गाेरखा । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीको मुख्यालयबाट सार्वजनिक विवरणअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ ।
अवरुद्ध राजमार्गहरु :
कोशी प्रदेशअन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिका–४ आसपास फिदिम–फालेलुङ सडकखण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध
बागमती प्रदेशकाे काभ्रेको बीपी राजमार्गअन्तर्गत कुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्डमा सम्भावित बाढीका कारण सवारी सञ्चालनमा समयगत प्रतिबन्ध
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध
नुवाकोटका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण सडक अवरुद्ध
पासाङल्हामु सडकखण्डमा समेत यातायात प्रभावित
नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा टोखा–छहरे सडकखण्डमा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक
धादिङमा पृथ्वी राजमार्गकाे बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा सडक पूर्णरूपमा अवरुद्ध
सोही गाउँपालिकाका अन्य स्थानमा पहिरोका कारण सडक एकतर्फी
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा सडक मर्मतका कारण एकतर्फी
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा अरनिको राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध
गण्डकी प्रदेशअन्तर्गत मनाङको नासों गाउँपालिका–३ धारापानीमा चामे–बेँसीसहर सडकखण्डमा बाटो निर्माणका कारण सवारी सञ्चालन प्रभावित



