×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २४ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

‘दसैंले सबैलाई जोडेको छ’

  •  
  • आइतबार, असोज २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आश्विन २३, २०७३- फूलपातीको बिहान । पाटन दरबार स्क्वायर छेउको पुरानो घर । ९६ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशी घर अघिल्तिरको सानो बगैंचामा थिए । आराम गर्दै हैन, धमाधम काम गर्दै । गाउँ–सहरलाई दसैंको रौनकले छोप्दैगर्दा यी शताब्दी पुरुष भने फलामे कैंचीले बगैंचाका स–साना रूखका हाँगा काटेर मिलाउँदै थिए । एकैछिनअघि एक रूसी पर्यटक भित्रिएका थिए रे यो सानो बगैंचामा । उनको घर छिर्ने मूलगेट निकै ‘एन्टिक’ लागेर ती पर्यटक छिरेका रहेछन्, कुनै पब्लिक प्लेस सोच्दै । ‘एकछिन टहलिन दिएँ, अनि गए,’ जोशीले रूखका स्याउला केही पर थन्क्याए अनि दुबो उम्रिएको सानो बगैंचाछेउको काठे कुर्सीमा बस्दै भने, ‘कहिले त थुप्रै पर्यटक एकैपटक आइपुग्छन् यहाँ झुक्किएर ।’

    फूलपातीको दिन उनी भने झुक्किएर काम गरिरहेका थिएनन् । उनको यो नियमित दैनिकी नै हो । मदन पुरस्कारका पहिलो विजेता यिनी संस्कृतिका इन्साइक्लोपेडिया त हुँदै हुन्, बेला–बेला दु:ख दिन जिज्ञासु र चिनारूहरू उनका सामु पुगिरहेकै हुन्छन् । यीबाहेक सहरमा हुने संस्कृति विमर्श, अन्तक्र्रिया, लोकार्पणतिर उत्तिकै पुगिरहेका हुन्छन्– घण्टौं भाषण दिन पनि तयार हुन्छन् । राणाकाल, प्रजातन्त्रकालदेखि पञ्चायत हुँदै लोकतन्त्र र गणतन्त्र नेपालसम्मको दसैं अनुभव भोगेका जोशीसँग दसैंको सांस्कृतिक, सामाजिक सन्दर्भमाथि फूलमान वलले गरेको कुराकानी :

    पछिल्लो समय दसैं मान्ने शैलीमा थुपै्र परिवर्तनहरू देखिएका छन् नि ?
    परिवर्तन त निरन्तर जारी रहने प्रक्रिया हो । दसैं या अन्य नेपाली चाडबाडको सन्दर्भमा पनि यो लागू हुन्छ । तर, यस्ता परिवर्तन बाह्य मात्रै हुन् । मेन सोर्स या ओरिजिनमा चेन्ज आएको छैन । ल्होछार, म्हपूजा, उधौली–उभौली पनि यस्तै हुन् । यी पर्वहरूमा पनि सामयिक परिवर्तनहरू आएका देखिन्छन् । सबैभन्दा बढी परिवर्तन तीजको शैलीमा आएको छ । तर, भित्री तत्त्व भने उस्तै छ । दसैं त झन राज्यले प्याट्रोनाइज्ड (संरक्षित) गरेको पर्व नै पर्‍यो । यो मूलत: लुनार क्यालेन्डर (चन्द्र पात्रो) मा आधारित पर्व हो, तामाङ र शेर्पा या हिमाली समुदायले मान्ने ल्छोहारजस्तै । लुनार क्यालेन्डरको विशेषता भनेको तिथिमा आधारित हुनु हो । परिवर्तनकै सवालमा अर्को कुरा के हो भने संस्कृतिका इन्ट्यान्जिवल पक्षहरूमात्रै बदलिएका हुन् । हाम्रा मन्दिर, शक्तिपीठहरू बदलिएका छैनन् । स्वयम्भु, बौद्ध र पशुपतिनाथ बदलिएका छैनन् । यी त ट्यान्जिबल हुन् । के बदलिँदै छन् त भन्दाखेरी पूजा गर्ने सरसामान, शैली र तडकभडक बदलिएको छ । यसले खास केही असर गर्दैन । कोटमा जति वटा कलर राखेपनि, तीनटाँके, पाँचटाँके या जतिसुकै टाँकको डिजाइन भरे पनि आखिर कोट त कोट नै हो नि । अहिले संस्कृतिमा यस्तै प्रकृतिका परिवर्तनहरू भइरहेको देख्छु ।

