×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्रेमले बोलायो जापानी हितकारी

  •  
  • शनिबार, भदौ २५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ‘अब यतै रस बसिसक्यो, माया बलियो भइसक्यो’

    खगेन्द्र गिरी काठमाडौं भदौ २५

    हिदेतोशी र अञ्जली
     ‘कोनिचिवा!’ उनले ढोकैमा हाम्रो स्वागत गरे र भित्र लगेर एउटा प्लास्टिकको टेबलअगाडि कुर्सीमा बसाले। मझौला कद, लाम्चो र गोरो अनुहारमा कालो फ्रेम भएको चश्मा लगाएका उनी हाम्रो सम्मुख उत्सुकताका साथ बसे। कुर्सीमा बसेर केहीबेर शीतल तापेपछि कुराकानी सुरु भयो।

    जापानमा विश्वविद्यालय सक्ने विद्यार्थी धेरै पैसा कमाउन मेसिनजस्तो जिन्दगी बिताउने कि आफूलाई रमाइलो काम गरेर बिताउने भन्ने कुरा रोज्नमा समय लगाउँछन्

    जापान साइतामाका हिदेतोशी सुबाकी अहिले काठमाडौँको मूलपानीमा डेरा गरी बसेका छन्। नाम हिदेतोशी सुबाकी भए पनि सबै जना उनको पारिवारिक नाम सुबाकीको सु हटाएर जापानी भाषाको सम्मानसूचक शब्द सान थपेर बाकीसान भनी बोलाउँछन्।

    साथमा उनकी पत्नी अञ्जली पनि छिन्। अञ्जली धादिङ कुम्पुर–६ आदमघाटकी हुन्। अहिले उनीहरू अर्गानिक खेतीका लागि राम्रो जग्गाको खोजीमा छन्। यसअघि उनीहरूले भैँसेपाटीमा सात रोपनी जग्गा भाडामा लिएर दुई वर्षसम्म अर्गानिक खेती गरेका थिए। जग्गाको सम्झौता सकिएपछि अहिले मूलपानी सरेका छन्। यसपटक हिदेतोशी दुई रोपनी मात्रै जग्गा भाडामा लिने सोचमा छन्। भन्छन्, ‘सात रोपनीमा स्याहार पुर्‍याउनै नसकिने रैछ। दुई रोपनी ठीक्क हुन्छ।’ उनको भनाइमा सँगै बसिरहेकी पत्नी अञ्जली पनि सही थापिरहेकी थिइन्।

    नेपालमा खेती गर्नु त्यति सजिलो लागेन उनलाई। ‘अर्गानिक उत्पादन अरु उत्पादनभन्दा झण्डै दोब्बर महङ्गो हुनाले किन्ने ग्राहक नहुने समस्या छ,’ उनले बेलिबिस्तार लगाए, ‘तर अलिकति धेरै जग्गामा मेहनत गरेर खेती गर्ने हो भने घाटा बेहोर्नु पर्दैन।’

    जापानजस्तो विकसित देशमा जन्मे–हुर्केका एक युवा नेपालमा बसेर किन खेती गरिरहेका छन् त? नेपालसँग उनको नाता कसरी जोडियो? यही जिज्ञासाले हामीलाई उनीसम्म डो¥याएको थियो। हाम्रो जिज्ञासापछि उनले मुस्कुराउँदै चश्मा मिलाए र उत्तर दिन तयार भए।

    सन् २०११ मा स्नातकोपाधि पाउनुभन्दा एक वर्षअघि हिदेतोशी पहिलो पटक नेपाल आएका थिए। ‘जापानमा युनिभर्सिटी सक्ने वर्ष विद्यार्थीहरू जीवनमा आफू के गर्न चाहने हो, त्यसबारे अध्ययन गर्छन्’ उनले सुनाए, ‘म पनि यस्तो कामको खोजीमा थिएँ, जसले आफूलाई सन्तुष्टि पनि देओस् र अरु कसैलाई सहयोग पनि होस्।’

    यहीबेला उनको रियो नामका साथीसँग भेट भयो, जो देशविदेश घुमिसकेका थिए र एक आइएनजिओ चलाउँथे। रियोले उनलाई आफ्नो आइएनजिओमा जोडे। सो आइएनजिओले नेपालसहित फिलिपिन्स, बङ्गलादेश र भियतनाममा समेत काम गथ्र्यो।

    नेपाल आउनुअघि जापानमै अनेक तालिम तथा कार्यशाला भए। उनीहरूलाई विभिन्न समस्या कसरी समाधान गर्ने भनेर सिकाइयो। त्यसपछि अगस्ट २०११ मा उनी साथीहरूसहित नेपाल आए। नेपालका केही स्थान उनलाई खुबै मन परे। ‘म सानो छँदा चारपाँच वर्ष साउदी अरब बसेको थिएँ,’ उनले सुनाए, ‘मैले नेपाल पनि अरबजस्तै होला भन्ने सोचेको थिएँ।’

