×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

तिब्बती हटिया खुलेपछि…

  •  
  • शनिबार, भदौ १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिब्बती हटिया खुलेपछि…
    घरायसी सरसामान बाेकेर तिब्बतकाे काेङ्दाङ बजारबाट फर्कदै गरेका गाेरखा सामगाउँबासीका याक। अन्नपूर्ण
    शिव उप्रेती
    गोरखाःसामागाउँ ५ का मिङ्मार लामा साउन २६ गते गाउँका गन्नेमान्ने पाँचजनाका साथमा तिब्बतको कोङ्दाङ सहर गए । अघिल्ला वर्षजस्तै त्यहाँको सरकारका प्रतिनिधि (स्याङ्ताङ) लाई भेटेर सिमाना खुलाइदिन अनुरोध गरे । हरेक वर्ष यार्सागुम्बा टिपिसकेपछि खुल्ने नाका यस वर्ष खुल्न ढिला भइसकेको थियो । स्याङ्ताङले भदौ १० गतेभित्र नाका खुलाउने निर्णय गरी टेलिफोन गर्ने वचन दिए । नभन्दै भदौ १० गतेदेखि सामागाउँको रुइला नाका १५ दिनका लागि खुल्यो ।
    एक वर्षदेखि बन्द नाका खुलेपछि खुसी भएका सामागाउँ, ल्हो, प्रोक र बिही गाविसका एक हजार घरधुरीका बासिन्दा बाँध फुटेपछिको खोलाझैं गोठमा रहेका याक, चौरी, नाक, झोपाको लर्कन लिएर तिब्बततिर जान थाले ।
    मिङ्मारको टोली बिहीबार बिहान खाजा खाएर साढे ६ बजेतिर याक, चौंरी, झोपा धपाउँदै कोङ्दाङ हिँडे । उनको साथमा गाउँका १२ जनाको टोली थियो । उनीहरू अपराह्न साढे चार बजेतिर ३५ नम्बर पिलर रहेको सिमानानजिक पुगे । एकै दिनमा त्यहाँभन्दा उता कट्न मिल्दैन किनभने कोङ्दाङ नपुगेसम्म याक, चौंरी, झोपालाई राख्ने र खुवाउने ठाउँ पाइँदैन । बीच बाटोमा अलपत्र भइन्छ ।
    त्यसैले सिमानाको ड्यास्युथाङको चौरमा पुगेपछि बास बस्ने सुरसार गर्न थाले । कोही थकाइ मार्ने, कोही साँझको खाना बनाउने, कोही चिया बनाउने, कोही हाँसीमजाक गर्न सुरु भयो । त्यो रात सबैले त्यही खुला चौरमा बिताए । ‘चार हजार ६ सय ६० मिटर अग्लो ठाउँको खुला चौर । वरिपरि हिमाल । जाडोको त कुरै नगरौं’, मिङ्मारले भने, ‘एकैछिनमा कालो बादल लाग्ने, पानी पर्ने, हिउँ फिस्फिसाउने । जसोतसो रात काटियो ।’
    उनी भोलिपल्ट बिहान ६ बजे निस्केर एक घन्टामा तिब्बतको रुई गाउँ पुगे । त्यहाँ तिब्बती कर्मचारीले यताबाट गएका मान्छे र याक चौरीलाई औषधि छर्किए । ‘पोहोर त बैंकमा पस्ने बेलाजस्तै मेसिन लगाएर चेक गरेको थियो । अहिले औषधिमात्र छर्केर तिब्बत छिर्न दिए’, उनले भने । रुईबाट दुई घन्टा याक, चौंरी धपाउँदै उनीहरू कोङ्दाङ पुगे । याक, चौरीं, झोपा त्यहींका ठेकेदारलाई जिम्मा दिए ।
    ठेकेदारले एउटा चौपायाको ८५ रुपैयाँका दरले पैसा लिएर एकरात जतन गरेर राखिदियो । उनीहरूले दिनभरि सामान किने । उनले पाँचजनाको परिवारलाई एक वर्षसम्म धान्ने गरी ६ सय किलो चामल, तीन सय किलो करु, एक सय ८० किलो नुन, ५० किलो घ्यु, एक सय २० किलो मैदा, ५० किलो चियापत्ती जोहो गरे । ‘मान्छेले मात्र हो र ? हिउँ पर्न थालेपछि त घोडालाई पनि चिया खुवाउनुपर्छ’, उनले भने, ‘त्यसैले नुन र चियापत्ती धेरै किनेको हो । जाडो ठाउँ मान्छेले पनि चिया धेरै खानुपर्छ ।’ करिब डेढ लाखको सामान किन्दा दिन बित्यो । एक रात बसे । भोलिपल्ट बिहानै फर्के ।
    ‘हामी नेपाली हो कि होइनौं ? यहाँ कस्तो दुःख छ, हाम्रो सरकारलाई थाहै छैन । हाम्रो दुःखमा, अन्यायमा हाम्रो सरकारले बोलिदिएको हामीले चाल पाएका छैनौं ।’
