसमाजीको सिद्धान्त शास्त्रीय परम्पराको र प्राकृतिक वस्तुस्थितिको पनि विरुद्ध हुनाले तथा अव्यवस्थाकारक समेत देखिएकाले अस्वीकार्य भएको हो ।
    त्यहाँको सत्ताइसौँ सूत्रमा शवदाह गरेपछि मृतकका लागि अरू केही पनि गर्नुपर्दैन भन्ने बताइएको छ । यो कुरा शुक्लयजुर्वेद–संहितामा आएका एकोद्दिष्ट श्राद्धसम्बन्धी मन्त्रहरूको (२।२९–३४), सपिण्डीकरणादि पार्वण श्राद्धसम्बन्धी मन्त्रको (१९।५८), सोर संस्कारको निर्देशक वेदतुल्य मूल शास्त्र पारस्करगृह्यसूत्रमा बताइएको प्रेतकार्यसम्बन्धी विषयको (३।१०) र अन्य ब्राह्मणग्रन्थ, स्मृति, पुराण, रामायण, महाभारत इत्यादि सनातनीका सम्पूर्ण धर्मग्रन्थहरूको विधानको पनि विरुद्ध रहेको छ । त्यसैले शव जलाएपछि गरिने अन्त्येष्टिक्रियासम्बन्धी अन्य कार्य र श्राद्ध गर्नुपर्दैन भन्ने आर्यसमाजीको यस मतलाई सनातनीहरू परलोक र पितृसम्बन्धी मूल वैदिक सिद्धान्तको अत्यन्त विरुद्ध हुनाले त्याज्य मान्दछन् ।
    त्यहाँ एक्काइसौँ सूत्रमा पाषाण इत्यादिका जडमूर्तिलाई सर्वथा अपूजनीय भनिएको छ । सनातनीका धर्ममा पनि मूर्तिपूजा मुख्य रूपमा छैन तापनि कुनै अधिकारीका लागि मूर्तिपूजा समेत आवश्यक र उचित मानिन्छ । तसर्थ मूर्तिपूजालाई मान्दैनमान्ने आर्यसमाजीको यो सिद्धान्त पनि सनातन धर्मको अनुकूल देखिँदैन । पशुपतिनाथको पूजासमेत नमान्ने यो कुरा नेपालीलाई सर्वथा अस्वीकार्य छ ।
    त्यहाँ चौबिसौँ सूत्रमा जल, स्थल इत्यादिलाई तीर्थ नमान्ने कुरा गरिएको छ । सनातन धर्ममा पुष्कर, कुरुक्षेत्र, प्रयाग इत्यादि तीर्थको र सिन्धु, सरस्वती, यमुना, गंगा, गण्डकी, कावेरी, गोदावरी, नर्मदा इत्यादि नदीको तथा सिन्धुसागरसंगम, गंगासागरसंगम, रामेश्वर, द्वारका, पुरी, बद्री–केदार, काशी, गया इत्यादि स्थलको पनि उच्चै स्थान छ । तसर्थ आर्यसमाजीको जल र स्थलविशेषलाई तीर्थ मान्दैनमान्ने कुरा सनातनीको शास्त्रीय परम्पराको अनुकूल देखिँदैन ।
    त्यहाँको तेइसौँ सूत्रमा भागवतसमेतका अग्निपुराण, कूर्मपुराण, गरुडपुराण इत्यादि पुराणलाई पुराण नै नमान्ने कुरा छ । वैदिक परम्परामा त श्रुति, स्मृति र पुराणमध्ये पुराण श्रुति र स्मृतिको अनुकूल र अविरोधी भए मात्र धर्ममा प्रमाण मानिने हँुदा कान्छै प्रमाण मानिए पनि अग्निपुराणादि पुराणसमेत धर्ममा यथोचित रूपमा प्रमाण नै मानिन्छन् । तसर्थ पुराणलाई प्रमाण नै नमान्ने आर्यसमाजीको सिद्धान्त सनातनीका लागि मान्य हुँदैन ।
    शतपथब्राह्मण इत्यादि ब्राह्मणग्रन्थलाई, कात्यायन श्रौतसूत्र इत्यादि श्रौतसूत्रग्रन्थलाई र पारस्करगृह्यसूत्र इत्यादि गृह्यसूत्रग्रन्थलाई पनि आर्यसमाजीहरू ठिक प्रकारले मान्यता दिँदैनन् । यो तथ्य दयानन्द सरस्वतीबाटै विसं १९४०मा परिस्कृत गरिएको र उनले बनाएको संस्कारविधिबाट स्पष्ट हुन्छ । गर्भाधानादि संस्कार आआफ्ना शाखाका गृह्यसूत्रअनुसारै गर्ने वैदिकधर्मका अनुयायीहरूको अनादि परम्परा भएको र त्यसका लागि आआफ्ना वेदशाखाका छुट्टाछुट्टै गृह्यसूत्र भएको हुनाले दयानन्द सरस्वतीले अनेक गृह्यसूत्रका विधिहरू छ््यासमिस पारेर मनगडन्ते कुरासमेत थपी बनाएको संस्कारविधि सनातनीका लागि अग्राह्य रूपको भएको छ ।
    वेद वेदांग वेदोपांग स्मृति पुराण इत्यादि ग्रन्थका दयानन्दका भनाइसित नमिल्ने कुरा जति सबैलाई आर्यसमाजीले प्रक्षिप्त भनिदिने र त्यसबाट शब्दप्रमाणमा अव्यवस्था हुन जाने हुँदा आर्यसमाजीको त्यो कुरा पनि शब्दप्रमाणलाई नै धर्ममा मूल प्रमाण मान्ने सनातनीका लागि स्वीकार्य हुनै नसक्ने देखिन्छ ।
    वैदिक पशुयाग र पौराणिक तथा तान्त्रिक बलिप्रथाको पनि आर्यसमाजी आलोचना गर्छन् । यो कुरा पनि सनातनीका लागि अमान्य छ ।
    सनातनीका र आर्यसमाजीका सिद्धान्त र व्यवहारमा नमिल्ने यस्ता कुरा अरू पनि धेरै छन् । माथिको विवरणबाट आर्यसमाजीले मूल वैदिक सनातन धर्मपरम्परामा धेरै नै आलोचना र परिवर्तन गरेर अव्यवस्था ल्याउन खोजेको देखिन्छ । त्यसैले सनातनीहरूले आर्यसमाजी मतको कुनै पनि सिद्धान्तको अवलम्बन र अनुसरण गर्न नहुने मानेका हुन् भन्ने बुझिन्छ । धर्मका क्षेत्रमा काम गर्ने, लेख्ने र बोल्ने मानिस यस्ता विषयमा विवेचनशील हुनुपर्ने देखिन्छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.