×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सम्मेलन बहिष्कार गरेर भारतले दिन चाहेको सन्देश

  •  
  • बुधबार, असोज १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोदीको पद वहालीसंगै चाहेको सम्बन्ध सुधार शत्रुतामा बदलिंदै

    – कमलदेव भट्टराई, नयाँ दिल्ली

    आश्विन १२, २०७३- पाकिस्तानलाई कुटनीतिक रुपमा एक्लो पार्ने रणनिति अनुसार भारतले आगामी नोभेम्वर ९ र १० मा इस्लामावादमा हुने १९ औं सार्क सम्मेलनमा भाग नलिने घोषणा गरेको छ ।

    यससंगै सार्कको आगामी सम्मेलन मात्र होइन समग्र सार्क नै विगतमा झैं भारत पाक तनावको छायाँमा पर्ने निश्चित छ । अव भारत र पाकिस्तानको वीचमा सम्वन्ध नसुध्रिएसम्म सम्मेलन हुन कठिन छ ।

    पाकिस्तानविरुद्ध कुटनीतिक, राजनीतिक, सैन्य तथा अन्य सवै खाले दवाव सिर्जना गर्ने भारतको नीतिको एउटा कडि सार्क सम्मेलनको वहिष्कार हो । पाकिस्तानले भने भारतको निर्णयलाई दुर्भाग्यपूर्ण भन्दै आफूलाई अहिलेसम्म कुनै पनि प्रकारको जानकारी नआएको वताएको छ ।

    भारतले पाकिस्तानतर्फ स्पष्ट संकेत गर्दै सिमामा आतंकवादी गतिविधि गरिएको र आन्तरिक मामिलामा हस्तक्षेप गरेका कारण सार्क सम्मेलनमा भाग लिने वातावरण नभएको वताएको छ ।  यस अगाडी पनि भारत र पाकिस्तानवीचको तनावको कारणले सन् २००२ मा चार वर्षको अन्तरालमा काठमाडौमा सार्क सम्मेलन भएको थियो ।

    यस अगाडी भारतले नेपाल, वंगलादेश, अफगानिस्तान र भुटानलाई कुटनीतिक माध्यममार्फत सहभागिता नजनाउन आग्रह गरिरहेको थियो । भारतीय संचार माध्यमहरुले वंगलादेश र भुटानले पनि सार्कको अध्यक्षता गरिरहेको नेपाललाई सार्क सम्मेलनमा उपस्थित नहुने जानकारी गराईसकेको दावी गरेको छ । यस अगाडीको गृहमन्त्री तथा अर्थमन्त्रीहरुको वैठकमा वंगलादेशलले आन्तरिक कारण देखाउँदै सहभागिता जनाएको थिएन ।

    भारतले पाकिस्तान वाहेक अन्य मुलुकहरुसंग कुटनीतिक तहमा राम्रो छलफल गरेर नै निर्णय लिएको पाइन्छ । भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा नै अन्य केही मुलुकको समेत ‘रिजर्भेसन’ रहेको उल्लेख गरिनुले पनि यसको संकेत गर्छ । अहिले सार्कको आयोजक पाकिस्तान भएपनि सार्कको अध्यक्षता गरिरहेको हुनाले भारतले नेपाललाई सार्क सम्मेलनमा सहभागी नहुने जानकारी गराएको छ ।

    दुई देशकोवीचमा रहेको तनावपूर्ण वातावरणका बीच सन् २००२ मा नेपालमा भएको सार्क सम्मेलनमा दुवै देशले भाग लिएका थिए । यद्यपी दुई वर्ष अगाडी नेपालमा भएको १८ औं सार्क सम्मेलनको वेला त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले एक आपसमा हात नै मिलाएका थिए ।