    ३० बर्से मिङ्मार १२ वर्षको उमेरदेखि यसरी वर्षमा एकफेर मुस्किलले खुल्ने तिब्बतको बजार जान थालेका हुन् । उनी मात्र होइन, बाउको पुस्तादेखिका सबैजना तिब्बती बजारबाट सामान ल्याएर जीवन चलाउँदै आएका हुन् । पानी र हरियो तरकारीबाहेक उनीहरू खानेलगाउने सबै सामान तिब्बती सहरबाट ल्याउँछन् ।
    अहिले त उनलाई रुई, कोङ्दाङका धेरैले चिन्छन् । त्यसैले नाका खुलाउन भनसुन गर्न पनि उनै गएका । विगतमा भन्दा यस वर्ष उनलाई बढी दुःख भयो । भन्छन्, ‘चीन सरकारले ठ्याक्कै हाम्रो बोर्डरसम्म कस्तो मजाको रोड खनेको रहेछ । उनीहरूको देशमा विकास । हामीलाई चाहिँ रोड खन्दा झरेको माटोले हिँड्ने बाटो पुरेर भीर बनाएको छ । याक, चौंरी हिँड्न पनि नसक्ने, बल्लतल्ल हिँडे पनि भारी फाल्दिने ।’
    ‘कहाँदेखि ल्याएको सामान बोरा च्यातिएर भुइँभरि भइदिन्छ । तिब्बतको नियम यस्तो कडा कि गाडी चल्ने ठाउँसम्म गाडीमै सामान ल्याउन पनि नपाउने । मैले सोधें, ‘किन हामीले गाडी जाने ठाउँ (सिमाना) सम्म सामान लगेर नबेचेको ? हामीले गाडी जाने ठाउँसम्म गाडीमा सामान लान पाउँदैनौं ? ’
    स्याङ्ताङले सुरक्षाको कारणले बोर्डरसम्म सामान लान नसकेको भन्यो । अनि भन्सार कार्यालय राखेपछि मात्रै बोर्डरमा लगेर सामान दिने भन्यो’, तिब्बती अधिकारीसँग भएको कुराकानी सुनाउँदै मिङ्मारले भने । नेपाल सरकारले अनुमति दियो भने चीन सरकारले सामागाउँसम्म मोटरबाटो खनिदिने कुरा पनि सुनेको उनले बताए ।
    ‘उतातिर त्यस्तो पहाड काटेर रोड खनेको छ । हाम्रोतिर त केही गाह्रो छैन । समथर छ, खन्न सजिलो छ । सिमानाबाट १५-१६ किलोमिटर सडक खन्यो भने सामा आइपुग्छ । हाम्रो सरकारले अनुमति दियो भने एक हप्तामै बाटो जोडिदिन्छ’, उनले भने, ‘तर खै हाम्रो सरकारले कामै गर्दैन ।’ सरकारले आफूले पनि सडक नबनाएको र चीन सरकारलाई अनुमति पनि नदिएको भन्दै उनले गुनासो सुनाए ।
    सरकार गुमनाम
    नेपाल र चीन सरकारबीच गोरखाको छेकम्पार, सामागाउँलगायत देशभरिका नौवटा नाका बाह्रै महिना खुला गर्ने गत वर्ष दुईपक्षीय निर्णय भएको थियो । छेकम्पारको ङुइलानाका सधैं खुला भयो । आफूहरूको रुइला नाका भने वर्षमा एकफेर खुलाउन पनि तिब्बत सरकारसँग बिन्तीभाउ गरिरहनुपरेकामा सामागाउँवासी दुःखी छन् ।
    यही नाका खुलाउन स्थानीय तहबाट पहल भएको अर्का स्थानीय धार्के पुनेल बताउँछन् । ‘हाम्रो सरकारलाई यहाँ के भइरहेको छ भन्ने पनि थाहा छैन’, उनले भने, ‘हाम्रै गाउँका जेठाबूढाहरूले सम्बन्धका आधारमा कुरा मिलाएर चार गाविसको रीति धानिरहेका छन् ।’ यस वर्ष ढिला गरी नाका खुल्दा गाउँलेलाई धेरै ठूलो तनाव भयो । खानेकुरा सिद्धिसक्यो । आरुघाट बजार झर्न बूढीगण्डकीले बाटो बिगारेको छ । मनाङ जाउँ धेरै महँगो । उनले भने, ‘घरघरमा सामान सिद्धिसकेको छ । आफ्नै आरुघाटबाट सामान ल्याऊँ, एक त बाटो छैन । हिउँदमा बाटो त बन्ला । त्यही पनि किलोको सय रुपैयाँ भाडा लाग्छ । मनाङबाट ल्याउँदा पनि किलोको ९० रुपैयाँ भाडा लाग्छ । तिब्बत खुल्यो भने आफ्नै याक, चांैरीमा सामान बोक्न पाइन्छ । ढुवानीमा पैसा खर्च हुँदैन ।’
