गाेरखा । जिल्लाकाे पालुङटारकाे छापथाेक स्थित भित्री सडकमा आज बिहान अटाे दुर्घटनामा परेकाे छ ।
बिहान ९:२० बजेको समयमा पालुङटार नगरपालिका- ४ काे छापथोक स्थित भित्रि सडकखण्डमा अटाे दुर्घटना हुदा अटाेमा सवार ४ जना घाईते भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।
बडडाँडाबाट ठाँटीपोखरी तर्फ आउदै गरेको ग प्र ०३-००१ ह ०२१० न को अटो सडकबाट अन्दाजी १० मिटर तल खसेकाे उनले बताए ।
दुर्घटनामा परी पालुङटार नगरपालिका-४ बस्ने वर्ष ४८ की प्रर्मिला जिसी (दुवै हातमा र कम्मरमा चोट), साेही स्थानमा बस्ने वर्ष ४५ की गीता श्रेष्ठ (कम्मर,बायाँ गाला र दुबै हातमा चोट), वर्ष २० कि प्रगती श्रेष्ठ (निधारमा, दाहिने हात र दाहिने खुट्टामा चोट) र पालुङटार नगरपालिका-५ बस्ने वर्ष ३१ की मेनुका गिरि (शरिरको दाहिने भागको टाउको देखि खुट्टा सम्म चोट) घाईते भएका छन् ।
उनीहरुको स्थानिय मेडिकल ठाँटीपोखरी सामान्य उपचार पश्चात थप उपचारको लागी आँपपिपल अस्पताल पठाएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
प्रहरीले चालक सुरेश श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।