    त्यही भ्रमण उनको जीवनलाई मोड्ने घुम्ती बन्यो। तीन हप्ताको बसाइमा उनी पोखरा, चितवनजस्ता पर्यटकीय स्थल घुमे। तर उनको मन अडियो धादिङको कुम्पुर ६ आदमटारमा। उनी त्यहाँ आइएनजिओको फोहोरमैला व्यवस्थापन कार्यक्रममा सहभागी हुन पुगेका थिए। त्यहीँको एक विद्यालयको क्यान्टिन अञ्जलीले बाबुआमासहित चलाउँथिन्, जहाँ हिदेतोशी र उनका साथीहरू खानाखाजा खाने गर्दथे। फुच्ची अञ्जली आँखामा गडेपछि उनले आइएनजिओका अरु कामकाज साथीभाइको जिम्मा लगाए र अञ्जलीसँग बोल्ने मौकाको खोजीमा लागे।

    ‘त्यसबेला म नेपालीका चार/पाँच शब्द बोल्न जान्दथेँ,’ उनले सम्झिए। तैपनि उनले हिम्मत हारेनन्। भने, ‘भाषा सिक्ने निहुँले ख्यालख्यालमा अञ्जलीलाई म तिमीलाई मन पराउँछु भनेँ।’ तर त्यो ख्यालख्याल रहेन। नेपाल बसाइको समय सकिँदै थियो तर आदमटारले उनलाई छाड्न पक्षमा थिएन।

    अनि गम्भीर भएर उनले अञ्जलीसँग मन बिसाए। अञ्जलीले भने आफ्नो पोल्टाको जिम्मा बुबाआमाको थाप्लोमा बिसाइदिइन्। अब अञ्जलीका बुबाआमालाई कसले ‘कन्भिन्स’ गर्र्ने? आँटेर हिदेतोशी आफै अघि सरे। ‘आँट त पुगेको थिएन, तैपनि जे त होला भनेर म उनको बुबाको अघिल्तिर उभिएँ’ उनले अञ्जलीतिर सङ्केत गर्दै भने। अञ्जलीका बुबा हल्काफुल्का अंग्रेजी बुझे पनि उनको भारी जापानी लवजसहितको अंग्रेजी बुझ्न सक्दैनथे। तैपनि उनले अंग्रेजीमा म तपाईंकी छोरीलाई मन पराउँछु भने।

    ‘त्यसबेला मै मात्रै बोलिरहेँ, उहाँले मुन्टो मात्रै हल्लाइरहनुभयो’, हिदेतोशी लजाउँदै त्यो क्षण सम्झिन्छन्, ‘उहाँले बुझे पनि नबुझे पनि मेरो मन चैँ हल्का भयो।’

    मामिला छिनोफानो भइसकेको थिएन। उनलाई जापान फर्किनुपर्यो। अञ्जलीका बुबाआमाबाट सकारात्मक संकेत पाइसकेका उनी प्वाँखजस्तो हलुका मन लिएर घर फर्किए र बुबाआमालाई आफूले नेपालीसँग बिहे गर्ने निर्णय सुनाए।

    हिदेतोशीका बुबा सेगुरु सुबाकी वर्षौँ विदेशमा बसेका र अनेकौँ देश घुमिसकेका हुनाले छोराको कुरामा खासै आश्चर्यचकित भएनन्। तर आमा काजु भने छोराको प्रस्ताव सुनेपछि पिरिइन्। ‘आमालाई नेपाल भन्ने देश नै थाहा थिएन, त्यही भएर चिन्ता गर्न थाल्नुभयो,’ उनले भने।

    त्यो हिदेतोशीका लागि कठिन समय थियो। विश्वविद्यालयमा ‘स्क्रिप्ट राइटिङ’ पढ्दै गरेका उनले त्यही वर्ष एउटा स्क्रिप्ट बुझाउनु पथ्र्यो। अब नेपालमा बिहे गर्ने भनेपछि पैसाको जोहो पनि गर्नु थियो। ‘त्यसबेला म बिहान नौ बजेदेखि बेलुका सात बजेसम्म र बेलुका सात बजेदेखि रातीको दुई बजेसम्म दुई सिफ्टमा काम गर्थेँ’ उनले सुनाए। यसैबीच २०१२ को मार्चमा उनी केही दिनका लागि नेपाल आए। फर्किएपछि पनि उनको व्यस्तता रहिरह्यो।

