×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

मानवअधिकार आयोगलाई ब्यारेक पस्न दिइएन

  •  
  • शनिबार, भदौ २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाल आर्मी फाइल तस्बिर
    यम विरही
    काठमाडौं: नेपाली सेनाले एक बन्दीका विषयमा छानबिन गर्न पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई सुदूरपश्चिमाञ्चलको दिपायल पृतनामा प्रवेश दिन इन्कार गरेको छ । प्रवेश नदिइएपछि आयोगको टोली खाली हात धनगढी फर्किएको छ ।
    यता ब्यारेकमा बन्दी बनाइएका व्यक्तिलाई बाटोको म्यादबाहेक २४ घन्टाभित्र आयोगमा उपस्थित गराउन नेपाली सेनाको जंगी अड्डालाई पत्राचार गरिएको छ । सैनिक ब्यारेकका गोलीगट्ठा गायब पारिएको आरोपसहित सेनाका जवान देवसिंह बोहोरालगायत सैनिकलाई गम्भीर यातना दिएको सूचनाका आधारमा आयोग टोली गत भदौ २२ गते दिपायल पृतना पुगेको थियो ।
    आयोग टोलीले निमित्त पृतनापति सुदर्शनविक्रम राणा र कर्णेल गौरवबहादुर केसीलाई भेटेर बन्दीका विषयमा बुझ्ने कार्यक्रम थियो । ‘२२ गतेदेखि २४ गतेसम्म टोली दिपायलमै बस्यो तर पृतनामा प्रवेशको अनुमति दिइएन’, आयोगस्रोतले अन्नपूर्ण पोस्ट्लाई भन्यो, ‘आजै (शुक्रबार) आयोग टोली यत्तिकै फर्केर क्षेत्रीय कार्यालय धनगढी आएको छ ।’
    पृतनापति र कर्णेललाई बारम्बार अनुरोध गरे पनि पस्न नदिइएको भनाइ स्रोतको छ । बन्दी बनाइएका सैनिकलाई ब्यारेकमा यातना दिइएको भन्दै पीडितका आफन्तमार्फत आयोगमा उजुरी परेको थियो । बन्दीको मानवअधिकारको विषय आयोगको क्षेत्राधिकारभित्र पर्ने भएकाले अनुगमन गर्न पाउनुपर्ने माग टोलीको थियो ।
    राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ को दफा ११ र १२ मा मानवअधिकार उल्लंघन भएको सम्बन्धमा जानकारी प्राप्त हुन आएमा आयोगले छानबिनको कारबाही अघि बढाउनसक्ने र मानवअधिकार उल्लंघन भएको देखिन आए त्यस्तो कार्य रोक्न निर्देशन दिनसक्ने अधिकार आयोगलाई छ ।
    ‘मानवअधिकार उल्लंघन भएको विषयमा जुनसुकै निकायमा गएर छानबिन गर्न र दोषी देखिए संविधान र ऐनअनुरूप कारबाही सिफारिस गर्न रोक छैन’, आयोग स्रोतले भन्यो, ‘पृतनामा रोक लगाएको विषय आयोगले बुझ्न सकेको छैन । यस विषयमा सेनाप्रमुखसँग छलफल गर्छौं ।’ आयोगले दिपायल पृतनाबाट बन्दीलाई झिकाएर आयोगकै संरक्षणमा छानबिन गर्ने भएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ३०० र चाँदी २५ रुपैयाँले बढ्यो
    गोरखाको सहिद लखनका २० जना बिद्यार्थीहरुलाई छात्रवृति
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.