    खर्चको सन्दर्भमा देखासिकी, तडकभडक, बाध्यताजस्ता पक्षहरू पनि दसैंसित जोडिएरै आउँछन् ।
    हो । यसलाई दुईवटा कोणबाट हेर्नुपर्छ जस्तो लाग्छ । एक– यसलाई एक प्रकारको देखासिकी, शोअप गर्ने परिपाटीका रूपमा हेर्न सकिन्छ । यस हिसाबले यो सामाजिक–सांस्कृतिक विकृति हो । अर्कोचाहिँ के भने जन्मेपछि मानिसले आनन्द पनि लिन चाहन्छन् । जीवनमा दु:ख किन गर्छन् मान्छेहरू ? सुखकै लागि हो । आनन्दकै लागि हो । आफ्नै दु:खको, कमाइको आनन्द चाडबाडमा पनि नगरेर कहिले गर्ने ? भन्ने कोणबाट पनि हेर्न सकिन्छ । तर, यस्तो शैली संस्कृतिकै रूपमा विकास हुँदा चाहिँ बहुसंख्यक निम्न वर्गीय मानिसलाई अप्ठ्यारो पर्दोरहेछ । समाजबाटै सिक्ने भएको र समाजमै रहनुपर्ने भएको हुनाले उनीहरूले पनि देखासिकी गर्नैपर्ने हुन जान्छ ।
    हाम्रोमा अर्को दुखद् पक्ष के देख्दैछु भने मान्छेबाट सेवाभावको तत्त्व हराउँदै गएको छ । अरूलाई सघाउने, छरछिमेकमा मिलेर बस्ने, गाह्रो–अप्ठ्यारोमा साथ दिने जस्ता भावना राज्यले हुर्काउन सकेको छैनजस्तो लाग्छ । अरू मुलुकतिर सानैदेखि कोर्सबुकमा यस्ता सन्दर्भ सामग्रीहरू राखेर बच्चाहरूलाई हुर्काइन्छ, हाम्रोमा प्लानिङ नै छैन । अनि सेवा गर्नेलाई पुरस्कृत गर्ने परम्परा पनि भएन । जस्तो ट्याक्सी ड्राइभरलाई लिउँ । मान्छे बोक्नु भनेको पैसा कमाउनु मात्रै हैन, सेवा पनि गर्नु हो भन्ने शिक्षा ट्राफिक प्रहरीले दिन सक्यो भने, अनि इमान्दार भएर सेवा गर्ने ट्याक्सी ड्राइभरलाई पनि गोर्खा दक्षिणबाहुजस्तै राष्ट्रिय अवार्डहरू दिन सके समाजमा सकारात्मक परिवर्तन छिट्टै आउँछ । दसैंको देखासिकी, तडकभडक र शोअप गर्ने कल्चरसँगै हराउँदै गएको सेवाभावलाई पनि यसरी नै हेर्नुपर्छ ।

    मालश्री धुन पनि हराउँदै गयो नि ?
    यो पनि अघि भनेजस्तै नै हो । हराएको जस्तो भएको छ । तर मेन सोर्स या ओरिजिन हराएको छैन, बरु यो फरक ढंगबाट प्रकट भएको छ । पहिलेपहिले यो सहर (पाटन) का हरेक शक्ति पीठमा साँझपख खाना खाइसकेपछि बाँसुरी बजाउँदै मान्छेहरू जान्थे र लहरै बसेर मालश्री गाउँथे । म पनि धेरैपटक गएको छु । शरद याम लागेपछि हरेक मन्दिरमा यो ऋतु गीत गुन्जिन्थ्यो । असारे गाउँदै बाली रोपेका किसानहरू बाली थन्क्याएपछि मालश्री गाउँदै रमाउँथे । अहिले सहरमा यो निकै कम भएको छ । छेउछाउको गाउँतिरका शक्तिपीठमा चाहिँ जारी नै होला यो प्रचलन । तर, मालश्री अब टिभी र मल्टीमिडियाबाट आउन थालेको छ । सितार बजाउँदै मालश्री गाउने समूहहरू थुप्रै छन्, जसलाई टेलिभिजनमा हेर्न सकिन्छ । धुनहरूमा सुन्न सकिन्छ । सोसल मिडियामा हेर्न सकिन्छ । त्यही भएर म के भन्छु भने मालश्री हराएको छैन । यो फरक ढंगले सुनिन र देखिन थालेको छ । अहिलेका मान्छेलाई साँझ खाना खाएपछि मालश्री गाउँदै मन्दिर जाने फुर्सद कहाँ छ र ? स्मार्ट फोन र टिभीमै झुम्मिन्छन् नि ।

