×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

श्रीमानलाई सम्झेर कार्यकक्षमै रोइन् कृषिराज्यमन्त्री !

  •  
  • बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ‘मन्त्री भए पनि म खुशी हुन सकेकी छैन’

    पुष्प ढुंगाना

     

    १६ भदौ, काठमाडौ । कृषि राज्यमन्त्री राधिका तामाङ अनलाइनखबरसँग कुरा गर्दागर्दै आफ्नै कार्यकक्षमा भक्कानिइन् । विवाह गरेको ३७ दिनमै पति गुमाएकी सहिदकी पत्नी राधिका मन्त्रीको कुर्सीमा बसिरहँदा आफ्ना श्रीमान र जनयुद्धका सहिदलाई सम्झेर रोएकी हुन् ।

    नेपालको राजनीतिक इतिहासमा माओवादी नेतृत्वको १० वर्षे जनयुद्ध विभिन्न कोणबाट सधैँ सम्झिरहने कालखण्ड हो । सशस्त्र युद्धमा १७ हजार नागरिकले ज्यान गुमाए । बाँच्नेहरु बेलाबखत सांसद, मन्त्री र प्रधानमन्त्रीसम्म बनिरहेका छन् । यही मेसोमा कृषि राज्यमन्त्री बन्न पुगेकी छिन्- नुवाकोटकी राधिका तामाङ ।

    अहिले पनि कतिपय माओवादी नेता-कार्यकर्ताहरु जनयुद्धका दिनहरु कोट्याउँदा भक्कानिन्छन् । राज्यमन्त्री राधिकासँगको कुराकानीमा पनि यस्तै भयो । पुराना दिन कोट्याउनासाथ उनी मन्त्रालयभित्रै रोइन् ।

    युद्धका दिनहरुको सम्झना कत्तिको आउँछ भन्ने अनलाइनखबरको प्रश्नमा राज्यमन्त्री तामाङ भावुक बनिन् । र, भनिन्, ‘कृषि विकास राज्यमन्त्रीको कुर्सीमा बसेर कुरा गर्दैछु, तर आजसम्म दिल खोलेर खुशी भएको दिन मेरो स्मरणमा छैन । ‘

    Radhika_Tamang

    भूमिगत जीवनको सम्झना

    राधिका तामाङको जन्म नुवाकोट जिल्लाको लिखु भन्ने दुर्गममा गाउँमा भयो । स्कुल पढ्दा पढ्दै भूमिगत भएकी तामाङले युद्धकालमा नुवाकोट जिल्ला जनसरकार प्रमुखको जिम्मेवारीसमेत सम्हालिन् ।

    ०५७ सालमा विद्यार्थी संगठन विस्तारको एकसाता लामो अभियानमा सहभागी भएकी तामाङ पूर्णकालीन भइसकेकी थिइनन् । तर, घरबाट हिँडेको केही दिनमै प्रहरीले उनलाई खोज्न थाल्यो र परिवारले पार्टीमै बस्नु, नर्फकनु भन्ने खबर पठाएपछि उनी पूर्णकालीन कार्यकर्ता भइन् ।

    ‘त्यतिबेलासम्म मलाई हतियार दिइएको थिएन । लौरो थियो, झोला बोकेर हिड्थेँ । तर, निधारमा रातो कफन बाँधेर हिँड्दा गर्व लाग्थ्यो ।’ राज्यमन्त्री तामाङ पुराना दिन सम्झँदै भन्छिन्,-‘पहिलो दिन हतियार बोक्दा उत्साहले भरिएकी थिएँ ।’

    कुराकानीकै क्रममा उनले युद्धका सम्झना सुनाउन थालिन् । शुरुमा हाँस्दै कथा सुनाउँदै गरेकी तामाङ एकाएक गम्भीर बनिन् । र, भनिन्, ‘युद्धमा खुशीको कुनै दिन हुँदैनथ्यो । धेरै साथीहरु गुमायौँ, भर्खर भेटेका साथी केहीबेरमै कहिल्यै नभेट्ने अवस्था हुन्थ्यो ।’

    यति भनिनसक्दै उनी रुन थालिन् ।

    जनयुद्धमै श्रीमान गुमाएकी सहिदपत्नी तामाङले भनिन्- ‘युद्धमा खुशी हुनै सकिएन । युद्ध जितेको दिन पनि साथीहरु गुमाएका हुन्थ्यौँ र रुँदै हिँड्थ्यौँ ।’

    वि.सं. ०६१ फागुन १ गते उनीहरुको विवाह भयो । तर, विवाहको एक महिनामै चैत्र ७ गते उनका श्रीमानलाई सेनाले मारिदियो ।

    ‘मेरो आफ्नो कुरा गर्दा, आजसम्म म दिल खोलेर खुशी हुन सकेकी छैन,’ उनले अनलाइनखबरसँग भनिन्- ‘पछिल्लो समयमा आइसकेपछि केही उपलब्धीहरु देखिएका छन् । केही आशाहरु पलाएका छन् । म आफैँ राज्यमन्त्री भइसकेँ । तर, आज यो कुर्सीमा बसेर कुरा गर्दासम्म म दिल खोलेर खुशी हुन सकेकी छैन । खै किन हो, मसँग त्यस्तो कुनै खुशी नै छैन ।’

