गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे मूल्य बढेकाे छ ।
सुन ताेलामा १ हजार २०० रुपैयाँले बढेर तोलाकाे ३ लाख २ हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार ताेलाको ३ लाख १ हजार रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुन संगै चाँदीकाे मूल्य पनि बढेकाे छ । चाँदी ताेलामा ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी गएकाे शुक्रबार प्रतितोला ४ हजार ६०० रुपैयाँमा काराेबार भएको थियाे ।