    अन्ततः उनले नेपाली बालबालिकासम्बन्धी एउटा स्क्रिप्ट लेखेर विश्वविद्यालयमा बुझाए। करीब एक वर्ष काम गरेर केही पैसा जोगाएपछि उनी नेपाललाई बुझ्ने कोशिसमा लागे। नेपालसम्बन्धी जानकारी भएका भेटेसम्मको पुस्तक किनेर पढे। ‘झण्डै दश वटा पुस्तक जम्मा भएको थियो’ उनले जानकारी दिए।

    उनले नेपालमा झण्डै बीस वर्ष बसिसकेका एक व्यक्तिलाई भेटे। उनले ती व्यक्तिलाई नेपालमा के गरेर आफ्नो पेट पाल्ने र अरुलाई केही सघाउन पनि सकिन्छ भनेर सोधे। तिनै व्यक्तिले उनलाई नेपाल कृषिप्रधान देश भएको र आधुनिक कृषि प्रणाली विकास गरेर खेती गर्न सके नेपालमा आयआर्जन गर्न सकिने र त्यो प्रणालीबारे अरुलाई सिकाउँदा तिनलाई सहयोग पुग्न सक्ने बताए।

    ‘त्यसो भए म पनि नेपाल गएर खेती गर्छु,’ उनले ती व्यक्तिलाई आफ्नो निश्चय सुनाए।

    ‘तिमीलाई खेती गर्न आउँछ त?’

    ‘आउँदैन, तर म सिक्छु।’

    सोही व्यक्तिले हिदेतोशीको सम्पर्क अर्का एक गुरुसँग गराइदिए, जो बिस वर्षदेखि नियमित दमौलीमा आउनेजाने गरिरहेका थिए र जापानमै पनि कृषि तथा पशुपालन पढाउँथे। उनी तिनै गुरुलाई आग्रह गरेर कृषि सिक्न गए।

    झण्डै सात महिना उनी गुरुको घरनजिकैको सानो छाप्रोमा बसे। गुरुले लगाएका खेतीनजिकै छुट्टै ड्याङ बनाएर खेती गरे– काँक्रो, गाँजर, मुला, गोलभेँडा।

    ‘उही मल, उही पानी, उही जमीन हुँदा पनि ७२ वर्षीय गुरुको ड्याङको तुलनामा मेरो ड्याङको उत्पादन ७० प्रतिशत मात्रै भयो,’ हिदेतोशी सम्झिन्छन्। तर गुरुले उनलाई आफूले सिकाएका मान्छेमध्ये सबैभन्दा धेरै उत्पादन गर्न सक्ने भनेर तारिफ गरिदिए।

    अन्ततः डिसेम्बर ०१३ मा बुबालाई समेत लिएर उनी नेपाल आए, विवाहको तयारीसहित। त्यसो त उनी बीचबीचमा पनि पाँचपटक नेपाल आइसकेका थिए।छैटौँपटकमा आदमटारमै हिन्दू विधिविधानमै अञ्जली र उनी दुलहादुलही बने।

    अञ्जलीकै एक नातेदारको घरबाट जन्ती निस्कियो। त्रिशुलीको किनारैमा रहेको अञ्जलीको घरमा जन्तीको लस्कर मादल बजाउँदै र नाच्दै पुग्यो। ‘म बुबासँगै जन्तीको लस्करको बीचमा हिँडिरहेको थिएँ,’ उनी भन्छन्। अञ्जली बेहुलीको रूपमा सिँगारिएर उनको छेउमा बस्न आइपुगेपछि पनि पुरेतले अनेक काम गराए। ‘घरि उठेर फन्को लगाउनुपथ्र्यो भने घरि बसेर पानी समाउनुपथ्र्यो,’ उनी सम्झिन्छन्। अब त सकियो भनेको बेला भएजति सबै मानिस हातहातमा खाम बोकेर टीका लगाउन आए।

    ‘धेरैबेर लागे पनि मलाई रमाइलै लागिरहेको थियो,’ हिदेतोशी विवाहको क्षण सम्झिदैँ सुनाउँछन्, ‘किनभने मेरो जीवनमा त्यो सब पहिलो पटक भइरहेको थियो।’

    विवाहपछि उनी एक महिना नेपालमै बसे र अञ्जलीको भिसा प्रक्रिया नमिलेकाले एक्लै जापान फर्किए। २ महिनापछि फेरि नेपाल आए। ‘आजभोलि त हामी एकदुई वर्षमा एक पटक मात्रै जापान गइरहेका छौँ।’ अञ्जलीले सुनाइन्। यसबीचमा अञ्जली दुई पटक जापान गइन्।

    ‘अनि जापानको याद आउँदैन?’