    शिक्षकलाई कालो मोसो दलेर भूमिगत

    वि.सं. ०५७ सालमा माओवादी जनसेनामा भर्ती हुन पुगेकी तामाङ त्यतिबेला जम्मा १५ बर्षकी मात्रै थिइन् । उनी सम्झिन्छिन्, ‘म राजनीतिमा प्रवेश गरेको धेरै पछि मात्रै थाहा पाएँ ।’

    नुवाकोटको दुर्गम गाउँ लिखुमा जन्मिएकी तामाङ सात कक्षामा पढ्दै गर्दा ०५५ सालमा एउटा विद्यार्थी संगठनमा आवद्ध भइन् । तर, उनलाई कुन विद्यार्थी संगठनमा संगठित भएँ भन्नेसमेत ४ महिनापछि मात्रै थाहा भयो ।

    तामाङ समुदायमा छोरीले पढ्नुहुँदैन भन्ने भावना थियो । ०५५ सालमा स्कुलमा विद्यार्थी संगठन बनाउने भन्दै केही नयाँ मानिसहरु आए । गरिबको पक्षमा काम गर्ने हो भनेपछि राधिका पनि संगठित भइन् । तर, उनलाई उनीहरु माओवादी हुन्, र माओवादी निकट विद्यार्थी संगठनमा आवद्ध भएँ भन्ने थाहा पाउन चार महिना लाग्यो ।

    हिजो हाम्रो एजेण्डामा असहमति जनाएर हामीलाई आतंककारी भन्नेहरु आज त्यही परिवर्तनको जगमा राष्ट्रपति बनेका छन् , यहाँनेर हाम्रो जित भएको छ

    राज्यमन्त्री तामाङ भन्छिन्, ‘अन्यायको विरुद्ध लड्छ रे भन्ने सुनेर, त्यसरी म संगठित भएँ । अझ मुख्य कुरा त म आफ्नै शिक्षकको दूर्व्यवहारका कारण पनि माओवादी भएँ ।’

    उनले अगाडि भनिन्- ‘आफ्नै शिक्षकले छात्राहरुलाई निकै दूर्व्यवहार गर्न थाले । उसको पहिले नै तीनवटा श्रीमती थिए । मेरी एकजना साथीलाई दूर्व्यवहार हुँदा आफैँले देखें र प्रतिवाद गरेँ । संगठनका तर्फबाट मेरै नेतृत्वमा शिक्षकलाई कालो मोसो दलियो । र, पढ्न छाडेर बन्दुक बोकेर हिँडियो ।

    केही अर्थमा जित्यौँ तर पूरा होइन

    ‘हामीले जे सपना देखेका थियौँ, ती हुबहु पूरा भएनन् । तर, केही उपलब्धी भएका छन्,’ राधिका आफ्नो राजनीतिक यात्राको बचाउ गर्दै भन्छिन्- ‘हिजो परिवर्तनको एजेण्डा उठाएर हिँड्दा धेरै मारियौँ । आतंककारी भन्दै लखेटियो । हाम्रो आधा रगत बग्यो । तर, हिजो हाम्रो एजेण्डामा असहमति जनाएर हामीलाई आतंककारी भन्नेहरु आज त्यही परिवर्तनको जगमा राष्ट्रपति बनेका छन् । यहाँनेर हाम्रो जीत भएको छ ।’

    त्यसैगरी आतंककारीको बिल्ला भिराएर दिनरात लखेटिएका महिलालाई आज सभामुख बनाएको भन्दै मन्त्री तामाङले यसलाई उपलब्धिका रुपमा व्याख्या गर्न खोजिन् । उनले भनिन्, ‘न्यायालय प्रमुखमा विभेदमा परेकी महिला छिन्, त्यहाँ मैले लडेको युद्धको भूमिका छ । हामीले उठाएका मुद्दाहरु समानताका थिए, समानुपातिक-समावेशीको कुरा थियो, त्यो अभ्यासमा आएको छ ।’

    राज्यमन्त्री तामाङले दोहोर्‍याइन्, ‘कलिलै उमेरमा राजनीतिको ‘र’ उच्चारण गर्न नजान्दै युद्धमा होमियौँ, आफ्ना मान्छेहरु गुमायौँ । उनीहरुले यसलाई मनन गर्लान् नगर्लान्, तर यति बेला खुशी लाग्छन् ।’

    Radhika Tamang

    हतियार बोकेको पहिलो दिन

    राज्यमन्त्री तामाङले हतियार बोकेको स्मरण यसरी सुनाइन्-

    म नुवाकोट दुई नम्बर इलाकामा खटिएकी थिएँ । त्यतिबेला मलाई दुईवटा मात्रै गोली जाने बारबोर राइफल बोकाइएको थियो ।

