×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

माओवादी पूर्व लडाकु तरुण दलको सभापतिमा निर्वाचित

  •  
  • मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदीप कैनी, गोरखा
    माओवादी सशस्त्र विद्रोहका पूर्व लडाकु ताक्लुङ गाविसका अरुण भनिने यमबहादुर थापा कांग्रेस निकट तरुण दलको चौथो अधिवेशनबाट सभापतिमा निर्वाचित भएका छन् ।
    कुल खसेको २१९ मतमा १९७ मत ल्याएर शुक्रबार थापा तरुण दल गोरखाको अध्यक्ष निर्वाचति भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी धुव्र गुरुङले १३ र अर्का प्रतिस्पर्धीले ८ मत प्राप्त गरेका हुन् । २०५४ सालबाट माओवादीमा भुमीगत भएर लागेका उनी २०७० सालको संविधानसभा चुनाव अघि कांग्रेसमा प्रवेश गरेका थिए । माओवादी छाडनु अघि उनी पूर्व लडाकुको कमाण्डर थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी वाईसीएलमा लागेर काठमाडौंमा सक्रिय भएको एक नेताले बताए । डन र लागुऔषध प्रयोगकर्तालाई तह लगाउने नाममा उनी चर्चामा आएका थिए ।

    हतियार सहित प्रहरीले प्रक्राउ गरेपछि थापा पार्टीले सहयोग नगरेको भन्दै कांग्रेसमा प्रवेश गरेको एक पूर्व लडाकुले बताए । नयाँ बसपार्क क्षेत्रमा ठेक्कापट्टा र वाईसिएलको नाममा ज्यादती मच्चाउँदै आएका थापालाई प्रहरीले हतियार सहित प्रक्राउ गरेको थियो । कांग्रेस नेता खुमबहादुर खड्काले छुटकारा दिन सहयोग गरेपछि सहयोगी सहित उनी कांग्रेसमा प्रवेश गरेका थिए । थापा अहिले पनि खड्का निकट मानिन्छन । तरुण दलले उनलाई आमन्त्रित केन्दि्रय सदस्यता दिएको थियो । २०७० को संविधान सभाको निर्वाचनमा चुनाव प्रचारमा गोरखा क्षेत्र नंम्बर १ मा खटिएको बेला उनलाई पुनः प्रहरीले भरुवा बन्दुक सहित प्रक्राउ गरेको थियो । हिरासतबाट छुटकारा पाउँदा उनलाई उमेदवार सहित कांग्रेस नेता कार्यकर्ताले अबिर, फुलमालाले स्वागत गरेका थिए । विगत ३ वर्ष देखि उनी कांग्रेसमा सक्रिय थिए ।

    वाईसिएलमा राजधानीमा सक्रिय हुदाँ उनले गुण्डागर्दीबाट अवैध सम्पत्ति आर्जन गरेको आरोप छ । यद्यपी उनी यतिबेला राजधानीमा होटल र दोहोरी साँझ लगायत व्यवसायमा सक्रिय छन् । उनको श्रीमति समेत पूर्व लडाकु हुन् । उनलाई निर्विरोध सभापतिमा निर्वाचित गराउन जिल्ला स्थित कांग्रेस नेतृत्वले प्रयास गरेको थियो । दुई दिनको प्रयास असफल भएपछि चुनावी प्रतिस्पर्धाबाट उनी भारी मतले बिजयी भएका हुन् । निर्वाचित भएपछि उनले संचारकर्मीहरु सँग भने ‘बुलेटबाट राजनिति गर्ने माओवादी पनि व्यालेटमा पुगेको छ, बुलेटले मात्र राजनिति हुन्छ भन्नु भ्रम रहेछ ।’ माओवादीले भन्ने र गर्ने व्यवहार फरक रहेको उनले बताए । ‘युवाहरुलाई लडाउने भिडाउने होइन, उनीहरुलाई स्वदेशमै रोजगारी दिने प्रयास गर्छु ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.