    हिदेतोशी लामो हाँसो हाँस्छन् र भन्छन्, ‘मलाई बुबाआमा र अरु सबैथोकभन्दा जापानी खानाको बढी नियास्रो लाग्छ।’ उनी ‘नियास्रो’ शब्द सजिलै उच्चारण गर्दै भन्छन्। त्यसमा पनि नेपालमै बनाउन मिल्ने जापानी खाना उनी कहिलेकाहीँ बनाएर खान्छन् तर यहाँ घरैमा बनाउन नसकिने रामन, सुसीजस्ता खानेकुराबारे सोच्न मात्रै सक्छन्।

    ‘मलाई नेपाली खाना पनि मन पर्छ, ससुरालीको दालभात र अचार खुब मिठो लाग्छ, अनि बानेश्वरको मःम पनि,’ उनलाई नेपाली खाना पनि स्वादको लाग्दोरहेछ।
    उनी रक्सी खादैँनन् तर छ्याङमा चिनी हालेर खादाँ मीठो लाग्ने बताउँछन्। उनी नेपाल आउँदा केही जापानी मसला लिएर आउँछन् र जापानी तरिकाले खाना पकाएर खुवाउँदा यहाँका मान्छे मीठो मान्छन्।

    अहिले मूलपानीमा दशबाह्रजनासँग उनको उठबस बढी हुन्छ। ती परिवार र व्यवसाय गर्दा नियमित भेटिने मान्छे हुन्। ‘अरु मान्छे त म कोही पनि चिन्दिनँ’ उनी भन्छन्।

    उनलाई नेपाली राजनीतिबारे खासै चासो छैन। ‘राजनीतिले मलाई असर पार्‍यो भने मात्रै के हुदैँछ भन्ने थाहा हुन्छ,’ उनी भन्छन्, ‘अस्ति पेट्रोल नपाएपछि मात्रै नाकाबन्दी लागेको थाहा भयो।’

    आर्थिक हिसाबले कुन देश कहाँ पुग्दैछ, यो भने उनलाई जानकारी छ। भन्छन्, ‘नेपाल चाहिँ पुरानो जापानजस्तो हुदैँछ। मान्छेहरू धेरै पैसा कमाउन, राम्रो घर बनाउन, महंगो गाडी चढ्न खोज्दै छन्। हाम्रो बुबाहरू तन्नेरी हुँदा र हजुरबाहरूको पालामा जापान पनि त्यस्तै थियो। तर एक पटक देशको आर्थिक अवस्थामा सुधार आइसकेपछि मान्छेले पैसामा खुसी खोज्न छोड्छ।’

    ‘सबैथोक भएर पनि मनमा खुसी हुदैँन’, उनी भन्छन्। त्यही भएर जापानमा अहिले विश्वविद्यालय सक्ने विद्यार्थी धेरै पैसा कमाउन मेसिनजस्तो जिन्दगी बिताउने कि आफूलाई रमाइलो काम गरेर बिताउने भन्ने कुरा रोज्नमा समय लगाउने उनी सुनाउँछन्।

    ‘जापानमा एकदम चर्चित ब्राण्डको कपडा व्यापारी मेरो दाजुले भर्खरै काम छोडे।’ उनले सुनाए।

    हिदेतोशीले रोपेको खुर्सानी

    उनको भविष्यको योजना के छ?

    ‘कुनै एनजिओ आइएनजिओसँग कोअर्डिनेट गरेर मानिसहरूलाई खेतीपातीको आधुनिक तरिका सिकाउने लक्ष्य छ,’ उनले सुनाए, ‘अलि पछि पैसा कमाउन सकियो भने अनाथ बालबालिकाको क्षेत्रमा काम गर्ने सोच छ।’

    तर उनको तत्कालीन र दीर्घकालीन लक्ष्य नेपालमै केन्द्रित छ।

    जापान नफर्किने त?

    ‘पछि के हुन्छ थाहा छैन, अहिले नै जापान जाने योजना छैन।’

    विदेशिने नेपाली युवाबारे उनलाई थाहा छ। विदेश जाने तयारीमा लागेका आफ्नै जेठानतिर औँला देखाएर उनी भन्छन्, ‘विदेश त मान्छे गइहाल्छन् नि, तर विदेशमा सिकेको सीप यहाँ आएर प्रयोग गर्‍यो भने छिटो उन्नति हुन्छ। नेपालमा चाहिँ मैले त्यस्तो कमै देखेको छु। मान्छेहरूले फोहोर गरेको मलाई अलिकति पनि मन पर्दैन।’

    कहिलेकाहीँ फुत्त छोडेर हिँड्न मन लाग्दैन?

    ‘पहिलेपहिले लाग्थ्यो तर अब त्यस्तो लाग्दैन,’ उनी गम्भीर अनुहार बनाएर भन्छन्, ‘अब यहाँ रस बसिसक्यो, माया बलियो भइसक्यो।’

    कुराकानी सकेर बाहिरिदैँ गर्दा सुरुकै मिठो मुस्कान अनुहारमा भरेर भने– ‘माता ने!’

    अर्थात् फेरि भेटौँला।

    nepalkhabar

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.