    ‘अब हिउँ पर्ने बेला हुँदैछ । हिउँ पर्न थालेपछि घरबाट बाहिर निस्कन सकिँदैन । त्यस बेलामा सामान ल्याएर एक वर्षलाई धान्नुछ’, धार्के भन्छन्, ‘त्यसैले हामी तिब्बतसँग निर्भर छौं । मुख्य कुरो सरकारले बाह्रै महिना छेकम्पार र सामागाउँको नाका खुलाउने निर्णय भएको छ भन्यो । रेडियो, टीभी, पत्रपत्रिकामा समाचार आयो । हामी खुसी भयौं ।
    तर खै किन कार्यान्वयन भएन ? ’ त्यसपछि आफ्नो सरकार बेखबर बसेकोमा गाउँलेहरू चकित छन् । तिब्बती व्यापारीले मुद्रा सटहीमा गाउँका सोझासाझालाई साह्रै ठग्छ । नेपाली मुद्रा १६ रुपैयाँको उनीहरूको एक चलेको छ । तर व्यापारीले सधैं १७ रुपैयाँको एक बनाइदिन्छ ।
    डेढदुई लाखको सामान किन्दा गाउँलेले धेरै नोक्सान बेहोर्नुपर्छ । तर काठमाडौं सरकारलाई यसको केही पत्तो छैन । ‘हाम्रो सरकारले हाम्रो पीरमर्का वास्तै गर्दैन’, धार्केले भने, ‘हामी नेपाली हाौं कि होइनौं । यहाँ कस्तो दुःख छ, हाम्रो सरकारलाई थाहै छैन । हाम्रो दुःखमा, अन्यायमा हाम्रो सरकारले बोलिदिन्छ भन्ने हामीले चाल पाएका छैनौं ।’
    उल्टो जमाना
    उनका अनुसार ३५-४० वर्षअघि सामागाउँमा लार्केबजार थियो । त्यतिबेला यताका उता सामान किन्न होइन, तिब्बतीहरू सामान किन्न यता लार्के बजार आउँथे । यताका व्यापारीहरूले काठमाडौंबाट त्रिशूलीबजार, आरुघाट हुँदै महिनौं लगाएर सामान लार्केबजार पुर्‍याउँथे । अनि तिब्बतीहरू लार्केबजारमा आएर नुनसँग सामान साटेर लान्थे । ‘तर अहिले उल्टो भयो । उनीहरूको तर्फ विकास भयो ।
    धमाधम रोड आयो, गाडी आयो । सामान जोङ्गासम्म गाडीले ल्यायो । फेरि कोङ्दाङसम्म गाडीले ल्यायो । अब त रुईसम्म गाडीले ल्याउने भइसक्यो । हाम्रोतिर जस्ताको तस्तै । हाम्रो लार्के बजारको अहिले नामनिसाना छैन । सबै उतै नगई उपाय चल्दैन’, उनले भने । उनका अनुसार अहिले यताबाट सामान केही जाँदैन, पैसा मात्र जान्छ ।
    ३५-४० वर्षयता लार्के बजार उठेपछि सामागाउँ, ल्हो, प्रोक, बिही गाविसका बासिन्दाले धेरै सास्ती खेप्नुपरेको स्थानीय सुनाउँछन् । त्यसपछि याक, चौंरी, झोपालाई ल्होको जंगलको काठ बोकाएर तिब्बत सामान किन्न जाने जमाना आयो । ‘बाजेको पालासम्म हामीले तिब्बतलाई सामान बेच्थ्यौं । बाउको पालाबाट हामी उता सामान किन्न जाने दिन सुरु भयो’, मिङ्मार भन्छन्, ‘सय, दुई सय भेडा, याक चौरींलाई करु, काठ, याकचौरीको रौं, बख्खु, गलैंचा, घरबुनाको लुगा, घोडामा ओछ्याउने लुगा, निगालाका डोका, डालाहरू, पित्तलको औंठी, माला बोकाएर तिब्बत जान्थ्यौं । अनि तिब्बतको गाउँगाउँ, घरघर चहाथ्र्यौं ।’
    कैलाशसम्म पुग्थे रे हाम्रा बाजेहरू
    बाटोमा खानेकुरा पाइन्थेन । उनले भने, ‘भोकतिर्खा लाग्थ्यो । अनि बाटोमा कतै याक चौंरीले टेकेको पाइलामा पानी जमेको भेटिए त्यही पानीमा पिठो फिटेर खान्थ्यौं । भोक, तिर्खा यसरी मेट्थ्यौं भन्छन् हाम्रा बाजेहरू । अनि आउँदा ती याक, चौंरी, भेडाहरूलाई नुन र अरू सामान बोकाएर फर्किन्थे । एक महिना ४५ दिनसम्म भारी बोकेर हिँड्दा विचरा याक, चौरी, भेडाको छालै खुइलिन्थ्यो ।
    त्यसरी गाउँलेले व्यापार गर्ने चलन थियो । अहिलेचाहिँ पैसा मात्र लाने, सामान ल्याउने एकोहोरो व्यापार भएको छ ।’ एकोहोरो व्यापारले आर्थिक विकास नहुने उनको बुझाइ छ ।
    सरकारले सहयोग गरे भोटखोलाको दिन सुध्रिने सामागाउँ, ल्हो, प्रोक, बिही क्षेत्रका बासिन्दाको आशा भने मरेको छैन ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.