    दसैंको मिथचाहिँ कसरी स्थापित भयो ?
    यो खासमा शक्ति आराधनाको पर्व हो । शक्ति चराचर जगत सबैलाई चाहिन्छ । यो प्राकृतिक कुरा पनि हो । सबै तत्त्वहरू कस्मिक इनर्जी (ब्रम्हाण्डीय शक्ति) मा आधारित छन् र हामी त्यही इनर्जीका कारण बाँचिरहेका छौं । यस हिसाबले हेर्दा हाम्रा पर्वहरू प्रकृतिसित नजिकसँग जोडिएको देखिन्छन् । राई–लिम्बू समुदायको उधौली–उभौली पनि यस्तै प्रकृतिपूजक पर्व हुन् । विस्तारै यी कुराहरू सिम्बोलमा आउन थाले । समय क्रममा विम्ब या प्रतीकहरू खडा हुन थाले । अनि जन्मिए देवी देउताहरू । तलेजु भवानी, गुह्येश्वरी र नवदेवीहरू जन्मिए । मातृशक्तिको आराधना सुरु भयो । यो क्रम नेपालमा सयौं वर्षदेखि नै थियो । खासगरी तान्त्रिक युग सुरु भएपछि शक्तिपीठहरू निर्माण गरिए । गुणकाम देवले काठमाडौं सहर बसाल्दा पनि बस्तीको सुरक्षाका लागि वरिपरि शक्तिपीठहरू निर्माण गरेका थिए । विम्ब र प्रतीकका रूपमा जन्मिएका यी देवीदेउताहरूमाथि पछि अनेकौं मिथहरू जोडिए, थपिए । असत्यमाथि सत्यको जित । असुरमाथि सुरको जित । पछि राम र रावणको कथा पनि जोडियो । मातृ शक्तिपीठको पूजा र आराधना परम्परा नै पछि दसैंको रूपमा स्थापित भयो ।

    दसैंले सम्पूर्ण नेपाली समाजलाई जोड्न सक्दैन भन्ने मत पनि छ नि ?
    मलाई के लाग्छ भने यो पर्व कुनै धर्म र जातविशेषको हैन । हिन्दु र बौद्ध भनेर यसलाई विभाजित गर्नुहुन्न, यो त सनातनी पर्व हो । हिन्दुले नि मान्ने बौद्धले नि मान्ने । हिन्दुले दसैंमा देवीको पूजा गर्छन्, बौद्धले प्रज्ञाको । हिन्दुले रातो टीका लाउँछन्, बौद्धले सेतो । हिन्दुले काटमार गरेर मनाउँछन्, बौद्धले नगरीकन मनाउँछन् । यो त मुलुकभित्रका मात्रै हैन, बाहिरका नेपालीको समेत पर्व हो । संसारभर छरिएका नेपालीलाई यसले जोड्ने काम गरेको छ । सवाल के हो भने राज्यले विभेदको नीतिचाहिँ अँगाल्नु हुन्न । हाम्रा सबै चाडबाडहरूको उत्तिकै अहं स्थान छ । चाडबाड भनेकै सामाजिक/सांस्कृतिक सदभावका सेतु हुन् । इदमा हामीले मुस्लिमलाई ‘मुबारक’ भनेकैं छौं, मुस्लिमले पनि दसैंको शुमकामना भनेकै छन् । मुलुकभित्रका अरू थुप्रै पर्वहरूको हकमा यस्तो भावना विकास हुनुपर्छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.