    विशेषगरी गत वर्ष पाथानकोटमा भएको आतंकवादी आक्रमण र सेप्टेम्वर १८ मा भएको युरी आक्रमणमा भारतका १८ जना सैनिकहरुको मृत्यु भएपछि दुई देशको सम्वन्ध अत्यन्तै विग्रिएर गएको छ । यि आक्रमणहरुमा पाकिस्तानको हात रहेको भारतीय आरोपछ । भारतले पाकिस्तानमाथि दवाव सिर्जन गर्नका लागि राजनीतिक, कुटनीतिक, सैन्य र अन्य विभिन्न विकल्पहरुको प्रयोग गरिरहेको छ ।

    यस अगाडी भारतको परराष्ट्र नीति सम्वन्धी थिङ ट्याङक भारतीय विश्व सम्वन्ध परिषद्ले जो गेटवे हाउसको नामले परिचित छ उसले तयार पारेको एक रिपोर्टमा भारतले पाकिस्तानमाथि दवाव सिर्जना गर्नका लागि पाकिस्तानमा हुने सार्क सम्मेलन वहिष्कार गर्न सुझाएको थियो ।

    “भारतको कुटनीतिक दवाव आगमी नोभेम्वरमा पाकिस्तानमा हुने सार्क सम्मेलन वहिष्कार गर्ने र अन्य सदस्य राष्ट्रहरुलाई पनि वहिष्कारको लागि आग्रह गर्नु हुनसक्छ,” सो प्रतिवेदनमा भनिएको छ । त्यसैगरी भारतले विश्वका नेताहरुलाई वोलाएर भारतले  आतंकवाद विरोधी अन्तराष्ट्रिय सम्मेलनको आयोजना समेत गर्न सक्ने सो संस्थाले जनाएको छ । सार्क सम्मेलन वहिष्कार गरेर अन्य मुलुकहरुलाई पाकिस्तानमाथि दवाव सिर्जना गर्न लगाउने भारतको नीति रहेको छ ।

    यस अगाडी पाकिस्तानमा भएको गृहमन्त्रीस्तरीय वैठकमा नेपाल र वंगलादेशको तर्फबाट गृहमन्त्रीले भाग लिएनन । भारतीय गृहमन्त्री राजनासिंहले छोटो समयमा लागि भाग लिए । सो गृहमन्त्री स्तरको वैठकमा सार्कको समग्र विषयमा छलफल भन्दा पनि भारत र पाकिस्तानको विषयले वढी प्राथमिकता पायो । अघिल्लो हप्ता मात्र दिल्लीमा भएको सार्क मुलुकका विज्ञहरुको वैठकमा सार्क मुलुकहरुले आतंकवाद नियन्त्रण गर्न एक आपसमा मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    सार्क क्षेत्रमा वढ्दो आतंकवाद नियन्त्रण लगायतका विषयमा खासै छलफल भएन । त्यसैगरी पाकिस्तानमा भएको अर्थमन्त्रीहरुको वैठकमा भारतका अर्थमन्त्री अरुण जेट्ली सहभागी भएनन् । भारत र पाकिस्तानको द्वन्द्वको कारणले सार्कले फेरी अपेक्षाकृत गति नलिने सम्भावन वढिरहेको छ । पाकिस्तानलाई दक्षिण एसिया तथा अन्तराष्ट्रिय रुपमा जसरी पनि एक्लो पार्ने प्रयासमा भारत लागिरहेको छ ।

    आन्तरिक रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले लिने निर्णयमा विपक्षीलगायत सवै राजनीतिक दलको समर्थन देखिन्छ । विपक्षी कांग्रेस आइले त अझ पाकिस्तानलाई आतंकवादी मुलुक घोषणा गर्दै कडा नीति लिनुपर्ने वताईरहेको छ ।  नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि भारत र पाकिस्तानको वीचमा वृहत संवादको तयारी गरिएको थियो । आफ्नो सपथमा पाकिस्तानी प्रधानमन्त्रीलाई निमन्त्रणा गरियो । आफै पनि पाकिस्तान पुगे । तर, त्यो अगाडी वढ्न सकेन, बरु सत्रुतापूर्व सम्बन्धको विकास हुँदैछ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    भारतले आज पनि पठायाे राहत सामग्री
    भारतकाे ६ राज्यमा स्वाइन फ्लु फैलियो
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.