    सानी थिएँ, त्यसैले पनि साथीहरु कसैले पनि पत्याउँदैनथे । यसले गरेर खान्छे भन्ने उहाँहरुलाई विश्वास नै थिएन । भाग्छे भन्ने अनुमान गर्थे ।

    बन्दुक बोकेको पहिलै दिन खोला तर्ने क्रममा चिप्लेर लड्दा एउटा गोली हरायो । तर, मलाई कुनै कारबाही भएन ।

    सेल्टरमा पुगेपछि पनि म सुत्न भन्दा पनि हतियार पुछेर, टल्काएर बस्थेँ । मलाई हतियारको निकै माया लाग्थ्यो । केही समयपछि म सेनाबाट इलाकामा फर्कें । त्यसपछि बन्दुक बोक्ने अवसर मिलेन ।

    इलाकामा फर्केपछि आत्मसुरक्षाका लागि एलगेडी (ग्रिनेट बम) बोकेर हिड्थेँ । मानिसहरु बम बोकेको देखेपछि धेरै पर भाग्नुहुन्थ्यो । तर, मलाई त्यसको यति माया लाग्थ्यो कि सधैँ सिरानीमा हालेर सुत्थेँ । त्यतिखेर म आफैँ ग्रिनेट बनाउने गर्थेँ । तर, अहिले बिर्सिएँ ।

    पहिलो पटक फायर छोड्दा

    फायर छोडेको छु । नुवाकोट शिखर बेंसीमा मशाल जुलुस आयोजना भयो । अन्तिममा सेनाको व्यारेक लक्षित फायर छोड्ने कार्यक्रम थियो ।

    म आफैँ त्यो टिमको कमाण्डर थिएँ र आफैँले फायर खोल्ने निर्णय गरेर फायर छोडेँ । तर, हतियारमा धेरै बारुद्ध भरिएको रहेछ, धक्काले म तल्लो पाटामा खसेर पछारिएँ । तर मैले मान्छेलाई नै निसाना लगाएर फायर छोडेको छैन ।

    सेनामाथि ग्रिनेट हानेर बाँचेको दिन

    सिन्धुपाल्चोक र नुवाकोटको सीमाना, कुदुमछाप भन्ने लेखबाट झर्दै थियौँ । हामी जुन गाउँ पुगेका थियौँ, त्यहाँ सेना गइसकेको रहेछ । म आफैँले देखेँ । मैले हरियो लुगा लगाएकी थिएँ र घाँस भएतिर लुकेँ । सेना नजिकै थियो, त्यत्तिकै भाग्न सक्ने अवस्था नै थिएन ।

    त्यतिबेला माओवादीलाई सेनाले तीन तरिकाले बुझ्थ्यो । आर्मीले बन्दुके कि झोले भनेर सोध्यो, त्यहाँको एउटा मान्छेले झोले भन्यो । त्यसपछि केटा कि केटी भनेर सोध्यो । महिला भनेपछि पुरै खोज्न थाल्यो ।

    बेस्कन खोजेपछि म त्यहाँ सुरक्षित हुने स्थिति देखिन र सँगै भएको ग्रिनेट प्रहार गरेर जंगलतर्फ भागेँ । म दुईदिनपछि नुवाकोट पार्टी सम्पर्कमा पुग्दा साथीहरुले मेरो माया मारिसकेका रहेछन् ।

    सपनाहरु धुमिल भएनन्

    युद्धमा हामीवीच को पहिले सहिद हुने भन्ने प्रतिस्पर्धा नै हुन्थ्यो । को मन्त्री हुने, को धनी हुने भन्ने इच्छा थिएन ।

    साथीलाई कसरी जोगाएर आफु सहिद हुने भन्ने भावना थियो हिजो युद्धमा । तर, युद्धविराममा फर्किएपछि हामी माओवादीहरु बिग्रियौँ ।

    दुःख पनि लाग्छ, हिजोको सद्भाव, माया र एकतामा आज हामी छैनौँ । हिजोको भावनात्मक एकता कमजोर बनेको छ । त्यै पनि सबै सक्किसकेको छैन, सम्भावनाहरु बाँकी छन् ।

    केसी र महतको पैसाको राजनीति

    कलिलो उमेरमा युद्धमा होमिएँ, केही सिकेँ, धेरै गुमाएँ । तर आज बोल्न सक्ने भएकी छु । म राजनीतिकरुपमा नुवाकोटमा बहादुरसिंह तामाङ, अर्जुननरसिङ केसी, रामशरण महतहरुलाई च्यालेञ्ज गर्न सक्छु । तर, पैसाको आडमा चलेको राजनीतिमा म पैसाले मान्छे किन्न सक्दिँन । म, उहाँहरुले राजनीतिक आस्थाबेगर नै एकमात्र विपन्न गरिव परिवारको उद्धार गरेको उदाहरण हेर्न चाहन्छु । त्यस्तो छ जस्तो लाग्दैन ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.