गाेरखा । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी–९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप आइतबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको हाे ।
दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । ४ जना गम्भीर घाइते छन् भने अन्य ५ जनाको अवस्था मध्यम रहेको रुकुम प्रहरीले जनाएको छ ।
मृतक मध्य १ जना जिप चालक र अर्की १ जना महिला छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । जिपमा ११ जना सवार रहेको र जिपका धनी बलबहादुर पुन समेत घाइते भएकाे प्रहरीले जनाएकाे छ ।



